0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    फिनल्यान्डका विश्वविद्यालयमा आजदेखि नयाँ भर्ना सुरु, यस्तो छ आवेदन दिने सजिलो तरिका

    यो आवेदन समयमा फिनल्यान्डका ३१ उच्च शिक्षा संस्थाका करिब ३०० डिग्रीमा सजिलै र आफैँ अनलाइन आवेदन दिन सकिने छ।

    संक्षेपमा


    • अङ्ग्रेजी माध्यमका धेरै कोर्सका लागि जनवरी २१ सम्म आवेदन दिने म्याद।
    • विश्वविद्यालय र एप्लाइड साइन्स विश्वविद्यालय दुवैमा भर्नाको अवसर।
    • काम गर्दै पढ्छु’ भन्नेलाई अझै गाह्रो छ फिनल्यान्ड।

    फिनल्यान्डमा उच्च शिक्षा अध्ययन गर्न चाहनेहरूका लागि यो वर्षको पहिलो संयुक्त आवेदन अर्थात् Joint Application आजदेखि सुरु भएको छ।

    यस अन्तर्गत विशेष गरी अङ्ग्रेजी माध्यममा पढाइने विभिन्न स्नातक र स्नातकोत्तर तहका प्रोग्रामहरूमा आवेदन दिन सकिनेछ।

    आवेदन दिने म्याद आजदेखि सुरु भएर आगामी जनवरी २१ मा सकिनेछ। छनोट भएका विद्यार्थीले आगामी सेप्टेम्बरदेखि आफ्नो पढाइ सुरु गर्नेछन्।

    आवेदन मार्फत विश्वविद्यालयमा र एप्लाइड साइन्सेस विश्वविद्यालयमा (AMK) दुवैमा भर्ना हुन पाइने छ।

    फिनल्यान्डमा संयुक्त आवेदन वर्षमा तीन पटक खुल्ने गर्छ। तर अङ्ग्रेजी माध्यमका धेरैजसो मुख्य कोर्सका लागि वसन्तको यही पहिलो आवेदन नै मुख्य अवसर हो।

    फिनिस र स्विडिस भाषाका कोर्समा भर्ना हुन चाहनेका लागि भने दोस्रो आवेदन मार्च महिनामा खुल्नेछ।

    केही शैक्षिक संस्थाहरूले भने आफ्नै छुट्टै आवेदन पनि लिने गर्छन्। त्यस्ता आवेदनको समय र सर्तहरू शैक्षिक संस्था अनुसार सामान्यतया: फरक-फरक हुने गर्छन्।

    कसरी दिने आवेदन?

    यो आवेदन समयमा फिनल्यान्डका ३१ उच्च शिक्षा संस्थाका करिब ३०० डिग्रीमा आवेदन दिन सकिनेछ।

    इच्छुक विद्यार्थीले Studyinfo.fi वेबसाइटमा गएर आफैँ आवेदन फारम भर्न सक्नेछन्। यो प्रक्रिया निकै सरल र पारदर्शी भएका कारण इच्छुक विद्यार्थीले बाह्य सहयोग बिना नै आवेदन दिन सक्छन्।

    आवेदन दिन सकिने कोर्सहरू यो लिङ्कमा गएर सजिलै सर्च गर्न र हेर्न सकिन्छ।

    फिनल्यान्डलाई विश्वकै उत्कृष्ट शिक्षा प्रणाली भएको देश मानिन्छ। पछिल्ला वर्षहरूमा फिनल्यान्ड नेपाली लगायतका धेरै दक्षिणी एसियाली विद्यार्थीको आकर्षक शैक्षिक गन्तव्य रहँदै आएको छ।

    यद्यपि फिनल्यान्डको अर्थतन्त्र अहिले लगभग मन्दीकै अवस्थामा रहेको र बेरोजगारी दर पनि उच्च रहेकाले ‘काम गरेर पढ्छु’ भनेर आउने विदेशी विद्यार्थीले फिनल्यान्डमा अनेकौँ समस्या भोग्ने गरेका छन्।

    साथै सरकारले समेत आप्रवासन नीतिमा कडाइ गर्दै लगेपछि पिआर लगायतका नियमहरू पनि पहिलेजस्तो सरल छैनन्।

    तर आर्थिक स्रोत जुटाएर पढ्नका लागि मात्र आउनेलाई भने फिनल्यान्ड अहिले पनि एक सुरक्षित र भरपर्दो गन्तव्य हो। यहाँका विश्वविद्यालयहरूमा विद्यार्थीलाई दिइने सुविधा र प्रयोगात्मक सिकाइ निकै प्रभावकारी मानिन्छ।

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप