संग्रह गर्नुहोस्।
संग्रहित

१७ वर्षीय नेपाली किशोरी बनिन् एक दिनका लागि फिनल्यान्डकी राजदूत

सिन्धुलीकी १७ वर्षीय रमिलाले 'गर्ल्स टेकओभर' अभियान अन्तर्गत काठमाडौँस्थित फिनिस दूतावासको जिम्मेवारी साङ्केतिक रूपमा एक दिनका लागि सम्हालेकी हुन्। 

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

.संक्षेपमा.


  • नेपाली किशोरी रमिला बनिन् एक दिनका लागि फिनल्यान्डकी राजदूत।
  • उनी श्रवणशक्ति नभएका तथा अपाङ्गता भएका बालिकाहरूको अधिकारकी अभियन्ता हुन्।
  • यो अभियान बालिका सशक्तीकरणका लागि प्लान इन्टरनेसनलले गरेको हो।

सिन्धुलीकी १७ वर्षीया किशोरी रमिला एक दिनका लागि नेपालका लागि फिनल्यान्डकी राजदूत बनेकी छिन्। उनले ‘गर्ल्स टेकओभर’ अभियान अन्तर्गत यो अवसर पाएकी हुन्।

रमिला एक बहिरी विद्यार्थी हुन्। उनी सामाजिक अभियन्ता पनि हुन्। उनले अपाङ्गता भएका बालिकाहरूको पक्षमा आवाज उठाउँदै आएकी छिन्।

‘गर्ल्स टेकओभर’ फिनल्यान्डको दूतावास र प्लान इन्टरनेसनल नेपालको साझेदारीमा भएको हो। यो अभियानले बालिकाहरूलाई नेतृत्व लिन र निर्णय गर्न प्रोत्साहित गर्दछ।

एकदिने राजदूतको रूपमा रमिलाले फिनल्यान्डका राजदूत पेत्री पुहाक्का (Petri Puhakka) को जिम्मेवारी सम्हालिन्। उनले दूतावासको काम–कारबाहीमा सक्रियतापूर्वक सहभागी भइन्। उनी विभिन्न भेटघाट र छलफलमा भाग लिएकी थिइन्।

विज्ञापन

रमिलाले साङ्केतिक भाषामै आफ्ना विचार राखेकी थिइन्। राजदूत पुहाक्कालाई आफ्नो नाम सांकेतिक भाषामा कसरी लेख्ने भनेर पनि उनले सिकाएकी थिइन्।

दूतावासले रमिलाको चासो, ऊर्जा र आत्मविश्वासको प्रशंसा गरेको छ।

दूतावासले रमिलाको चासो, ऊर्जा र आत्मविश्वासको प्रशंसा गरेको छ।

एक दिने राजदूतले दूतावासमा मिठा परिकारहरू खाएकी थिइन, अरूसँग फोटो खिचाएकी थिइन् र उपहार पनि पाएकी थिइन्।

यो वर्षको ‘गर्ल्स टेकओभर’ को थिम बालविवाह अन्त्य र लैङ्गिक हिंसा उन्मूलन रहेको थियो।

हेर्नुहोस् तस्बिरमा, Photo source: Embassy of Finland, Kathmandu

नेपालीलाइनेनबाट थप
विज्ञापन सकियो
नेपालका लागि फिनल्यान्डका राजदूत र दूतावासका विभिन्न कर्मचारीहरूसँग सामुहिक तस्बिरमा रमिला। Photo: Embassy of Finland, Kathmandu.
दूतावासमा आयोजित विभिन्न छलफलमा भाग लिदै रमिला। Photo: Embassy of Finland, Kathmandu.
फिनिस दुतावासमा राजदूत दम्पतीसँग रमिला। Photo: Embassy of Finland, Kathmandu.
विज्ञापन

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप