विज्ञापन
संग्रह गर्नुहोस्।
संग्रहित

हेलसिन्कीमा शिक्षण संस्था र रेस्टुरेन्टको नयाँ प्रयोग: उब्रेको खाना दान दिँदा हजारौँ लाभान्वित

शिक्षण संस्था र रेस्टुरेन्टको सहकार्यमा बचेको खानालाई फोहोर हुन नदिई खाँचोमा परेकाहरूलाई वितरण गरिएको हो।

.संक्षेपमा.


  • २३,००० किलोभन्दा बढी तयारी खाना सहयोग।
  • बुफेको बाँकी खानाले खाँचोमा परेकालाई राहत।
  • परीक्षण परियोजना सफल, खाना दान जारी राखिने।

हेलसिन्कीका शिक्षण संस्था र रेस्टुरेन्टहरूले हजारौं किलो खाना फालिनबाट जोगाएका छन्। झन्डै दुई वर्षदेखि जारी यस अभियानमा २३,००० किलोभन्दा बढी खाना खाँचोमा परेकाहरूलाई बाँडिएको छ।

यो परिमाण फोहोरमा फालिने करिब ५७,००० थाल तातो खाना बराबर हो। हेलसिन्की सहरका अनुसार यो कार्यक्रम अब केवल परीक्षणमा मात्र सीमित रहने छैन।

यसमा Sodexo, Soupster Family, Palmia जस्ता संस्थाहरू सहभागी छन्।

यी संस्थाले बुफेमा बचेको खाना ‘स्टाडिन साफ्का’ मार्फत खाद्य सहयोग गर्ने संस्थाहरुलाई उपलब्ध गराएका छन्। उक्त खाना खाँचोमा परेका मानिसहरूलाई सोही स्थानमा तातो खानाकै रूपमा खुवाउने गरिएको छ।

पछिल्ला वर्षहरूमा किराना पसल वा सुपरमार्केटबाट हुने ‘फूड वेस्ट’ अर्थात् खानाको बर्बादी घटेको छ। तर फिनल्यान्डमा खाद्य सहयोग माग्नेहरूको संख्या भने बढेको छ।

पछिल्ला वर्षहरूमा किराना पसल वा सुपरमार्केटबाट हुने ‘फूड वेस्ट’ अर्थात् खानाको बर्बादी घटेको छ। तर फिनल्यान्डमा खाद्य सहयोग माग्नेहरूको संख्या भने बढेको छ।

विज्ञापन
विज्ञापन सकियो

“रेस्टुरेन्टको बचेको खानाले पसलहरूबाट आउने सहयोगमा आएको कमीलाई पूरा गरेको छ,” स्टाडिन साफ्काकी प्रबन्धक आनी हेनालले हेलसिन्की सहरको एक विज्ञप्तीमा भनेकी छिन्।

यो कार्यक्रम ‘फूड वेस्ट इकोसिस्टम’ परियोजनाको हिस्सा हो। यसको मुख्य उद्देश्य राजधानी क्षेत्रका क्यान्टिन र रेस्टुरेन्टमा खानाको बर्बादी रोक्नु हो।

यस्तै अभ्यास भान्ता र एस्पोमा पनि गरिएको छ। यो परियोजना अर्को वर्ष सकिँदैछ। यसबाट प्राप्त अनुभव र नतिजाहरूलाई हालै एक प्रतिवेदनमार्फत सार्वजनिक गरिएको छ।

नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप