संग्रह गर्नुहोस्।
संग्रहित

फिनल्यान्डको यातायातमा नयाँ प्रयोग: हाइड्रोजन बस र यात्रुको मुड बुझ्ने एआई

युभास्कुलामा हाइड्रोजन ऊर्जाबाट चल्ने बसको परीक्षण हुँदैछ भने कृत्रिम बौद्धिकता (एआई) मार्फत सार्वजनिक यातायातलाई थप सुरक्षित र सहज बनाउने प्रविधि विकास गरिँदैछ।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

.संक्षेपमा.


  • युभास्कुलामा हाइड्रोजन इन्धनबाट चल्ने बसहरू सञ्चालनमा आउँदै।
  • एआई प्रविधिले बस र ट्रामभित्र यात्रुको भावनात्मक अवस्था विश्लेषण गरी सुरक्षा बढाउने।
  • सफा ऊर्जा र स्मार्ट यातायात फिनल्यान्डको प्राथमिकता।

फिनल्यान्डमा सार्वजनिक यातायातको भविष्य कस्तो होला भन्ने कुराको झलक दुई नयाँ पहलहरूले दिएका छन्।

युभास्कुला शहरमा हाइड्रोजनबाट चल्ने बसहरूको परीक्षण सुरु गरिएको छ भने अर्कोतर्फ कृत्रिम बौद्धिकता (एआई) को प्रयोग गरी यात्रुको ‘मुड’ बुझ्ने प्रविधिमा अनुसन्धान भइरहेको छ।

पोर्चुगलमा निर्मित हाइड्रोजन बसहरू यसै वर्षको जुन महिनामा फिनल्यान्ड आइपुगेका थिए। सेन्ट्रल फिनल्यान्ड मोबिलिटी फाउन्डेसन (CEFMOF) ले खरिद गरेका यी बसहरूलाई कोइभिस्तो अटो युभास्कुलाले सञ्चालन गरेको हो।

अटम सिजनको अन्त्य सम्ममा हाइड्रोजन बसहरू पूर्ण रूपमा सञ्चालनमा आउने अपेक्षा गरिएको छ।

विज्ञापन

यो परीक्षणको मुख्य उद्देश्य फिनल्यान्डको चुनौतीपूर्ण मौसममा हाइड्रोजन बसले कस्तो प्रदर्शन गर्छ भनेर जाँच्नु हो।

यो पहल युभास्कुलामा निर्माणाधीन फिनल्यान्डकै पहिलो ठूलो हरित हाइड्रोजन रिफ्युलिङ स्टेशनसँग पनि जोडिएको छ। स्टेशन सञ्चालनमा आएपछि यसले बस, लरी, ट्याक्सी र निजी कारहरूलाई समेत इन्धन उपलब्ध गराउनेछ।

“हामी हरित हाइड्रोजन प्रयोग गर्ने विभिन्न परियोजनाहरूमार्फत कार्बन न्यूट्रलिटीलाई प्रवर्द्धन गर्दैछौं,” CEFMOF की कार्यकारी निर्देशक हारुका अराईले एक विज्ञप्तिमा भनेकी छिन्। “यो परियोजनाले शहरी यातायातलाई सुधार्ने र वातावरणीय चुनौतीहरू सामना गर्ने लक्ष्य राखेको छ।”

यो पहल युभास्कुलामा निर्माणाधीन फिनल्यान्डकै पहिलो ठूलो हरित हाइड्रोजन रिफ्युलिङ स्टेशनसँग पनि जोडिएको छ।

एआईले निगरानी गर्नेछ यात्रुको मुड

अर्कोतर्फ फिनल्यान्डको अनुसन्धान एजेन्सी VTT को नेतृत्वमा अनुसन्धानकर्ताहरूको एक टोलीले बस र ट्रामभित्रको भावनात्मक वातावरण एआईले पत्ता लगाउन सक्छ कि सक्दैन भनेर परीक्षण गरिरहेको छन्।

नेपालीलाइनेनबाट थप
विज्ञापन सकियो

‘HIPE’ नामक यस परियोजनाको उद्देश्य यात्रुको गोपनीयतामा असर नपारी उनीहरूको सुरक्षा र सहजता बढाउनु हो।

यो प्रविधिले क्यामेरा, सेन्सर र रियल-टाइम विश्लेषणमार्फत यात्रुहरूको हाउभाउ र गतिविधि बुझ्नेछ। यसबाट प्राप्त जानकारीले यातायात सञ्चालकहरूलाई कुनै अप्रिय घटना हुन सक्ने सम्भावनाबारे पहिल्यै सचेत गराउन मद्दत गर्नेछ।

विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

यो प्रविधि EU को गोपनीयता मापदण्डअनुसार डिजाइन गरिएको र यसमा नैतिक पक्षलाई विशेष ध्यान दिइएको बताइएको छ।

विज्ञापन

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप