संग्रह गर्नुहोस्।
संग्रहित

लाङटाङको बाढीमा बगेका तीन भक्तपुरे युवा एकै परिवारका, खोजी जारी

दसैँ मनाएर परिवारले नजाउ भन्दाभन्दै घुम्न निस्किएका एकै परिवारका तीन सहित चार जनालाई रसुवामा खोलाले बगायो, उद्धारमा कठिनाइ।

.संक्षेपमा.


  • दसैँमा लाङटाङ घुम्न जाँदा खोलाले बगाएर चार युवा बेपत्ता।
  • बेपत्ता हुनेमा एकै परिवारका तीन दाजुबहिनी र अर्का एक युवक।
  • ठाडो खोल्सा र नदीको तीव्र बहावले खोजी कार्यमा कठिनाइ।

दसैँको अवसरमा भक्तपुरबाट रसुवाको लाङटाङ घुम्न गएका चार जना युवा शनिबार साँझदेखि बेपत्ता भएका छन्। सोमबार बिहानसम्म पनि उनीहरूको अवस्था अज्ञात रहेको रसुवा जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–४ स्थित बेरिङ खोल्सा तर्ने क्रममा अचानक आएको बाढीले उनीहरूलाई बगाएको थियो।

बेपत्ता हुनेहरूमा भक्तपुर सूर्यविनायक नगरपालिका–४ दधिकोटका एकै परिवारका २६ वर्षीया संगीता श्रेष्ठ, उनकी बहिनी २४ वर्षीया संस्कृति श्रेष्ठ र भाइ २० वर्षीय किसन श्रेष्ठ रहेको नेपालखबरकी पत्रकार सुनिता विष्टले आफ्नो रिपोर्टिङमा लेखेकी छन्।

तीन दाजुबहिनीहरूसँगै भक्तपुर नगरपालिका–१० का २३ वर्षीय रवि श्रेष्ठ पनि हराइरहेका छन्।

उनीहरू दसैँको टीका लगाएर भोलिपल्ट असोज १७ गते १६ जनाको समूहमा हायस गाडी रिजर्भ गरेर लाङटाङ पदयात्राका लागि निस्किएका थिए। भक्तपुर रोटरी क्लबमा आबद्ध उनीहरू क्लबकै साथीहरूसँग भ्रमणमा गएका थिए।

भक्तपुर रोटरी क्लबमा आबद्ध उनीहरू क्लबकै साथीहरूसँग भ्रमणमा गएका थिए।

परिवारका सदस्यहरूले मौसम पूर्वानुमानका कारण यात्रामा नजान आग्रह गरे पनि उनीहरूले समूहमा जाने भन्दै यात्रा तय गरेका थिए।

समूहमा रहेकी एक प्रत्यक्षदर्शीका अनुसार चारै जनाले हात समातेर खोल्सा तर्न खोज्दा बाढीले बगाएको थियो।

रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार घटनास्थल निकै अप्ठ्यारो र भिरालो छ।

“घटना भएको बेरिङ खोल्सा निकै ठाडो छ र खोँचहरू छन्,” उनले नेपालखबरलाई भनेका छन्। “त्यहाँबाट करिब २०० मिटर तल लाङटाङ खोला छ, जुन हिमालबाट आएको हुनाले पानीको बहाब निकै ठूलो छ।”

लाङटाङ खोला अलि तल पुगेर त्रिशूली नदीमा मिसिने भएकाले खोजी कार्य थप जटिल बनेको अधिकारीले बताएका छन्।

बेपत्ताहरूको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसहितको सुरक्षा टोली परिचालन गरिएको छ। आइतबार दिनभर खोजी गर्दा पनि उनीहरू फेला पर्न सकेनन् र सोमबार बिहानैदेखि खोजी कार्य पुनः सुरु गरिएको छ।

नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

Coffee Cup

तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

Payment Methods
सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप