संग्रह गर्नुहोस्।
संग्रहित

एस्पोको नेपाली रेस्टुरेन्टमा निर्वस्त्र महिला छिरेपछि…

दिउँसोको खानाको समयमा अप्रत्याशित रूपमा एक युवती निर्वस्त्र अवस्थामा रेस्टुरेन्टमा प्रवेश गरेपछि कर्मचारी र ग्राहकहरू स्तब्ध बनेका थिए।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

.संक्षेपमा.


  • एस्पोस्थित नेपाली रेस्टुरेन्टमा एक युवती पूर्ण नग्न अवस्थामा प्रवेश गरिन्।
  • महिलाले लागूऔषध सेवन गरेको हुनसक्ने अनुमान।
  • महिलालाई एम्बुलेन्समा राखेर लगियो।

फिनल्यान्डको एस्पो शहरमा रहेको एक नेपाली रेस्टुरेन्टमा बुधबार दिउँसो एक अनौठो र स्तब्ध बनाउने घटना घट्यो। खाना खाने समयमा करिब २० वर्षीया एक युवती पूर्ण नग्न अवस्थामा रेस्टुरेन्टभित्र प्रवेश गरेपछि कर्मचारी र ग्राहकहरू अन्यौलमा परेका थिए।

उक्त घटनाबारे फिनिस भाषाका इल्तालेहती, एमटीभी, र लान्सीभाउला लगायतले समाचार लेखेका छन्।

रेस्टुरेन्टकी सञ्चालक रुक्मिणी भट्टराईका अनुसार ती युवती अचानक भित्र पसेर रेस्टुरेन्टको हलमा यताउता हिँड्न थालेकी थिइन्। घटना हुँदा भट्टराई स्वयं भने रेस्टुरेन्टमा थिइनन्। रेस्टुरेन्टका कर्मचारीहरूले उनलाई यसबारे जानकारी दिएका थिए।

“यस्तो घटना पहिले कहिल्यै नभएकोले कर्मचारीहरू एकदमै स्तब्ध भए।” भट्टराईले भनिन्।

विज्ञापन

त्यो समय रेस्टुरेन्टमा दुई जना वेटर, एक जना कुक र केही ग्राहकहरू थिए। कर्मचारीहरूले ती महिलालाई तौलिया र कपडा दिने प्रयास गरे पनि उनले लिन मानिनन्।

त्यसपछि रेस्टुरेन्टका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए। भट्टराईका अनुसार प्रहरी र एम्बुलेन्स आइपुग्न करिब ४५ मिनेट लागेको थियो। प्रहरीले ती महिलाले लागूऔषध सेवन गरेको हुनसक्ने अनुमान गरेको थियो।

सञ्चालक भट्टराईले ती महिलालाई कुनै मानसिक समस्या भएको हुनसक्ने आशंका व्यक्त गरिन्।

सञ्चालक भट्टराईले ती महिलालाई कुनै मानसिक समस्या भएको हुनसक्ने आशंका व्यक्त गरिन्।

“उनी घरबाट आएकी हुन् वा सडकबाट, मलाई थाहा छैन। उनी एक्लै थिइन्,” उनले फिनिस भाषाको इल्तालेहती पत्रिकालाई दिएको प्रतिक्रियामा भनेकी छिन्।

भट्टराईले युवाहरूलाई यस्ता चुनौतीहरू आउनुअघि नै सुरक्षा र सहयोग गर्नुपर्नेमा जोड दिइकी छिन्।

नेपालीलाइनेनबाट थप
विज्ञापन सकियो

प्रहरीका अनुसार ती नग्न महिलाले रेस्टुरेन्टमा चिच्याएर होहल्ला मच्चाएकी थिइन्। प्रहरीले ती महिलालाई एम्बुलेन्समा राखेर लगेको जानकारी दिएको छ, तर उनले लागूऔषध सेवन गरे/नगरेको बारेमा भने पुष्टि गरेको छैन।

नेपालीलाइनेनसँगको कुराकानीमा पनि भट्टराईले उक्त घटनाको पुष्टि गरिन्। काम गर्ने क्रममा विभिन्न किसिमका घटना देखे पनि ठ्याक्कै यस्तै प्रकृतिको घटना भने पहिले अनुभव नगरेको उनले बताइन्।

विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

“एकपटक एकजनाले खाना र वाइनहरू समेत टन्न खाएर पैसा नतिरी भागेका थिए,” उनले भनिन्। “काम गर्दै जाँदा कहिलेकाँही यस्ता घटनाहरू हुन्छन्।”

भट्टराईले नेपालीलाइनेनलाई दिएको प्रतिक्रियामा पनि युवाहरूलाई आवश्यकता बमोजिम सुरक्षा र सहयोग गर्नुपर्नेमा जोड दिइन्।

उक्त घटनाका बेला आफूहरूले करिब ४५ मिनेटसम्म अन्य कुनै कुराको परवाह नगरी उक्त महिलाको सुरक्षामा ध्यान दिएको र जिम्मेवारीपूर्वक सरकारी अधिकारीहरूलाई बुझाएको उनले बताइन्।

भट्टराई फिनिस नेपाली समाजकी अध्यक्ष पनि हुन्। लामो समयदेखि फिनल्यान्ड बस्दै आएकी उनी व्यवसाय र विभिन्न सामाजिक काममा सक्रिय छिन्।

विज्ञापन

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप