0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    हेलसिन्कीमा युवा ग्याङको आतङ्क, संलग्न ४० मध्ये अधिकांश आप्रवासी मूलका

    आरोपित समूहले पीडितहरूबाट मोबाइल फोन, महँगा लुगा र विद्युतीय स्कुटरहरू लुट्ने गरेको थियो। चोरी गरिएका बैंक कार्ड र पैसा प्रयोग गरेर उनीहरूले फास्ट फुड रेस्टुरेन्टहरूमा खानेकुरा किन्ने गरेको प्रमाण भेटिएको प्रहरीले जनाएको छ।

    संक्षेपमा


    • हेलसिन्कीका पार्क र सपिङ सेन्टरहरूमा शृङ्खलाबद्ध लुटपाट र हिंस्रक आक्रमण।
    • ४० संदिग्धमध्ये अधिकांश आप्रवासी मूलका किशोरहरू।
    • पीडितलाई घेरेर कुटपिट गर्ने र भिडियो खिचेर अपमान गर्ने शैली।

    हेलसिन्की प्रहरीले सहरका विभिन्न भागमा किशोरहरूको समूहले गरेको शृङ्खलाबद्ध लुटपाट र कुटपिटको एउटा ठूलो घटनाको अनुसन्धान पुरा गरेको जनाएको छ।

    आपराधिक गतिविधिमा १४ देखि १८ वर्ष उमेर समूहका करिब ४० जना किशोरहरू संलग्न रहेको प्रहरीले जनाएको छ।

    गएको अगस्टदेखि नोभेम्बरको सुरुसम्म भएका २५ वटा विभिन्न उजुरीका आधारमा प्रहरीले यो अनुसन्धान अघि बढाएको हो।

    घटनाहरू खासगरि हेलसिन्कीका Alppipuisto, Malmi, Oulunkylä र Mustikkamaa जस्ता युवाहरू भेला हुने क्षेत्रमा भएका हुन्।

    नियोजित आक्रमण र अपमानजनक व्यवहार

    प्रहरीका अनुसार आरोपित किशोरहरूले पीडितहरूलाई पूर्ण रूपमा सोचेर आक्रमण गर्ने योजना बनाउने गरेका थिए।

    उनीहरूले पासीलाको त्रिप्ला र काम्पीजस्ता सपिङ सेन्टर बाहिर पनि मानिसहरूलाई निसाना बनाएका थिए।

    आक्रमणको शैली निकै क्रूर रहेको अनुसन्धानले देखाएको छ।

    सुरुमा एक वा दुई जनाले साथी जस्तो बनेर कुरा गर्ने र लगत्तै १५ देखि २० जनाको समूहले पीडितलाई घेरेर मुक्का र लात्तीले प्रहार गर्ने गरेको भेटिएको छ।

    “संदिग्धहरूले पीडितलाई घेरेर कुटपिट गर्ने मात्र नभई लुगा फुकाल्न लगाउने र थुक्ने जस्ता अपमानजनक व्यवहार समेत गरे,” अनुसन्धान अधिकृत कारी मार्तिकाईनेनले प्रहरीको प्रेस विज्ञप्तीमा भनेका छन्। उनीहरूले यस्ता घटनाको भिडियो समेत खिच्ने गरेको प्रहरीको दाबी छ।

    आक्रमणको शैली निकै क्रूर रहेको अनुसन्धानले देखाएको छ। सुरुमा एक वा दुई जनाले साथी जस्तो बनेर कुरा गर्ने र लगत्तै १५ देखि २० जनाको समूहले पीडितलाई घेरेर मुक्का र लात्तीले प्रहार गर्ने गरेको भेटिएको छ।

    चोरीको पैसाले जङ्क फुड

    यो समूहले पीडितहरूबाट मोबाइल फोन, महँगा लुगा र विद्युतीय स्कुटरहरू लुट्ने गरेको थियो। चोरी गरिएका बैंक कार्ड र पैसा प्रयोग गरेर उनीहरूले फास्ट फुड रेस्टुरेन्टहरूमा खानेकुरा किन्ने गरेको प्रमाण भेटिएको छ।

    प्रहरीले संलग्न रहेको आशंका गरेका ४० जनामध्ये आधा भन्दा बढी १५ वर्ष मुनिका छन्। उनीहरूमध्ये अधिकांश आप्रवासी पृष्ठभूमि भएका किशोरहरू रहेको प्रहरीले उल्लेख गरेको छ।

    यस घटनामा संलग्न आठ जनालाई हिरासतमा राखिएको छ भने दुई जनालाई देश छाड्न प्रतिबन्ध लगाइएको छ। यो मुद्दा सन् २०२६ को सुरुतिर सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी छ।

    यस्ता घटनाहरू बढिरहँदा फिनल्यान्डमा बस्ने नेपाली समुदायका अभिभावकहरूले पनि आफ्ना बालबालिकाहरूको गतिविधि र उनीहरू हिँड्ने ठाउँबारे सतर्कता अपनाउन आवश्यक देखिएको छ।

    रातीको समयमा विशेष गरी पार्क र सुनसान क्षेत्रमा युवा समूहहरूसँग सचेत रहन प्रहरीले आग्रह गरेको छ।

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप