संग्रह गर्नुहोस्।
संग्रहित

पण्डितको मुकुन्डोमा जघन्य अपराधः बेलायतका एक नेपालीलाई २५ वर्ष जेल सजाय

बेलायतको पिटरबरोमा समुदायका अगुवा मानिने प्रमोद ढकालले १९ वर्षसम्म बालबालिकामाथि यौन शोषण गरेको अदालतको ठहर।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

.संक्षेपमा.


  • २५ वर्ष जेल र ८ वर्ष कडा निगरानीको फैसला।
  • ८ वर्षकी बालिकासहित ८ जना पीडित भएको पुष्टि।
  • विश्वास र धार्मिक आवरणमा १९ वर्षसम्म यौन शोषण।

बेलायतको क्याम्ब्रिज क्राउन कोर्टले ४९ वर्षीय नेपाली मूलका प्रमोद ढकाललाई बालयौन दुराचार र बलात्कारको अभियोगमा २५ वर्षको जेल सजाय सुनाएको छ। सोमबार भएको फैसला अनुसार उनले जेल सजाय पूरा गरेपछि पनि थप ८ वर्ष कडा निगरानी (लाइसेन्स) मा बस्नुपर्नेछ।

ढकाललाई विगत १९ वर्षको अवधिमा २५ वटा विभिन्न यौन अपराधमा दोषी ठहर गरिएको हो। यस क्रममा उनले ८ जना पीडितमाथि शोषण गरेको र त्यसमा ८ वर्षकी बालिका समेत रहेको खुलेको छ।

पीडितमध्ये एकजना लन्डनकी हुन् भने बाँकी सबै क्याम्ब्रिजशायर क्षेत्रका हुन्। ढकालले १३ वर्ष मुनिका बालिकामाथि ५ पटक र १३ वर्ष माथिका बालिकामाथि २ पटक बलात्कार गरेको पुष्टि भएको छ।

पिटरबरोमा रेष्टुरेन्ट व्यवसाय गर्ने ढकाललाई स्थानीय नेपालीले पण्डितका रूपमा समेत मान्ने गरेका थिए। उनले समुदायमा बनाएको विश्वासिलो छविलाई दुरुपयोग गर्दै बालबालिकामाथि अपराध गरेका हुन्।

विज्ञापन

सन् २०२३ को नोभेम्बरमा एक पीडितले आफ्नो परिवारलाई बताएपछि यो घटना बाहिर आएको थियो।

पीडितले मान्थे ‘दोस्रो बुवा’ जस्तै

अभियोजकका अनुसार पीडितले ढकाललाई ‘दोस्रो बुवा’ जस्तै मान्ने गर्दथे। उनले साँचो बोलेमा अझ बढी हानि हुने डर देखाएर बालबालिकालाई दबाबमा राख्ने गरेका थिए।

सन् २०२३ को नोभेम्बरमा एक पीडितले आफ्नो परिवारलाई बताएपछि यो घटना बाहिर आएको थियो। यो कुरा खुलेपछि अन्य पीडितहरू पनि प्रहरीको सम्पर्कमा आएका थिए।

ढकालले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आएका थिए। तर २० दिन लामो सुनुवाइपछि जुरीले उनलाई ३ घण्टाभन्दा कम समयमै सर्वसम्मत रूपमा दोषी ठहर गर्यो।

धादिङ र काठमाडौंमा घर भएका ढकाल सन् १९९८ मा बेलायत पुगेका थिए। उनी सन् २००६ देखि पिटरबरोमा बस्दै आएका पुराना नेपाली बासिन्दा हुन्।

नेपालीलाइनेनबाट थप
विज्ञापन सकियो

अदालतले उनलाई अनिश्चितकालका लागि ‘सेक्स अफेन्डर’ को सूचीमा राख्ने निर्णय गरेको छ। साथै, उनलाई पीडितहरूलाई सम्पर्क गर्न नपाउने गरी ‘रेस्ट्रेनिङ अर्डर’ पनि जारी गरिएको छ।

अनुसन्धानमा संलग्न डीसी फिलिपा म्यालेटले जतिसुकै समय बितिसकेको भए पनि प्रहरीले यस्ता घटनालाई गम्भीरतापूर्वक लिने बताइन्। उनले पीडितहरूको साहसको प्रशंसा गर्दै यसले अन्य बालबालिकालाई शोषित हुनबाट जोगाएको उल्लेख गरिन्।

विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

अदालतको फैसलाबारे बीबीसी लगायतका बेलायती मिडियाले समाचार लेखेका छन्।

विज्ञापन

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप