संग्रह गर्नुहोस्।
संग्रहित

फिनल्यान्डमा पहिलो पटक नेपाली ‘स्टार्टअप’ भेलाको आयोजना हुने, यस्ता छन् आयोजक

फिनल्यान्डमा रहेका नेपाली उद्यमी, लगानीकर्ता र व्यवसायीहरूलाई जोड्ने ऐतिहासिक प्रयास।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

.संक्षेपमा.


  • हेलसिन्कीमा नेपाली ‘स्टार्टअप’ कर्मीको विशेष भेला हुने।
  • ‘स्लश २०२५’ को अवसरमा नोभेम्बर १९ मा आयोजना हुँदै।
  • सिट सीमित, उद्यमीहरूलाई सहभागितामा प्राथमिकता दिइने।

आगामी १९ नोभेम्बरमा हेलसिन्कीमा पहिलो पटक नेपाली स्टार्टअप इकोसिस्टम भेला (Nepali Start-up Ecosystem Meetup) आयोजना हुने भएको छ। यो भेला युरोपकै ठूलो प्रविधि सम्मेलन Slush 2025 को समयमा हुन लागेको हो।

फिनल्यान्डमा रहेका नेपाली संस्थापकहरू, उद्यमीहरू र स्टार्टअप क्षेत्रमा सक्रिय व्यक्तिहरूलाई एकै ठाउँमा ल्याउनु यसको मुख्य उद्देश्य रहेको आयोजकहरूले जनाएका छन्।

यो हेलसिन्कीमा हुन लागेको यस्तो किसिमको पहिलो जमघट हो। आयोजकका अनुसार यसले फिनल्यान्डमा रहेका नेपाली स्टार्टअप व्यवसायीहरूलाई मात्र नभई, ‘Slush’ प्रविधि सम्मेलनमा भाग लिन नेपालबाट आएकाहरूलाई पनि समेट्नेछ।

नेपाल-सम्बन्धित परियोजनाहरूमा संलग्न स्थानीय फिनिस र अन्य अन्तर्राष्ट्रिय पाहुनाहरू पनि भेलामा सहभागी हुनेछन्। यसले नेपाली उद्यमीहरूलाई अन्तर्राष्ट्रिय सञ्जाल विस्तार गर्ने अवसर दिनेछ।

विज्ञापन

आयोजकहरूका अनुसार सिटहरू अत्यन्त सीमित छन् र छलफललाई केन्द्रित र सान्दर्भिक राख्नका लागि संस्थापकहरू (founders) र हाल स्टार्टअपको नेतृत्व गरिरहेका व्यक्तिहरूलाई दर्तामा प्राथमिकता दिइनेछ।

इच्छुक व्यक्तिहरूले अनलाइन फारम भरेर नाम दर्ता गर्न सक्नेछन्।

आयोजकहरू को हुन्?

यो भेला बाटो (Bato Oy), नोर्डेस (Nordes), कग्निट (Cogknit), रेसिमेटर (Resimator), लुक्ला एआई (Lukla AI) र ‘न्यू हाइट्स विथ विकास‘ (New Heights with Bikash) ले संयुक्त रूपमा आयोजना गरेका हुन्।

बाटो हेलसिन्कीमा दर्ता भएको नयाँ मेला तथा सम्मेलन आयोजना गर्ने कम्पनी हो। नोर्डेस इन्जिनियरिङ कम्पनी हो। फिनल्यान्डमै दर्ता भएको यो कम्पनीले विशेष गरी सामुद्रिक र औद्योगिक क्षेत्रमा सेवा दिन्छ। यसको नेतृत्वमा नेपाली व्यवसायीहरू सक्रिय छन्।

नेपालीलाइनेनबाट थप
विज्ञापन सकियो

रेसिमेटर फिनल्यान्डको तुर्कु र नेपालको काठमाडौंबाट सञ्चालित सफ्टवेयर कम्पनी हो। कग्निट लुक्ला एआई प्रविधि र एआई (AI) क्षेत्रमा केन्द्रित कम्पनीहरू हुन्। यी सबै कम्पनीको नेतृत्वमा नेपाली वा नेपाली-मूलका व्यवसायीहरू छन्।

न्यू हाइट्स विथ विकास‘ फिनल्यान्ड र युरोपमा रहेका नेपाली उद्यमी र व्यवसायीहरूको अन्तर्वार्ता प्रस्तुत गर्ने भिडियो पोडकास्ट हो। यो पोडकास्ट चलाउने विकास गुरुङ्गले नै बाटो कम्पनी खोलेका हुन्।

विज्ञापन
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप