संग्रह गर्नुहोस्।
संग्रहित

फिनल्यान्डमा बेचियो पाँच दशक पुरानो चिडियाखाना, मूल्य जम्मा १ युरो!

कुनै समय चीनबाट ल्याएका दुई पान्डा राखेर चर्चित बनेको चिडियाखाना टाट पल्टेपछि कर्मचारीहरूले नै जनावरहरूको हेरचाह जारी राख्न यसलाई अति सस्तो मूल्यमा किनेका हुन्।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

.संक्षेपमा.


  • टाट पल्टेको आहतारी (Ähtäri) चिडियाखाना १ युरोमा बिक्री।
  • क्रेता चिडियाखानाका पूर्व कर्मचारीहरूको संस्था।
  • जनावरहरूको हेरचाह जारी रहने, चिडियाखाना सर्वसाधारणका लागि बन्द रहने।

हालै टाट पल्टेको घोषणा गरिएको फिनल्यान्डको आहतारी चिडियाखाना केवल १ युरो (र २५.५ प्रतिशत भ्याट) को सांकेतिक मूल्यमा बिक्री भएको छ।

चिडियाखानाका पूर्व तथा वर्तमान कर्मचारीहरू मिलेर बनेको ‘भिएराइले या भालितात’ (Vieraile ja välität) नामक संस्थाले जनावरहरूको हेरचाह सुनिश्चित गर्न यो खरिद गरेको हो।

यो सम्झौतामा चिडियाखानाको जग्गा, भवन, चिडियाखाना र फार्मका सबै जनावरहरू, मेसिन र उपकरणहरू, खाना, गाडीहरू तथा अन्य सबै सम्पत्तिहरू समावेश छन्।

आहतारी शहरको बोर्डले गत शुक्रबार यो बिक्रीलाई अनुमोदन गरेको हो। यो खरिदले कर्मचारीहरूको संस्थालाई चिडियाखानाकै परिसरमा जनावरहरूको हेरचाह जारी राख्न बाटो खोलेको छ।

विज्ञापन

अक्टोबरको सुरुमा उक्त क्षेत्रको जिल्ला अदालतले चिडियाखाना र सँगै सञ्चालित होटेल मेसिकाम्मेनलाई टाट पल्टेको घोषणा गरेको थियो।

चिडियाखाना अब आम मानिसहरूका लागि बन्द रहनेछ।

अहिले चिडियाखाना किनेको संस्था सन् २०१९ मा (चीनबाट पाण्डाहरू आएको करिब एक वर्षपछि) स्थापना भएको थियो। यसको सञ्चालक समितिमा चिडियाखानाकै पूर्व प्रबन्धकहरू रहेका छन्।

संस्थाका अनुसार उनीहरूको मुख्य उद्देश्य लोपोन्मुख प्रजातिहरूको संरक्षण र अनुसन्धानलाई समर्थन गर्नु हो। यो संस्थाले व्यापारिक रूपमा चिडियाखाना सञ्चालन गर्ने छैन, त्यसैले चिडियाखाना अब आम मानिसहरूका लागि बन्द रहनेछ।

जनावरहरूको हेरचाह जारी राख्न संस्थाले कोष सङ्कलन अभियान सुरु गरेको छ। केही जनावर हेरचाहकर्ताहरूले आफ्नो जागिर सकिए पनि र तलबको टुङ्गो नभए पनि जनावरहरूको हेरचाह गर्न काममा आइरहने बताएको छिन्।

नेपालीलाइनेनबाट थप
विज्ञापन सकियो
विज्ञापन

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप