0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    फिनल्यान्डमा पनि भाइटीकाको रौनक, यस्तो छ पञ्चांग समितिले दिएको टिका लाउने साइत

    दिदीबहिनी र दाजुभाइ बीचको पवित्र सम्बन्धको प्रतीक भाइटीका आज फिनल्यान्डमा पनि हर्षोल्लासका साथ मनाइँदैछ। यो वर्ष नेपाल पञ्चांग निर्णायक विकास समितिले फिनल्यान्डका लागि पनि भाइटिकाको शुभसाइत तोकिदिएको छ।

    .संक्षेपमा.


    • भाइटीका फिनल्यान्डमा पनि हर्षोल्लासका साथ मनाइँदै।
    • पञ्चांग समिति भन्छः फिनल्यान्डका लागि भाइटीकाको शुभसाइत स्थानीय समयअनुसार बिहान ११:४७ बजे।
    • दिदीबहिनीले दाजुभाइलाई सप्तरंगी वा पञ्चरंगी टीका लगाइदिई दीर्घायुको कामना गर्ने परम्परा।

    नेपाली हिन्दुहरूको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन भाइटीका आज फिनल्यान्डमा बसोबास गर्ने नेपाली समुदायले पनि श्रद्धा र उल्लासका साथ मनाउँदैछन्।

    यद्यपि दाजुभाइ दिदीबहिनी सँगै हुनेले, स-परिवार यतै बसेकाले, अर्थात् यतै जन्मे हुर्केकाले हर्षोल्लासका साथ मनाउने भए पनि आफन्त र घरपरिवारबाट टाढा हुनेका लागि अथवा यसै वर्ष नेपालबाट फिनल्यान्ड बसाई सरेका लागि भने यो भाइटिका खल्लो हुनेछ।

    यो वर्ष सम्भवतः पहिलो पटक नेपाल पञ्चांग निर्णायक विकास समितिले फिनल्यान्डका लागि पनि भाइटीका लगाउने उत्तम साइत तोकिदिएको छ।

    पञ्चांग निर्णय समितिले विश्वका विभिन्न देशमा बसोबास गर्ने नेपालीहरूका लागि भाइटीकाको शुभसाइत निर्धारण गर्ने क्रममा यस पटक फिनल्यान्डलाई पनि समेटेको हो।

    फिनल्यान्डका लागि स्थानीय समयअनुसार बिहान ११ बजेर ४७ मिनेटको समयलाई उत्तम साइत मानिएको छ। यद्यपि, आज दिनभरि नै टीका लगाउन शुभ रहेको बताइएको छ।

    फिनल्यान्डमा बस्ने ज्योतिष पण्डित प्रबोध हुमागाईँले पनि सोही समय फिनल्यान्डका लागि सुभ रहेको र भाइटिका लगाउँदा पश्चिम फर्कनु पर्ने जनाएका छन्। उनले उक्त सन्देश केही दिन अगाडी नै सामाजिक सञ्जालमा राखेका थिए।

    विदेशमा रहे पनि आफ्नो संस्कृति र परम्परालाई जीवन्त राख्न फिनल्यान्डमा रहेका नेपालीहरूले यस्ता चाडपर्वहरूलाई महत्त्वका साथ मनाउने गरेका छन्।

    विदेशमा रहे पनि आफ्नो संस्कृति र परम्परालाई जीवन्त राख्न फिनल्यान्डमा रहेका नेपालीहरूले यस्ता चाडपर्वहरूलाई महत्त्वका साथ मनाउने गरेका छन्।

    यो वर्ष पनि फिनल्यान्डमा रहेका नेपालीहरूले लक्ष्मीपूजा भव्य रूपमा गरेको तस्बिर र भिडियोहरू सामाजिक सञ्जालमा राखेका छन्। देउसी भैलो खेल्नेको सङ्ख्या पनि उल्लेख्य रूपमा बढेको देखिन्छ।

    भाइटिकाको महत्व

    दिदीबहिनीले आफ्ना दाजुभाइलाई निधारमा पञ्चरंगी टीका लगाइदिएर उनीहरूको दीर्घायु, स्वास्थ्य र समृद्धिको कामना गर्ने यस पर्वको आफ्नै सांस्कृतिक महत्त्व छ।

    टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई सेलरोटी, ओखर, कटुस र विभिन्न मसलाजन्य खानेकुराहरू दिने गर्छन्। बदलामा दाजुभाइले पनि दिदीबहिनीलाई दक्षिणा र उपहार दिएर सम्मान प्रकट गर्दछन्।

    यमराज र उनकी बहिनी यमुनासँग सम्बन्धित यो पर्वलाई यमद्वितीया पनि भनिन्छ। शास्त्रीय मान्यताअनुसार टीका लगाइदिने दिदीबहिनी पूर्व फर्कनुपर्ने र टीका लगाउने दाजुभाइ पश्चिम फर्कनुपर्ने विधान छ।

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप