0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    फिनल्यान्डमा फेरियो मौसमः बाटो निकै चिप्लो, पैदलयात्रीलाई सजग रहन आग्रह

    दक्षिण र मध्य फिनल्यान्डमा तापक्रम बढेसँगै हिउँमाथि पानी जम्दा हिँड्ने बाटो अत्यन्तै चिप्लो र जोखिमपूर्ण बनेको हो।

    संक्षेपमा


    • हिउँमाथि पानी जमेकाले पैदलयात्रीका लागि चिप्लिने उच्च जोखिम।
    • हेलसिन्की लगायत दक्षिण र मध्य क्षेत्रमा तापक्रम शून्यभन्दा माथि।
    • तत्काल अत्यधिक चिसो नबढ्ने मौसमविदको भनाइ।

    दक्षिण र मध्य फिनल्यान्डमा शुक्रबार मौसम न्यानो भएसँगै हिँड्ने बाटो निकै चिप्लो भएको छ।

    फिनल्यान्डको मौसम पूर्वानुमान महाशाखाले पैदलयात्रीलाई चिप्लिने उच्च जोखिम रहेको भन्दै सजग रहन आग्रह गरेको छ।

    बाटोमा जमेको हिउँमाथि पानी जम्मा भएकाले फुटपाथहरू हिँड्नका लागि खतरनाक बनेका छन्। यसैकारण शुक्रबार र शनिबारका लागि चिप्लो बाटोको विशेष चेतावनी जारी गरिएको छ।

    हेलसिन्कीमा बिहीबार रातिदेखि नै तापक्रम शून्यको आसपास पुगेको थियो। शुक्रबार पनि तापक्रम शून्यभन्दा माथि (प्लस) नै रहनेछ।

    दक्षिण फिनल्यान्डका साथै पोह्योइस-पोह्यानमा र काइनुसम्मको तापक्रम शून्यभन्दा माथि रहनेछ। उत्तरी क्षेत्रमा भने बिहान र दिउँसोको सुरुवाति समयमा केही हिमपात हुन सक्नेछ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार तत्काल अत्यधिक चिसो बढ्ने कुनै सम्भावना देखिएको छैन। यो न्यानो मौसमपछि सप्ताहन्तमा अर्को न्यून चापीय प्रणाली आउने मौसमविदको प्रक्षेपण छ।

    हेलसिन्कीमा बिहीबारदेखि नै हिउँ र पानी मिसिएर पर्न थालेको थियो। शुक्रबार भने १-२ मिलिमिटर मात्र हल्का पानी पर्ने अनुमान गरिएको छ।

    फिनल्यान्डमा जाडोयाममा तापक्रम शून्यको तलमाथि भइरहँदा बाटोमा ‘कालो आइस’ बन्ने वा हिउँमाथि पानी जम्ने समस्या धेरै देखिन्छ। यस्तो मौसममा हरेक वर्ष सयौं मानिसहरू चिप्लिएर घाइते हुने र अस्पताल भर्ना हुने गरेका छन्।

    विभिन्न अनुसन्धान संस्थाहरूको तथ्याङ्क अनुसार फिनल्यान्डमा हरेक वर्ष जाडो महिनामा मात्रै करिब ५०,००० देखि ७५,००० जना चिप्लिएर लड्ने गर्छन्।

    यसरी बाटोमा हिँड्दा हुने दुर्घटनाले गर्दा उपचार खर्च, बिरामी बिदा र काममा हुने अवरोध आदिका कारण फिनल्यान्डको अर्थतन्त्रमा वार्षिक २.४ अर्ब युरोसम्मको घाटा हुने गर्छ।

    बाहिर हिँड्दा चिप्लिनबाट बच्न विशेष प्रकारको जुत्ता (Studded shoes) वा जुत्तामा लगाइने Liukueste/Slip guards को प्रयोग गर्नु सुरक्षित मानिन्छ।

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप