0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    सिंगापुरे कम्पनीले फिनल्यान्डमा विशाल डाटा सेन्टर खोल्ने, सयौँलाई रोजगारी दिने

    फिनल्यान्ड चिसो जलवायु र स्थिर राजनीतिक वातावरणका कारण डाटा सेन्टरका लागि विश्वकै उपयुक्त देशमध्ये एक मानिन्छ। यसअघि गुगल र माइक्रोसफ्ट जस्ता ठूला कम्पनीले पनि फिनल्यान्डका विभिन्न सहरमा आफ्ना डाटा सेन्टर स्थापना गरिसकेका छन्।

    संक्षेपमा


    • निर्माण अवधिमा १,००० र सञ्चालन पछि ७०० जनाले रोजगारी पाउने।
    • नुर्मियार्भी नगरपालिकाले ६० हेक्टर जग्गा २४ मिलियन युरोमा बिक्री गर्ने।
    • आल्तो विश्वविद्यालयसँगको सहकार्यमा स्थानीय विद्यार्थीलाई शैक्षिक सहयोग पुग्ने।

    सिंगापुरको डाटा सेन्टर कम्पनी डे-वान (DayOne) ले फिनल्यान्डको नुर्मियार्भीस्थित Klaukkala क्षेत्रमा एक विशाल डाटा सेन्टर निर्माण गर्ने भएको छ। यो परियोजनाले फिनल्यान्डमा सयौँ नयाँ रोजगारी सिर्जना गर्ने र स्थानीय अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने अपेक्षा गरिएको छ।

    नगरपालिकाले आफ्नो औद्योगिक क्षेत्रको ६० हेक्टर जग्गा उक्त कम्पनीलाई २४ मिलियन युरोमा बेच्ने तयारी गरेको छ। यो नुर्मियार्भीको इतिहासकै सबैभन्दा ठूलो घरजग्गा कारोबार हुने बताइएको छ।

    यो परियोजनाबाट करिब ७०० जनाले प्रत्यक्ष रोजगारी पाउने अनुमान छ। निर्माणको समयमा भने करिब १,००० कामदार आवश्यक पर्ने नगरपालिकाको दाबी छ।

    नगरपालिकाका अनुसार आगामी जनवरी २८ मा नगर परिषदले यस विषयमा अन्तिम निर्णय गर्नेछ। जग्गाको योजना सम्बन्धी काम भने मार्च महिनासम्ममा सकिने लक्ष्य छ।

    नुर्मियार्भीकी नगर प्रमुख ओउती माकेलाका अनुसार फिनल्यान्डको उपयुक्त वातावरण र दक्ष जनशक्तिका कारण यहाँ डाटा सेन्टरको आकर्षण बढेको हो। यो परियोजना राष्ट्रिय स्तरमै महत्वको हुने उनको दाबी छ।

    डाटा सेन्टर बाहेक डे-वानले स्थानीय संस्कृति र वातावरण संरक्षणमा पनि सहयोग गर्नेछ। उदाहरणका लागी कम्पनीले स्थानीय तालको सफाइका लागि आगामी पाँच वर्षसम्म आर्थिक सहयोग पुर्‍याउने छ।

    कम्पनीले आल्तो विश्वविद्यालयसँग मिलेर विद्यार्थीका लागि विशेष शैक्षिक कार्यक्रम पनि सञ्चालन गर्नेछ। यस अन्तर्गत नुर्मियार्भीका विद्यालयका बालबालिकाले प्रविधि र कला सम्बन्धी कार्यशालामा भाग लिन पाउने नगरपालीकाको विज्ञप्तीमा उल्लेख छ।

    फिनल्यान्ड चिसो जलवायु र स्थिर राजनीतिक वातावरणका कारण डाटा सेन्टरका लागि विश्वकै उपयुक्त देशमध्ये एक मानिन्छ। यसअघि गुगल र माइक्रोसफ्ट जस्ता ठूला कम्पनीले पनि फिनल्यान्डका विभिन्न सहरमा आफ्ना डाटा सेन्टर स्थापना गरिसकेका छन्।

    डाटा सेन्टरबाट निस्कने अतिरिक्त तापक्रमलाई फिनल्यान्डका घरहरू तताउन समेत प्रयोग गर्ने गरिन्छ, जसले गर्दा डाटा सेन्टरहरू वातावरणमैत्री पनि मानिन्छन्।

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप