संग्रह गर्नुहोस्।
संग्रहित

नयाँ वर्षसँगै फिनल्यान्डमा कडा जाडो आउने

यो चिसोको लहर जनवरीको मध्यसम्म रहन सक्ने अनुमान गरिएको छ। यद्यपि लामो अवधिको पूर्वानुमान परिवर्तन हुन सक्ने मौसम विभागले जनाएको छ।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

संक्षेपमा


  • नयाँ वर्षको आसपास तापक्रम माइनस १० डिग्री सेल्सियसभन्दा तल पुग्ने।
  • सडकमा बरफ जम्ने भएकाले गाडी र साइकलमा ‘विन्टर’ टायर अनिवार्य।
  • चिसोका कारण समुद्र र तालहरूमा बरफ जम्न सक्ने सम्भावना।

फिनल्यान्डमा सप्ताहन्तको आँधी सकिएसँगै मौसममा उल्लेख्य परिवर्तन आउने भएको छ। हेलसिन्की लगायत दक्षिणी र मध्य भागमा नयाँ वर्षको सुरुवातमै कडा जाडो हुने मौसमविद्हरूले जनाएका छन्।

उत्तरी वायुका कारण तापक्रम दिन प्रतिदिन घट्ने क्रममा छ। नयाँ वर्षको आसपास तापक्रम माइनस १०-१२ डिग्री सेल्सियस भन्दा तल झर्ने देखिएको छ।

मौसमविद् एलियास पाक्कानेनका अनुसार लामो समयको हल्का जाडो पछि अब आउने कडा चिसो मान्छेलाई झनै बढी महसुस हुन सक्नेछ। आगामी हप्ता मौसम सफा र घाम लाग्ने भए पनि चिसो हावा चल्नेछ।

सडकको अवस्था भने चुनौतीपूर्ण हुन सक्ने चेतावनी मौसमविद्हरूले दिएका छन्। हिउँ नपरे पनि हावामा रहेको ओस सडकमा जमेर ‘ब्ल्याक आइस’ बन्न सक्छ।

विज्ञापन

अत्यधिक चिसोमा सडकमा छरिने नुनले पनि काम नगर्ने हुनाले विशेष सावधानी अपनाउनु पर्नेछ। गाडी र साइकलमा हिउँदे अर्थात् विन्टर टायर लगाउन ढिला नगर्न सुझाव दिइएको छ।

जमिन जम्नाले रुखहरू बलियो हुने र आँधीमा ढल्ने जोखिम कम हुने बताइएको छ। चिसो बढ्दा समुद्र र तालहरूमा पनि बरफ जम्ने प्रक्रिया सुरु हुनेछ। जाडोमा पौडी खेल्ने सौखिनहरूका लागि भने समुन्द्र जम्नु खुसीको खबर हो। जमेको समुन्द्रमा सानो पौडी पोखरी बनाएर फिनल्यान्डमा पौडी खेल्ने चलन छ।

आगामी हप्ता मौसम सफा र घाम लाग्ने भए पनि चिसो हावा चल्नेछ।

फिनल्यान्डमा रहेका नेपालीहरूले पनि घरबाहिर निस्कँदा न्यानो लुगा लगाउन र बाटोको अवस्था हेर्नु आवश्यक छ। खासगरि फिनल्यान्डमा पहिलो चिसो मौसम अनुभव गर्नेहरूले सावधानी अपनाउनु पर्ने देखिन्छ।

यो चिसोको लहर जनवरीको मध्यसम्म रहन सक्ने अनुमान गरिएको छ। यद्यपि लामो अवधिको पूर्वानुमान परिवर्तन हुन सक्ने मौसम विभागले जनाएको छ।

नेपालीलाइनेनबाट थप
विज्ञापन सकियो

विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

विज्ञापन

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप