0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    तुर्कुमा इन्जिनियरिङ पढिरहेका शम्भु अधिकारी ‘भ्वाइस अफ फिनल्यान्डमा’

    नेपालमै रियालिटी टिभीको अनुभव बटुलेका शम्भु अधिकारी फिनल्यान्डको चर्चित गायन प्रतियोगितामा आफ्नो प्रतिभा देखाउँदै छन्।

    संक्षेपमा


    • ‘द भ्वाइस अफ फिनल्यान्ड’मा २३ वर्षीय नेपाली विद्यार्थी शम्भु अधिकारी।
    • अध्ययन, पार्ट-टाइम काम र सँगसँगै सांगीतिक सपना।
    • नेपाली र युरोपेली संगीतलाई एकैठाउँमा जोड्ने लक्ष्य।

    फिनल्यान्डको चर्चित गायन रियालिटी सो ‘द भ्वाइस अफ फिनल्यान्ड’मा २३ वर्षीय नेपाली विद्यार्थी शम्भु अधिकारीले प्रतिस्पर्धा गर्दै छन्।

    सन् २०२४ को जनवरीमा अध्ययनका लागि फिनल्यान्ड आएका उनले आज शुक्रवार प्रसारण हुने शृङ्खलामा आफ्नो प्रस्तुति दिनेछन्।

    अधिकारीले नेपालीलाइनेनलाई बताए अनुसार आजको प्रस्तुति पहिलो अर्थात् ‘ब्लाइन्ड अडिसन’को हुनेछ।

    ‘द भ्वाइस अफ फिनल्यान्ड’ आज राति ८:०० बजे Nelonen र Ruutu मा हेर्न सकिनेछ। यो कार्यक्रम हप्तामा दुई पटक शुक्रवार र आइतबार प्रसारण हुन्छ।

    को हुन् अधिकारी?

    दुई वर्ष अगाडी विद्यार्थीको रूपमा फिनल्यान्ड आएका अधिकारीले हाल तुर्कुमा इन्डस्ट्रियल इन्जिनियरिङ अध्ययन गरिरहेका छन्।

    नेपालमा हुँदा बुटवलका क्लबहरूमा गाउने र रियालिटी सोहरूमा सहभागी भएको अधिकारीले नेपालीलाइनेनलाई बताए।

    “सुरुमा मैले भजनबाट सुरु गरेको हो,” उनले भने। “त्यसपछि हेभी मेटल बाहेक लगभग सबै खाले सङ्गीतमा अनुभव छ।”

    उनले सुरुमा फिनल्यान्डमा आयोजना हुने नेपाली कार्यक्रमहरूमा प्रस्तुति दिने गरेपनि आफ्नो अनुभव नराम्रो भएको दुखेसो सुनाए।

    “तुर्कुदेखि हेलसिन्की बोलाएर कुनै वास्ता नै नगर्ने,” उनले बताए। “पैसाको त कुरै छाड्नुस् सामान्य इज्जत पनि नदिने।”

    उनले चौतारी इभेन्ट्सले भने आफूलाई राम्रो व्यवहार गरेको अनुभव रहेको बताए।

    “नेपाली इभेन्ट्सहरू त्यस्तै भो। त्यसपछि बरु फिनिस सङ्गीत फिल्डतिर बुझौँ भनेर लागेको हो,” उनले भने। “भ्वाइस अफ फिनल्यान्डको अनुभव एकदमै रमाइलो रह्यो। फिनिस सङ्गीतका हस्तिहरूसँग जोडिने मौका मिल्यो। निकै खुसी छु।”

    अधिकारीको सहभागितालाई फिनल्यान्डका प्रतिष्ठित पत्रिकाले समेत कभर गरेका छन्।

    विगतको एक कार्यक्रममा साङ्गीतिक प्रस्तुति दिँदै अधिकारी।

    फिनिस प्रेसको चासो

    अधिकारीको सहभागितालाई फिनल्यान्डका प्रतिष्ठित पत्रिकाले समेत कभर गरेका छन्।

    तुर्कु क्षेत्रको मुख्य पत्रिका तुरुन सानोमात र फिनल्यान्डकै धेरै पढिने पत्रिका इल्तालेहतीले पनि उनको अनुभवलाई समावेश गरेर स्टोरी लेखेका छन्।

    स्थानीय पत्रिकालाई दिएको प्रतिक्रियामा उनले यहाँको जीवन उनका लागि निकै फरक र सङ्घर्षपूर्ण रहेको बताएका छन्।

    “फिनल्यान्ड आएपछि मैले धेरै सङ्घर्ष गर्नुपरेको छ,” उनले भनेका छन्। “नेपालमा आमाबुबासँगै बस्थेँ, यहाँ एक्लै सङ्घर्ष गर्नुपर्छ।”

    हिन्दु धर्म मान्ने र भगवान् शिवको पूजा गर्ने उनले आध्यात्मिक गीतहरूबाट आफ्नो साङ्गीतिक यात्रा सुरु गरेको बताएका छन्।

    आफ्नो मुख्य लक्ष्य व्यावसायिक रूपमा सङ्गीत क्षेत्रमा लाग्नु र नेपाली सङ्गीतलाई फिनिस र युरोपेली सङ्गीतसँग जोड्ने रहेको उनको भनाइ छ।

    अधिकारीले आफ्नो सांगितिक यात्रा नेपाल देखि नै सुरु गरेका हुन्।
    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप