0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    सर्वेक्षण: भाषा सिक्दै गरेका विदेशी डाक्टर र नर्सबाट सेवा लिन फिनिसहरू तैयार

    फिनल्यान्डमा मातृभाषालाई फिनिस पहिचानको एक महत्त्वपूर्ण हिस्सा मानिन्छ, तर बहुभाषिकता प्रति पनि खुलापन रहेको पछिल्लो सर्वेक्षणले देखाएको छ।

    .संक्षेपमा.


    • आधाभन्दा बढी फिनिसहरू भाषा सिक्दै गरेका स्वास्थ्यकर्मीबाट सेवा लिन राजी।
    • सरकारी कार्यालयमा भने अधिकांश फिनिसहरू आफ्नै मातृभाषामा सेवा चाहन्छन्।
    • फिनल्यान्ड आउने विदेशीले फिनिस भाषा सिकून् भन्ने धेरैको चाहाना।

    फिनल्यान्डमा बस्ने आधाभन्दा बढी मानिसहरू (५६ प्रतिशत) फिनिस वा स्विडिस भाषा पूर्ण रूपमा नजानिसकेका डाक्टर वा नर्सबाट स्वास्थ्य सेवा लिन तैयार रहेको एक नयाँ अध्ययनले देखाएको छ।

    यो नतिजाले फिनल्यान्डमा स्वास्थ्य सेवा क्षेत्रमा काम गर्न चाहने वा कार्यरत नेपालीहरूका लागि पनि एक सकारात्मक सन्देश दिएको छ।

    E2 अनुसन्धानले गरेको सर्वेक्षण अनुसार स्वास्थ्य सेवामा भाषा सिक्दै गरेकालाई स्वीकार्ने प्रवृत्ति बढ्दो छ। तर सरकारी तथा आधिकारिक सेवाहरूमा भने फिनिसहरूको धारणा फरक पाइएको छ।

    करिब ७५ प्रतिशत फिनिसहरूले सरकारी कार्यालयहरूमा भने आफ्नै मातृभाषामा सेवा पाउनुपर्नेमा जोड दिएका छन्।

    “फिनल्यान्डलाई विभिन्न क्षेत्रमा दक्ष जनशक्तिको खाँचो छ। स्वास्थ्यकर्मीहरूको भाषा सिक्ने प्रक्रियालाई सकारात्मक रूपमा हेरिनु अन्तर्राष्ट्रिय नियुक्तिका लागि राम्रो समाचार हो।” फिनिस कल्चरल फाउन्डेसनकी प्रमुख कार्यकारी अधिकृत सुसाना पेटर्सन भन्छिन्।

    लगभग ९३ प्रतिशत फिनिसहरू फिनल्यान्डमा बसाइँ सर्ने विदेशीहरूले फिनिस वा स्विडिस भाषा सिकून् भन्ने चाहेको पनि अध्ययनले देखाएको।

    बहुमत फिनिसहरू (६८ प्रतिशत) आप्रवासीहरूलाई भाषा सिक्न मद्दत गर्न इच्छुक रहेको पनि अध्ययनले देखाएको छ।

    मातृभाषालाई फिनिस पहिचानको एक महत्त्वपूर्ण हिस्सा मानिन्छ, तर बहुभाषिकता प्रति पनि खुलापन देखिन्छ। विशेष गरी युवा र ७५ वर्षभन्दा माथिका मानिसहरूमा यो सोचाइ प्रबल रहेको अध्ययनले देखाएको छ।

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप