संग्रह गर्नुहोस्।
संग्रहित

हेलसिन्कीमा सांसद सापकोटासँग अन्तरक्रिया: विदेश बस्ने नेपालीका अधिकारदेखि ‘जेन-जी’ आन्दोलन सम्मको चर्चा

नेपाली नागरिकताको निरन्तरता, मताधिकार र फिनल्यान्डमा नेपाली विद्यार्थीका समस्या लगायतका विषयमा छलफल। सांसद सापकोटाले विदेशमा सिकेको सीप र ज्ञान लिएर देश विकासमा योगदान गर्न नेपालीहरूलाई आग्रह गरिन्।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

.संक्षेपमा.


  • विदेशमा रहेका नेपालीलाई मताधिकार र नागरिकता निरन्तरताको माग संसदमा उठाएको सांसदको दाबी।
  • फिनल्यान्डवासी नेपालीलाई देश फर्कन र विकासमा योगदान दिन गरिन् आग्रह।
  • ‘जेन-जी’ आन्दोलन र शैक्षिक परामर्शदाताका गलत अभ्यासजस्ता विषयमाथि पनि भयो छलफल।

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् फिनल्यान्डले मंगलबार हेलसिन्कीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा नेपालको समसामयिक राजनीति र विदेशमा रहेका नेपालीका मुद्दाहरूमाथि छलफल भएको छ।

राष्ट्रिय सभा सदस्य विष्णु कुमारी सापकोटाको फिनल्यान्ड भ्रमणको अवसर पारेर आयोजना गरिएको उक्त कार्यक्रममा सहभागीहरूले सक्रियतापूर्वक आफ्ना सरोकार राखेका थिए।

कार्यक्रममा बोल्दै सांसद सापकोटाले आफूले संसदमा विदेशमा रहेका नेपालीहरूका तीनवटा मुख्य मुद्दालाई प्रभावकारी रूपमा उठाइरहेको बताइन्।

उनले विदेशमा रहेका नेपालीलाई नेपाल फर्कन र देश विकासमा योगदान गर्न सहज वातावरण बनाउने, उनीहरूलाई विदेशबाटै मतदान गर्न पाउने अधिकार दिने र नेपाली नागरिकताको निरन्तरता सुनिश्चित गर्ने विषयमा आफूले निरन्तर आवाज उठाइरहेको दाबी गरेकी थिइन्।

विज्ञापन

सांसद सापकोटाले फिनल्यान्डमा रहेका नेपालीहरूलाई यहाँको शिक्षा र कमाइ हासिल गरेपछि देश फर्कन र नेपालको विकासमा योगदान गर्न आग्रह गरेकी थिइन्।

“विदेशमा सिकेको सीप र पुँजी देशका लागि आवश्यक छ,” उनले भनिन्।

सांसद सापकोटाले फिनल्यान्डमा रहेका नेपालीहरूलाई यहाँको शिक्षा र कमाइ हासिल गरेपछि देश फर्कन र नेपालको विकासमा योगदान गर्न आग्रह गरेकी थिइन्।

कार्यक्रममा सहभागीहरूले पनि विभिन्न विषय उठाएका थिए। विशेषगरी नेपालका शैक्षिक परामर्शदाताहरूले विद्यार्थीहरूलाई गलत र अधुरो जानकारी दिएर फिनल्यान्ड पठाउने गरेको भन्दै यस्तो प्रवृत्ति रोक्न संसदमा आवाज उठाइदिन आग्रह गरेका थिए।

नेपालको पछिल्लो ‘जेन-जी’ आन्दोलन र राजनीतिक अवस्थाबारे पनि विमर्श भएको थियो।

‘जेन-जी’ आन्दोलनबारे आफ्नो धारणा राख्दै सांसद सापकोटाले युवाहरूलाई उक्साएर प्रयोग गरिएको बताएकी थिइन्।

नेपालीलाइनेनबाट थप
विज्ञापन सकियो

उहाँले सार्वजनिक सम्पत्ति नष्ट गर्नु दुर्भाग्यपूर्ण रहेको र भ्रष्टाचारबाट जम्मा भएको सम्पत्ति भए पनि त्यसलाई राष्ट्रियकरण गर्न सकिने बताएकी थिइन्।

कार्यक्रममा हेलसिन्की नगरका नगर सदस्य कृष्ण रेग्मी, एनआरएनए फिनल्यान्डका निवर्तमान अध्यक्ष लभ उपाध्याय लगायतका उपस्थित थिए। छलफलको ‘मोडरेशन’ एनआरएनए फिनल्यान्डकी उपाध्यक्ष प्रतिष्ठा मिश्रले गरेकी थिइन्।

विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

एनआरएनए फिनल्यान्डका उपाध्यक्ष तारा प्रसाद सापकोटाले नेपालीलाइनेनसँग कुरा गर्दै कार्यक्रम भव्य रूपमा सफल भएको बताए।

“छलफल निकै राम्रो भयो। हामीले धेरै विषयमा कुरा गर्‍यौं र सहभागीता पनि सक्रिय रह्यो।” सापकोटाले भने।

विज्ञापन

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप