संग्रह गर्नुहोस्।
संग्रहित

हेलसिन्की पुस्तक मेलामा एक लाख भन्दा धेरै सहभागी, बन्यो ऐतिहासिक

चार दिने मेलामा लाख भन्दा धेरै सहभागी; प्रकाशकहरूले पनि गरे 'कीर्तिमानी बिक्री'।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

.संक्षेपमा.


  • हेलसिन्की पुस्तक मेलामा १ लाख ४ हजारभन्दा बढी सहभागी।
  • प्रकाशकहरूको बिक्री अभूतपूर्व, एक कम्पनीको बिक्री ३०% ले बढ्यो।
  • राष्ट्रपति अलेक्जेन्डर स्टबको अन्तर्वार्ता सुन्न मात्रै ३ हजारको भीड।

हेलसिन्कीको मेस्सु-केस्कुसमा आयोजित पुस्तक मेलाले यो वर्ष भ्रमणकर्ताको संख्यामा ऐतिहासिक कीर्तिमान कायम गरेको छ। यही अक्टोबर २३ देखि २६ सम्म चलेको चार दिने महोत्सवमा कुल १ लाख ४ हजार ५१६ जना सहभागी भएको आयोजकले जनाएको छ।

यो संख्या गत वर्षको तुलनामा ७ प्रतिशतले बढी हो। गत वर्ष (२०२४) मा ९७,५७२ जनाले मेला भ्रमण गरेका थिए।

यो पटक सबैभन्दा खुसीको कुरा २०,००० भन्दा बढी स्कुले विद्यार्थी र अन्य विद्यार्थीहरूको सहभागिता रहेको बताइएको छ।अन्तिम दिन आइतबार पनि मेलामा धेरै युवा र विद्यार्थीहरू देखिएका थिए।

पहिले यो मेला एक प्रकारको पुस्तक पसल जस्तो मात्र थियो। तर अहिले यो लेखकहरूसँगको अन्तर्क्रिया र विभिन्न कार्यक्रमसहितको ठूलो महोत्सवमा विकसित भएको छ।

विज्ञापन

मेलामा धेरै चर्चित व्यक्तित्वहरू पनि आउँछन्, जसले गर्दा पनि भीड बढ्ने गर्छ। मानिसहरू चर्चित व्यक्तिका साथै गम्भीर दार्शनिक छलफल सुन्न पनि मेलामा आउँछन्।

यो वर्ष मेलाको विशेष आकर्षणको रूपमा फिनल्यान्डका सबै (वर्तमान र पूर्व) राष्ट्रपतिहरू सहभागी भएका थिए।

वर्तमान राष्ट्रपति अलेक्जेन्डर स्टबको अन्तर्वार्ता सुन्न मात्रै करिब ३,००० मानिस जम्मा भएका थिए। राष्ट्रपति स्टबले पढाइलाई ‘सोचाइको इन्धन’ को रूपमा व्याख्या गरेका थिए।

“यदि म निरन्तर पढ्दिनँ भने म एक व्यक्तिको रूपमा विकास भएको देख्दिनँ,” उनले भनेका थिए।

फिनल्यान्डका पूर्व राष्ट्रपति साउली निनिस्तो आफ्नो नयाँ किताबमा हस्ताक्षर गर्न आउँदा पनि ठूलो भीड लागेको थियो।

नेपालीलाइनेनबाट थप
विज्ञापन सकियो

मेलामा धेरै चर्चित व्यक्तित्वहरू पनि आउँछन्, जसले गर्दा पनि भीड बढ्ने गर्छ। मानिसहरू चर्चित व्यक्तिका साथै गम्भीर दार्शनिक छलफल सुन्न पनि मेलामा आउँछन्।

नर्डिकमै ठूलो

हेलसिन्की पुस्तक मेलाले आफूलाई नर्डिक देशहरूमध्ये सबैभन्दा ठूलो साहित्यिक कार्यक्रमको रूपमा थप बलियो स्थान बनाएको छ।

विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

यो वर्ष मेलामा १७ वटा मञ्चमा १,७०० वक्ताहरूले भाग लिएका थिए, जहाँ जम्मा १,००० भन्दा बढी कार्यक्रमहरू आयोजना गरिए।

मेलामा भौतिक उपस्थिति मात्र नभई अनलाइनमा कार्यक्रम हेर्नेको संख्या पनि बढेको छ। यो वर्ष १५,००० भन्दा बढी पटक अनलाइन टिकटमार्फत कार्यक्रमहरू हेरिएको थियो। गत वर्ष उक्त संख्या ११,१०० पटक थियो।

यो वर्षको मेलाको थिम ‘शिक्षा र आनन्द’ (Sivistys ja ilo) रहेको थियो।

प्रकाशकहरू उत्साहित, बिक्रीमा उछाल

कार्यक्रमका निर्देशक भिल्ले ब्लोफिल्डले मेलाको २५ औँ वार्षिकोत्सव वर्षमा १ लाखको सीमा पार गर्नु विशेष खुसीको कुरा भएको बताए।

“फिनिसहरूको किताबप्रतिको माया घटेको छैन भन्ने यसले देखाउँछ ,” उनले भने।

मेला व्यापारिक रूपमा पनि अभूतपूर्व सफल रह्यो। ‘वाइन एन्ड फुड’ कार्यक्रमसँगको सहकार्यले पनि बिक्री बढाउन मद्दत गर्‍यो।

प्रकाशक WSOY का सीईओ टिमो युल्कुनेनले बिक्री गत वर्षभन्दा ३० प्रतिशतले बढेको बताए।

“किताबको संकटबारे कुरा गर्नु अहिले अनौठो लाग्छ,” उनले भने, “युवाहरूले पनि छापिएका किताबहरू किनिरहेका छन्, जुन राम्रो संकेत हो।”

त्यस्तै ओताभा (Otava) र सुओमालाइनेन किर्याकाउप्पा (Suomalainen Kirjakauppa) ले पनि बिक्रीमा ठूलो वृद्धि भएको र मेला व्यावसायिक रूपमा सफल रहेको पुष्टि गरेको भन्दै आयोजकले विज्ञप्ती निकालेको छ।

विज्ञापन

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप