0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    फिनल्यान्डमा औषधिको चरम अभाव: ६७० भन्दा बढी औषधि पाउन मुस्किल

    सामान्य दुखाइ र ज्वरोदेखि क्यान्सर र एचआईभीसम्मका औषधिहरूको आपूर्तिमा व्यापक अवरोध। केही औषधिको अभाव सन् २०२७ सम्म रहेन अनुमान।

    .संक्षेपमा.


    • ६७० भन्दा धेरै औषधिको आपूर्तिमा अवरोध आएको छ।
    • सामान्य दुखाइ, रुघाखोकीदेखि क्यान्सर, दम र मुटुरोगका औषधिहरू पनि प्रभावित।
    • उत्पादन र कच्चा पदार्थको विश्वव्यापी समस्या मुख्य कारण।

    फिनल्यान्डमा हाल ६७० भन्दा धेरै प्रकारका औषधिहरूको आपूर्तिमा व्यापक अवरोध देखिएको छ, जसका कारण धेरै फार्मेसीहरूले सामान्य र डाक्टरको सिफारिसमा पाइने औषधिहरू समेत उपलब्ध गराउन सकेका छैनन्।

    फिनिस मेडिसिन एजेन्सी (Fimea) ले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्कले औषधि अभावको समस्या व्यापक रहेको देखाएको हो।

    अभाव भएका औषधिहरूको सूचीमा सामान्य दुखाइ र ज्वरोमा प्रयोग हुने Ibutabs र Ibusal, मुटु पोल्दा खाइने Antepsin, रुघाखोकीको औषधि Nasolin, र खोकीको लागि प्रयोग हुने Codetabs जस्ता सामान्य औषधिहरू पनि समावेश छन्।

    केही औषधिहरू सन् २०२५ को अन्त्य वा त्यसपछि मात्रै उपलब्ध हुने अनुमान गरिएको छ।

    डाक्टरको सिफारिसमा मात्र पाइने औषधिहरूको अभावले चिन्ता/डिप्रेसन एचआईभी, क्यान्सर, उच्च रक्तचाप, दम, माइग्रेन, र छारेरोग जस्ता विभिन्न गम्भीर रोगका बिरामीहरूलाई असर पारेको छ।

    हाल उपलब्ध नभएका प्रमुख औषधिहरूमा Diapam, गर्भनिरोधक चक्की Yaz, र कडा दुखाइ कम गर्ने Fentanyl जस्ता औषधिहरू छन्।

    व्यापक रूपमा प्रयोग हुने दुखाइ कम गर्ने औषधि Panacod पनि सबै प्याकेज साइजमा कम्तिमा सेप्टेम्बरको अन्त्यसम्म उपलब्ध नहुने बताइएको छ।

    उत्पादनमा देखिने चुनौती, कच्चा पदार्थको अभाव, वा मागमा आएको अप्रत्याशित वृद्धिका कारण केही अभाव लामो समयसम्म रहन सक्नेछ।

    सबैभन्दा लामो समयसम्म अभाव हुने औषधिहरूमध्ये गम्भीर एलर्जी हुँदा आपतकालीन अवस्थामा प्रयोग गरिने Emerade इन्जेक्सन सन् २०२७ को अन्त्यसम्म पूर्ण रूपमा उपलब्ध नहुने देखिएको छ।

    Fimea का अनुसार अधिकांश अभावहरू अल्पकालीन प्रकृतिका छन्। तर उत्पादनमा देखिने चुनौती, कच्चा पदार्थको अभाव, वा मागमा आएको अप्रत्याशित वृद्धिका कारण केही अभाव लामो समयसम्म रहन सक्नेछ।

    धेरै औषधि उत्पादकहरूले विश्व बजारलाई नै लक्षित गर्ने भएकाले अन्तर्राष्ट्रिय औषधि कारखानाहरूको क्षमतामा आएको समस्या पनि यसको प्रमुख कारण हो।

    धेरैजसो औषधिका वैकल्पिक उत्पादन वा उपचार उपलब्ध भएका कारण Fimea ले बिरामीहरूलाई नआत्तिन आग्रह गरेको छ।

    आफ्नो स्थानीय फार्मेसीमा कुनै औषधि उपलब्ध छ वा छैन भनी सिधै सोधपुछ गर्न सकिन्छ, वा फार्मेसीहरूको अनलाइन औषधि खोज्ने प्रणाली र युनिभर्सिटी फार्मेसी (Yliopiston Apteekki) को वेबसाइट प्रयोग गरेर पनि जानकारी लिन सकिन्छ।

    कुनै औषधि नपाएमा वैकल्पिक औषधिको लागि आफ्नो डाक्टरसँग परामर्श गर्न सुझाव दिइएको छ।

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप