संग्रह गर्नुहोस्।
संग्रहित

फिनल्यान्डमा पुराना अपार्टमेन्ट झनै सस्तिए, सबैभन्दा ठुलो मूल्य गिरावट एस्पो र भान्तामा

गत वर्षको तुलनामा सबै प्रमुख सहरहरूमा पुराना अपार्टमेन्टको मूल्यमा कमी आएको छ।

.संक्षेपमा.


  • पुराना अपार्टमेन्टको मूल्यमा देशव्यापी २.४% को गिरावट।
  • एस्पो र भान्तामा सबैभन्दा बढी (६% भन्दा बढी) को गिरावट।
  • बजारमा केही चहलपहल बढेको सङ्केत।

फिनल्यान्डको तथ्याङ्क विभागले दिएको पछिल्लो जानकारी अनुसार गत वर्षको तुलनामा फिनल्यान्डमा पुराना अपार्टमेन्टको मूल्यमा २.४ प्रतिशतले कमी आएको छ।

अक्टोबर महिनामा अपार्टमेन्टको मूल्य अघिल्लो महिनाको तुलनामा स्थिर रहेको थियो। तर गत वर्षको तुलनामा हेर्दा सबै ठूला सहरहरूमा मूल्यमा स्पष्ट गिरावट आएको देखिन्छ।

तथ्याङ्क विभागका अनुसार मूल्यमा सबैभन्दा ठूलो गिरावट एस्पोमा देखिएको छ, जहाँ ६.६ प्रतिशतले मूल्य घटेको छ।

भान्तामा पनि पुराना अपार्टमेन्टको मूल्य पोहोरकोभन्दा ६.४ प्रतिशतले घटेको देखिएको छ।

देशव्यापी रूपमा हेर्दा फ्ल्याट (केरोस तालो) को मूल्यमा करिब तीन प्रतिशतले कमी आएको छ। रियल इस्टेट एजेन्टहरूमार्फत अक्टोबरमा केही बढी पुराना फ्ल्याट र रो-हाउस (रिभी तालो) किनबेच भएको तथ्याङ्कमा उल्लेख छ।

बजारमा केही चहलपहल बढेको सङ्केत गरेको तथ्याङ्क विभागले जनाएको छ।

यसले बजारमा केही चहलपहल बढेको सङ्केत गरेको तथ्याङ्क विभागले जनाएको छ।

नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

Coffee Cup

तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

Payment Methods
सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप