संक्षेपमा
- मात्र २० प्रतिशत नागरिक सरकारको आर्थिक नीतिबाट सन्तुष्ट।
- पुरुषको तुलनामा महिलाहरू सरकारको कदमप्रति बढी आलोचक।
- बढ्दो सार्वजनिक ऋण र बजेट घाटा नै असन्तुष्टिको मुख्य कारण।
फिनल्यान्डमा पेत्तेरी ओर्पोको नेतृत्वमा रहेको सरकारले ल्याएका आर्थिक प्याकेज र सुधारका कामप्रति बहुसंख्यक नागरिकहरू असन्तुष्ट रहेको देखिएको छ।
हालै सार्वजनिक गरिएको USU मत सर्वेक्षणका अनुसार फिनल्यान्डका दुई तिहाइ मानिसहरू सरकारको कामबाट खुसी छैनन्।
सर्वेक्षणमा सहभागीमध्ये झन्डै ४० प्रतिशतले सरकारको कदमप्रति ‘घोर असन्तुष्टि’ जनाएका छन्। अर्को २० प्रतिशतले भने केही हदसम्म असन्तुष्ट रहेको बताए।
सरकारको आर्थिक नीतिलाई समर्थन गर्नेहरूमा उच्च आय भएका व्यक्ति र अवकाशप्राप्त कर्मचारी मात्र बढी छन्। त्यस्तै नेतृत्वदायी तहमा रहेका र एकल उद्यमीहरूले पनि सरकारको कदमलाई साथ दिएका छन्।
सरकारको आर्थिक नीतिलाई समर्थन गर्नेहरूमा उच्च आय भएका व्यक्ति र अवकाशप्राप्त कर्मचारी मात्र बढी छन्।
महिला र पुरुषबीचको दृष्टिकोणमा पनि ठूलो भिन्नता देखिएको छ। सर्वेक्षणका अनुसार ८० प्रतिशत महिलाहरू सरकारी नीतिप्रति असन्तुष्ट छन्, जबकि पुरुषमा यो संख्या ५० प्रतिशतको हाराहारीमा छ।
हेलसिन्की विश्वविद्यालयका अर्थशास्त्रका प्राध्यापक निकु मात्तानेनले सरकारले अर्थतन्त्र बलियो बनाउन नसकेकाले यस्तो नतिजा आएको USU लाई दिएको प्रतिकृयामा बताएका छन्।
सार्वजनिक ऋण र बजेट घाटा अझै ठूलो रहेकाले मानिसहरूमा अविश्वास बढेको उनको तर्क छ।
यो सर्वेक्षण Tietoykkönen ले डिसेम्बरको सुरुमा १,००० जना नागरिकबीच गरेको थियो। यसको त्रुटि सीमा ३.१ प्रतिशत रहेको बताइएको छ।





