विज्ञापन
संग्रह गर्नुहोस्।
संग्रहित

नयाँ वर्षको पूर्व सन्ध्यामा नेपाली साङ्गीतिक रस: चौतारी रेस्टुरेन्टमा ‘४-एक’ को लाइभ सो हुने 

फिनल्यान्डस्थित नेपाली रक ब्यान्ड ‘४-एक’ ले लामो अन्तरालपछि हेलसिन्कीमा सांगीतिक कार्यक्रम गर्ने भएको हो।

संक्षेपमा


  • लामो समयपछि ‘४-एक’ ब्यान्डको स्टेजमा पुनरागमन हुने।
  • हेलसिन्कीको चौतारी रेस्टुरेन्टमा डिसेम्बर २७ मा कार्यक्रम।
  • टिकट शुल्क १० युरो, प्रवेशका लागि १८ वर्ष पूरा भएको हुनुपर्ने।

फिनल्यान्डमा बसोबास गर्ने नेपालीहरूका लागि अंग्रेजी नयाँ वर्ष २०२६ को स्वागतार्थ हेलसिन्कीमा विशेष सांगीतिक साँझ आयोजना हुने भएको छ।

फिनल्यान्डको नेपाली रक तथा लोक-रक ब्यान्ड ‘४-एक’ (Char-ek) ले लामो समयको विश्रामपछि आफ्नो प्रस्तुति दिने भएको हो।

आयोजकका अनुसार कार्यक्रम आगामी डिसेम्बर २७ तारिख शनिबार राति ९ बजेदेखि हेलसिन्कीको Koskelantie 5 मा रहेको राभिन्तोला चौतारीमा हुनेछ।

लामो अन्तरालपछि पुनः संगीतको माध्यमबाट दर्शकमाझ फर्किन पाउँदा ब्यान्डका सदस्यहरू निकै उत्साहित देखिएका छन्।

ब्यान्डले आफ्ना चर्चित गीतहरूसँगै नेपाली रक र लोक-रक संगीतको मिश्रण प्रस्तुत गर्ने बताएको छ। नयाँ वर्षको रौनकता सुरु हुनुअघि नेपाली समुदायलाई एकै ठाउँमा जमघट गराउने कार्यक्रमको मुख्य उद्देश्य रहेको चौतारी रेस्टुरेन्टका संचालक विष्णु अर्यालले नेपालीलाइनेनलाई बताए।

विज्ञापन
विज्ञापन सकियो

कार्यक्रममा सहभागी हुन चाहनेका लागि १० युरो प्रवेश शुल्क तोकिएको छ। कार्यक्रम १८ वर्षभन्दा माथिका वयस्कहरूका लागि मात्र खुल्ला रहने पनि अर्यालले बताए।

कार्यक्रम केवल १८ वर्षभन्दा माथिका वयस्कहरूका लागि मात्र खुल्ला रहनेछ।

टिकट खरिदका लागि स्मार्टम Smartum, ePassi, MobilePay जस्ता डिजिटल माध्यमका साथै नगद वा कार्ड पनि प्रयोग गर्न सकिनेछ। आयोजकले सिट सुरक्षित गर्नका लागि अग्रिम बुकिङ गर्न आग्रह गरेको छ।

टिकटहरू सिधै राभिन्तोला चौतारीमा गएर पनि खरिद गर्न सकिने जानकारी दिइएको छ। हेलसिन्की र आसपासका नेपालीहरूका लागि यो सांगीतिक साँझ रमाइलो भेटघाट र नयाँ वर्षको उत्सव मनाउने विशेष अवसर हुने अपेक्षा आयोजकको छ।

४-एक ब्यान्डले विगतमा दिएको एउटा प्रस्तुती।

नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप