0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    कायानीमा नेपाली कामदार शोषण प्रकरण: कम्पनी सञ्चालक सहित कम्तीमा तीन पक्राउ

    दर्जनौँ नेपालीलाई ठगी गरेको आरोपमा मुछिएको कम्पनीका मुख्य सञ्चालक सहित कम्तीमा तीन जनालाई पक्राउ गरी फिनिस सुरक्षा बलले अनुसन्धान अगाडी बढाएको छ।

    .संक्षेपमा.


    • फिनिस सीमा सुरक्षा बलद्वारा कम्तीमा तीन जना पक्राउ।
    • पक्राउ पर्नेमा कम्पनीका मुख्य सञ्चालक पनि सामेल।
    • अभियुक्तहरूमाथि गम्भीर गैरकानुनी आप्रवासन गराएको अभियोग।

    फिनल्यान्डमा दर्जनौं नेपालीहरूलाई श्रम शोषण र ठगीको शिकार बनाएको भनिएको प्रकरणमा कम्तीमा तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा उक्त कम्पनीका मुख्य सञ्चालक पनि रहेको जानकारी नेपालीलाइनेनले प्राप्त गरेको छ।

    फिनिस सीमा सुरक्षा बलले अनुसन्धान गरिरहेको यो मुद्दामा पक्राउ परेकाहरूमाथि गम्भीर गैरकानुनी आप्रवासनको व्यवस्था मिलाउन सहभागी भएको अभियोग लगाइएको छ।

    नेपालीलाइनेनले प्राप्त गरेको अदालतको कागजात अनुसार करिब एक हप्ताअघि कम्पनीका मुख्य मालिक र अर्का एक व्यक्तिलाई काइनु जिल्ला अदालतमा पेश गरिएको थियो।

    अदालतमा मुख्य मालिकको थुना लम्ब्याउन र अर्का नयाँ व्यक्तिलाई पक्राउ गर्न अनुमति मागिएको थियो।

    पहिले पक्राउ परेका भनिएका नेपाली व्यक्ति भने पछिल्लो पटक अदालतमा पेश गरिएका दुई जनामा समावेश छैनन्।

    नेपालीलाइनेनले प्राप्त गरेको अदालती कागजात। व्यक्तिगत पहिचान खुल्ने विवरणहरू नेपालीलाइनेनले छोपेको हो।

    के-हो घटना?

    करिब चार दर्जन नेपालीहरू फिनल्यान्डमा गम्भीर ठगी र श्रम शोषणको शिकार भएको जानकारी प्राप्त गरेपछि नेपालीलाइनेनले हिजो त्यसबारे समाचार बनाएको थियो।

    पीडितहरूका अनुसार एक आपराधिक सञ्जालले उनीहरूलाई रोजगारीको वाचामा फिनल्यान्ड ल्याएको थियो तर काम वा तलब बिना अलपत्र पारेको थियो।

    पीडित ४३ जनामध्ये ३९ जनालाई ‘सिजनल भिसा’मा जङ्गलको कामको लागि ल्याइएको थियो। उनीहरूलाई राजधानी हेलसिन्कीबाट करिब ६०० किलोमिटर टाढा रहेको कायानी, काइनु र सोत्कामो क्षेत्रमा काम दिने भनिएको थियो।

    स्रोतका अनुसार पीडितहरूको संख्या यो भन्दा ठूलो छ र यसमा अन्य देशका नागरिकहरू पनि छन्।

    नेपालीलाइनेनलाई ४३जना पीडितका बारे जानकारी प्राप्त भएपनि एक स्रोतका अनुसार पीडितहरूको संख्या यो भन्दा ठूलो छ र यसमा अन्य देशका नागरिकहरू पनि छन्।

    फिनल्यान्डमा यसअघि पनि नेपालीहरू ठगीमा परेका भए पनि यति ठूलो संख्यामा पीडित भएको यो पहिलो घटना मानिएको छ।

    गत मे महिनामा पनि नेपालीलाइनेनले फिनल्यान्डको वन क्षेत्रमा नेपाली लगायतका कामदारहरूको शोषण भएको विषयमा समाचार प्रकाशन गरेको थियो।

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप