संग्रह गर्नुहोस्।
संग्रहित

फिनल्यान्डबाट दोहा भ्रमणमा गएका नेपाली उतै रोकिए, भन्छन्-‘आँखै अगाडी मिसाइल खस्यो’

फिनल्यान्डबाट कतार भ्रमणमा गएका एक नेपाली परिवार युद्धको तनावका कारण उडान रद्द भएपछि दोहामै रोकिन पुगेका छन्।

संक्षेपमा


  • युद्धका कारण कतारमा उडान रद्द, नेपाली परिवार उतै रोकिए।
  • आकाशमा मिसाइल देखिएपछि पर्यटक र स्थानीयमा त्रास।
  • उडान खुल्ने पर्खाइमा यात्रुहरु।

फिनल्यान्डबाट बिदा मनाउन कतारको दोहा पुगेका एक नेपाली परिवार त्यहाँको पछिल्लो तनावका कारण त्यही रोकिनु परेको छ।

फेब्रुअरी २८ देखि मार्च १ सम्मको छुट्टी मनाउन पुगेका उनीहरू फिनल्यान्ड फर्कने उडान रद्द भएपछि दोहाकै एक होटलमा बसिरहेका छन्।

परिवारका पिता राजन सुवेदीले नेपालीलाइनेनलाई बताए अनुसार हिजो बिहानको उडान तय भएको भए पनि युद्ध भड्किएका कारण उडान रद्द भएको हो।

“हामी अहिले होटेलमै छौँ। फ्लाइट हिजो बिहानको थियो, तर युद्ध भड्केका कारण रद्द भयो,” सुवेदीले भने। “हामी जहाँ बसेका थियौँ, त्यही होटेलमै बसिरहेका छौँ। अहिले हामी चार जना छौँ: दुई जना बाबु नानी र हामी बुढाबुढी।”

उनले आज बिहान पनि ६ वटा मिसाइल हानेको ठुलो आवाज सुनिएको जानकारी दिए।

उनका अनुसार तनाव सुरु भएको पहिलो दिनमै डुङ्गा सयरका क्रममा उनकी छोरी र श्रीमतीले आकाशमा मिसाइल दौडिरहेको देखेका थिए। उनीहरूले आफ्नै आँखै अगाडी मिसाइलको मुस्लो खसेको समेत देखेका थिए (हेर्नुहोस् फोटो)। त्यसपछि उनीहरु डुङ्गा फर्काएर सुरक्षित स्थानमा फर्केका थिए।

सुवेदीको परिवारले खिचेको मिसाइलको मुस्लो।

फिनल्यान्ड फर्किने छैन टुङ्गो

सुवेदीका अनुसार एयरलाइन्सले उनीहरूलाई मार्च ४ का लागि टिकट पुनः बुकिङ गरिदिएको छ। तर आकाश खुल्ने स्थितिमा मात्र उनीहरू फिनल्यान्ड फर्कन पाउनेछन्।

सुवेदीले उक्त समस्याका कारण कतारमा रोकिनु परेका सबैको होटलको खर्च कतार सरकारले बेहोरीदिने जानकारी आफुले पाएको पनि नेपालीलाइनेनलाई बताए।

उनले कतारको सडकमा जनजीवन सामान्य नै देखिए पनि मिसाइलको साइरन र मोबाइल सन्देशले त्रास केही बढाएको बताए। आफूहरू अहिले सोही परिस्थितिमा अभ्यस्त हुने प्रयास गरिरहेको पनि उनले बताए।

“मैले हिजो बेलुका यसो भेटेका नेपाली दाजुभाइहरुबाट सुन्दा खेरि उनीहरु अत्यन्तै त्रसित अवस्थामा रहेको देखियो,” सुवेदीले थपे। “नेपालमा मिडियाले घटनालाई अतिरञ्जित गरेर प्रसारण गर्ने जुन चलन छ, त्यसले गर्दा अब ‘लौ कतारमा सकियो, लौ सकियो’ भन्ने खालको समाचार सम्प्रेषण भइरहेको छ।”

यस्ता समाचारले त्यहाँ रहेका नेपालीमा थप त्रास फैलाएको सुवेदीले बताए।

कतार र छिमेकी क्षेत्रमा पछिल्लो समय बढेको सैन्य तनावका कारण धेरै अन्तर्राष्ट्रिय एयरलाइन्सले आफ्नो उडान तालिकामा हेरफेर वा रद्द गरेका छन्।

फिनल्यान्डमा बसोबास गर्ने नेपालीहरू प्रायः जाडो महिनामा बिदा मनाउन वा ट्रान्जिटको रूपमा कतार जाने गर्छन्।

नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

Coffee Cup

तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

Payment Methods
सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप