0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    भान्ताका विद्यालयमा अनुहार छोप्न प्रतिबन्ध

    धार्मिक वा अन्य कुनै पनि बहानामा अनुहार छोप्ने पोशाक लगाउन नपाइने निर्णय।

    संक्षेपमा


    • विद्यार्थीको पहिचान र सुरक्षाका लागि नयाँ नियम।
    • धार्मिक र अन्य सबै प्रकारका मुखौटामा पूर्ण रोक।
    • जाडोबाट बच्न बाहिरी गतिविधिमा भने केही सहुलियत।

    फिनल्यान्डको भान्ता सहरले आफ्ना सबै विद्यालयहरूमा धार्मिक वा अन्य कुनै पनि बहानामा अनुहार छोप्न प्रतिबन्ध लगाएको छ।

    विद्यालय समयमा विद्यार्थीको स्पष्ट पहिचान सुनिश्चित गर्न र सुरक्षा व्यवस्था मजबुत बनाउन यो कदम चालिएको सहर प्रशासनले जनाएको छ।

    भान्ता सहरले सोमबार अभिभावकहरूलाई ‘विल्मा’ मार्फत यसबारे जानकारी दिएको हो। अबदेखि विद्यालयमा रहँदा विद्यार्थीहरू चिनिने अवस्थामा हुनुपर्ने नियम अनिवार्य गरिएको हो।

    सहरका शिक्षा प्रमुख इल्का कालोले स्थानीय फिनिस भाषाका मिडियालाई बताए अनुसार केही विद्यार्थीले अनुहार छोपेर आउन थालेपछि यो नियम आवश्यक देखिएको हो।

    कक्षामा को छ भन्ने थाहा पाउन र विद्यार्थीको सही मूल्याङ्कन गर्न यो निर्णय गरिएको उनको भनाई छ।

    यो पनि पढ्नुहोस्ः फिनल्यान्डमा ‘बुर्का बन्देज’ बहस: यस्तो छ नेपाली मूलका जन-प्रतिनिधिको विचार

    विद्यालयको सुरक्षाको जिम्मेवारी प्रशासनको हुने भएकाले को व्यक्ति भित्र छ भन्ने स्पष्ट हुनुपर्छ। विद्यार्थीले कुन परीक्षा वा क्रियाकलाप गरिरहेको छ भन्ने ठम्याउन पनि अनुहार देखिनु पर्ने कालोको तर्क छ।

    यो नियम विद्यालय समयभरि भित्र र बाहिर दुवै ठाउँमा लागू हुनेछ। तर अत्यधिक जाडोमा बाहिरी खेलकुद वा चौरमा निस्कँदा आवश्यक परेमा भने अनुहार छोप्न पाइने छुट दिइएको छ।

    भान्ता फिनल्यान्डको चौथो ठूलो सहर हो। यहाँका ४४ वटा विद्यालयमा करिब २५ हजार विद्यार्थी अध्ययनरत छन्।

    भान्ता फिनल्यान्डमा सबैभन्दा धेरै विदेशी मूलका मानिस बस्ने सहर हो। यहाँको कुल जनसङ्ख्याको झन्डै ३० प्रतिशत मानिसहरू विदेशी भाषा बोल्छन्।

    गत वर्ष फिनल्यान्डका विद्यालयहरूमा इस्लामिक नकाब वा बुर्का लगाउने विषयमा निकै ठूलो बहस भएको थियो। सोही बहस र सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै भान्ताले यो कडा नीति अख्तियार गरेको हो।

    यसअघि अन्य केही युरोपेली देशहरूले पनि सार्वजनिक स्थल र विद्यालयमा अनुहार छोप्न नपाइने नियम लागू गरिसकेका छन्।

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप