0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    हेलसिन्कीमा ८० वर्षीय वृद्ध ‘बेसमेन्टमा’ बन्धक, मानव बेचबिखनको पीडित भएको आशङ्का

    फिनल्यान्डको प्रहरीले उत्तर हेलसिन्कीमा ८० वर्षीय वृद्धलाई अमानवीय अवस्थामा फेला पारेपछि अनुसन्धान अगाडी बनाएको छ।

    संक्षेपमा


    • दुई दशकदेखि विना झ्यालको छिँडीमा बसोबास।
    • आर्थिक फाइदाका लागि वृद्धको शोषण भएको आशंका।
    • तीन जना संदिग्ध व्यक्तिहरू पक्राउ परेर रिहा।

    हेलसिन्की प्रहरीले एक ८० वर्षीय वृद्धलाई २० वर्षभन्दा लामो समयदेखि एउटा घरको छिँडीमा अमानवीय अवस्थामा राखिएको फेला पारेको छ। प्रहरीले घटनालाई मानव बेचबिखनको रूपमा व्याख्या गर्दै अनुसन्धान अगाडि बढाएको जनाएको छ।

    प्रहरीले सोमबार उत्तर हेलसिन्कीको एउटा घरमा छापा मार्दा ती वृद्धलाई अत्यन्तै नाजुक शारीरिक अवस्थामा भेटेका थिए। उनलाई राखिएको छिँडीको कोठामा झ्याल थिएन र शौचालय जाने वा नुहाउने जस्ता न्यूनतम सुविधा पनि उपलब्ध थिएन।

    प्रहरीले घटनामा संलग्न भएको आशंकामा ६० वर्ष आसपासका दुई पुरुष र एक महिलालाई पक्राउ गरेको छ। उनीहरू वृद्धका नातेदार नभई लामो समयदेखिका चिनजानका व्यक्तिहरू भएको अनुसन्धानबाट खुलेको छ।

    अनुसन्धान अधिकारी यारी कोर्कालाइनेनका अनुसार ती वृद्ध २० वर्षअघि आफ्नै राजीखुसीले सो घरमा बस्न गएका थिए। तर समयसँगै उनको स्वास्थ्य बिग्रँदै गएपछि उनलाई असहाय बनाएर शोषण गरिएको प्रहरीको दाबी छ।

    पक्राउ परेका तीनै जनालाई हाल प्रहरीले हिरासतबाट मुक्त गरिसकेको छ। प्रहरीले उनीहरूले वृद्धको असहाय अवस्थाको फाइदा उठाएर आर्थिक लाभ लिएका छन् वा छैनन् भन्ने कुराको खोजी गरिरहेको छ।

    पीडित वृद्धलाई अहिले सुरक्षित स्थानमा राखेर आवश्यक सरकारी सेवा र उपचार उपलब्ध गराइएको छ। प्रहरीका अनुसार वृद्धको अवस्था अहिले सामान्य र सन्तोषजनक रहेको छ।

    फिनल्यान्डमा मानव बेचबिखनका घटनाहरूमा प्रायः यौन वा श्रम शोषण जोडिने गरे पनि यो घटनाले ‘घरेलु दासत्व’ र असहाय वृद्धहरूको शोषणको नयाँ पाटो उजागर गरेको हो।

    फिनल्यान्डको कानुन अनुसार कसैको असहाय अवस्थाको फाइदा उठाएर अमानवीय परिस्थितिमा राख्नुलाई मानव बेचबिखन अन्तर्गत गम्भीर अपराध मानिन्छ। यस्ता घटनामा संलग्नलाई लामो समयको जेल सजाय हुने प्रावधान छ।

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप