संग्रह गर्नुहोस्।
संग्रहित

सकियो फिनल्यान्डको १०८औं स्वतन्त्रता दिवसः कतै उत्सव, कतै विरोध प्रदर्शन र तनाव

फिनल्यान्ड सेता फिनिसहरूको मात्र हुनुपर्छ र सबै विदेशीहरूलाई फिनल्यान्डबाट हटाउनुपर्छ भन्नेजस्ता अति अनुदार मत राख्ने समुहहरूको ६१२ नामको प्रदर्शनमा करिब ७०० सहभागी थिए। अनि फिनल्यान्ड खुला र उदार हुनुपर्छ भन्ने मत राख्ने समूहहरूले आयोजना गरेको 'नाजीरहित हेलसिन्की' मा करिब २,५०० मानिसहरू सहभागी भएका थिए।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

.संक्षेपमा.


  • राष्ट्रपति भवनमा १८०० पाहुनाको उपस्थिति र पूर्वी फिनल्यान्डका परिकारहरूको चर्चा।
  • कौभोलामा ‘हामी सँगै फिनल्यान्डको रक्षा गर्छौं’ भन्ने नारासहित भव्य सैनिक कवाज।
  • हेलसिन्कीमा विद्यार्थीहरूको परम्परागत मसाल जुलुस र विरोध प्रदर्शन।

हिजो ६ डिसेम्बरका दिन फिनल्यान्डले आफ्नो १०८औँ स्वतन्त्रता दिवस हर्षोल्लास र भव्यताका साथ मनाएको छ।

राष्ट्रपति अलेक्जेन्डर स्टब र उनकी पत्नी सुजेन इनिस–स्टबले हेलसिन्कीस्थित राष्ट्रपति भवनमा आयोजना गरेको परम्परागत स्वागत समारोह यो वर्षको मुख्य आकर्षण बन्यो।

यो वर्ष स्वतन्त्रता दिवसको मुख्य नारा ‘शिक्षा र सभ्यता’ रहेको थियो। फिनिस समाजको निर्माणमा ज्ञानको भूमिकालाई सम्मान गर्दै उक्त नारा तय गरिएको हो।

राष्ट्रपति स्टबले यो वर्ष विशेष गरी शिक्षक र शिक्षा क्षेत्रका पेसाकर्मीहरूलाई प्राथमिकता दिँदै करिब १,८०० पाहुनाहरूलाई राष्ट्रपति भवनमा निमन्त्रणा गरेका थिए।

विज्ञापन

समारोहमा पूर्वी फिनल्यान्डको स्वाद पस्किइएको थियो। साभोनलिनाको प्रख्यात lörtsy (भित्र मासु र जाम, बाहिर पिठोले लेपिएको पाई/पिराक्का) र muikkukukko (भित्र माछा, बाहिर पिठोको रोटी) जस्ता परम्परागत परिकारहरूले पाहुनाहरूको मन जितेका थिए।

परम्परागत नाच र ‘कस्ले कस्तो लुगा लगायो’ भन्ने चर्चा त हुने नै भयो।

राष्ट्रपति भवनको सजावटमा सेतो र हरियो रङका फूलहरू तथा फिनिस जङ्गलको झल्को दिने झ्याउ र सल्लाका हाँगाहरूको प्रयोग गरिएको थियो।

परेड र प्रदर्शन पनि

राजधानी हेलसिन्कीबाहिर कौभोलामा राष्ट्रिय सैनिक कवाजको आयोजना गरियो। “हामी सँगै फिनल्यान्डको रक्षा गर्छौँ” भन्ने नाराका साथ सम्पन्न उक्त कवाजमा फिनिस सेना र अन्य सुरक्षा निकायहरूको शक्ति प्रदर्शन गरिएको थियो।

नेपालीलाइनेनबाट थप
विज्ञापन सकियो

हेलसिन्कीको सडकमा साँझ विद्यार्थीहरूले परम्परागत मसाल जुलुस निकाले, जुन हिएतानियमी चिहानबाट सुरु भई सिनेट स्क्वायरमा टुङ्गिएको थियो।

हेलसिन्कीमा केही स्थानमा विरोध प्रदर्शनहरू पनि भए। प्रहरीका अनुसार ६१२ नाम दिएको फाँसीवादी समूहहरूको ‘फिनल्यान्ड जाग’ भन्ने प्रदर्शनमा करिब ७०० सहभागी भएका थिए।

विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सेता फिनिसहरूको मात्र हुनुपर्छ र सबै विदेशीहरूलाई फिनल्यान्डबाट हटाउनुपर्छ भन्नेजस्ता अति अनुदार मत राख्ने सिनी मुस्ता, एक्टिभ क्लब, र सोल्डर्स अफ ओडिनजस्ता समुहहरू उक्त प्रदर्शनमा सहभागी थिए।

उनीहरूले ठुला ठुला फिनिस झन्डा बोकेका थिए भने सहभागीमध्ये अधिकांशले मास्क लगाएर मुख छोपेका थिए।

फिनल्यान्ड सेता फिनिसहरूको मात्र हुनुपर्छ र सबै विदेशीहरूलाई फिनल्यान्डबाट हटाउनुपर्छ भन्नेजस्ता अति अनुदार मत राख्ने सिनी मुस्ता, एक्टिभ क्लब, र सोल्डर्स अफ ओडिनजस्ता समुहहरू उक्त प्रदर्शनमा सहभागी थिए।

सँगसँगै त्यस्ता समूहहरूको विरोधमा र फिनल्यान्ड खुला र उदार हुनुपर्छ भन्ने मत राख्ने समूहहरूले आयोजना गरेको ‘नाजीरहित हेलसिन्की’ (Helsinki Ilman Natseja) मा करिब २,५०० मानिसहरू सहभागी भएका थिए।

प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको हुनाले कुनै अप्रिय घटना भने हुन पाएन। प्रहरीले प्रदर्शनका क्रममा ४ जनालाई गिरफ्तार गरेको जनाएको छ। 

विज्ञापन

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप