0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    चर्चित नेपाली चलचित्र ‘शाम्बाला’ फिनल्यान्डमा देखाइँदै, निर्देशक मीन भाम विशेष अतिथि

    प्रिमियरमा सहभागी हुन 'कालो पोथी' र 'शाम्बाला' जस्ता चर्चित चलचित्रका निर्देशक फिनल्यान्ड आइपुगेका छन्। 

    नेपाली चलचित्र ‘शाम्बाला’ले फिनल्यान्डको साम्माती फिल्म फेस्टिभल (Sammatti Film Festival) मा आफ्नो पहिलो प्रदर्शन (प्रिमियर) गर्ने भएको छ।

    फेस्टिभलको समापन चलचित्रको रूपमा आज ७ सेप्टेम्बरका दिन साँझ १८:५० मा देखाइने उक्त चलचित्र प्रदर्शनमा विशेष अतिथिको रूपमा सहभागी हुन निर्देशक मीनबहादुर भाम पनि फिनल्यान्ड आइपुगेका छन्।

    फिनल्यान्डको लोह्या सहरमा आयोजित उक्त फिल्म फेस्टिभल हिजो शनिवार र आज आइतबार दुई दिन चल्नेछ। उक्त फेस्टिभलमा विश्वका विभिन्न मुलुकबाट ल्याइएका चलचित्रहरू देखाइनेछ।

    आयोजकले शाम्बाला चलचित्रलाई फेस्टिभलको विशेष आकर्षणको रूपमा प्रचार गरेको छ भने निर्देशक भामलाई विशेष अतिथिको दर्जा दिँदै अतिथि सूचिको पहिलो नम्बरमै राखेको छ।

    टिकटको मुल्य १२ युरो राखिएको छ, जुन यो लिङ्क मार्फत खरिद गर्न सकिनेछ।

    शाम्बाला नेपालको तर्फबाट ओस्कार अवार्डका लागि समेत सिफारिस भएको थियो। यसलाई नेपालकै सबैभन्दा महँगो लगानीमा बनेको चलचित्र पनि भन्ने गरिन्छ।

    कस्तो फिल्म हो शाम्बाला?

    शाम्बाला हिमाली भेगकी गर्भवती महिला पेमाले व्यापारका लागि ल्हासातिर हराएका आफ्ना पतिको खोजीका क्रममा भोगेका अनुभव समेटिएर बनाइएको चलचित्र हो। चलचित्रलाई डोल्पाको ४२ सयदेखि ६ हजार मिटरको उचाइमा खिचिएको छ ।

    टिबेटियन र नेपाली भाषामा तयार पारिएको चलचित्रमा थिन्ले ल्हामो, सोनम तोपदेन, कर्मा शाक्य लगायतका कलाकारको अभिनय रहेको छ। पहिले ‘चिसो बर्ष’ नाम राखिएको चलचित्रको नाम पछि परिवर्तन गरिएको थियो।

    सन् २०२४ मा बनेको यो चलचित्रले अन्तर्राष्ट्रिय स्तरमा ठुलो चर्चा कमाएको छ। यसले बर्लिन फिल्म फेस्टिभलको प्रतिष्ठित ‘गोल्डेन बेयर’ अवार्डका लागि प्रतिस्पर्धा गर्ने पहिलो नेपाली चलचित्र बनेर इतिहास रचेको थियो। नेपाल मात्र हैन दक्षिण एसियाबाटै दसकौं पछि उक्त अवार्डका लागि छानिने चलचित्र बनेको थियो।

    शाम्बाला नेपालको तर्फबाट ओस्कार अवार्डका लागि समेत सिफारिस भएको थियो। यसलाई नेपालकै सबैभन्दा महँगो लगानीमा बनेको चलचित्र पनि भन्ने गरिन्छ।

    को हुन् निर्देशक भाम?

    निर्देशक मिनबहादुर भाम थोरै तर अर्थपूर्ण चलचित्र बनाउने निर्देशकका रुपमा ख्याति कमाएका नेपाली चलचित्र निर्देशक हुन्। उनी नेपालको मुगु जिल्लामा जन्मेर त्यतै हुर्केका हुन्।

    यसअघि उनको लघु चलचित्र ‘बाँसुली’ (२०१२) भेनिस फिल्म फेस्टिभलमा पुग्ने पहिलो नेपाली चलचित्र बनेको थियो भने ‘कालो पोथी’ (२०१५) ले भेनिस क्रिटिक्स विकमा FEDEORA अवार्ड जित्दै नेपालबाट ओस्करका लागि आधिकारिक प्रवेश पाएको थियो।

    ‘शाम्बाला’ उनको दोस्रो फिचर फिल्म हो। बौद्ध दर्शन र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका भामले हाल मानवशास्त्रमा विद्यावारिधि गर्दैछन्।

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप