0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    फिनल्यान्डमा आपतकालीन दोभासेको माग ७७० प्रतिशतले बढ्यो, प्रयोग हुने भाषामा नेपाली पनि

    फिनल्यान्डमा विदेशी भाषी जनसंख्या बढेसँगै आपतकालीन कलहरूमा दोभासे सेवाको प्रयोगमा तीव्र वृद्धि भएको छ। गतवर्ष आपतकालीन कलमा पहिलो पटक नेपाली दोभासेको पनि प्रयोग गरिएको छ।

    संक्षेपमा


    • दोभासे आवश्यक पर्ने आपतकालीन फोन कलहरूमा उल्लेख्य वृद्धि।
    • सन् २०२५ मा पहिलो पटक नेपाली भाषामा पनि आपतकालीन सेवाको प्रयोग।
    • रुसी, युक्रेनी र अरबी भाषामा सबैभन्दा धेरै दोभासे सेवाको माग।

    फिनल्यान्डमा विदेशी मूलका मानिसको सङ्ख्या बढेसँगै आपतकालीन केन्द्र (Hätäkeskus) मा आउने फोनमा दोभासेको आवश्यकता ह्वात्तै बढेको छ।

    आपतकालीन केन्द्रका अनुसार सन् २०२५ मा कुल १,८४४ पटक दोभासेको सहयोग लिइएको थियो, जुन सन् २०२० को तुलनामा ७७० प्रतिशत बढी हो।

    केन्द्रका अनुसार गत वर्ष आपतकालीन केन्द्रमा आएको फोन उल्था गर्न पहिलो पटक नेपाली भाषाका दोभासेको प्रयोग गरिएको थियो। यो सेवा हिन्दी र ग्रीक भाषा पनि पहिलो पटक उपलब्ध गराइएको थियो।

    फिनल्यान्डमा बाह्र हजार भन्दा धेरै नेपालीहरू बसोबास गर्ने भए पनि आपतकालीन सेवामा फोन गर्दा सामान्यतया: अङ्ग्रेजी अथवा फिनिस भाषा प्रयोग गर्ने गर्छन्। यी दुवै भाषा नजान्नेलाई नेपाली भाषामै दोभासे मार्फत सेवा दिइएको हो।

    यो दोभासे सेवा सन् २०१३ देखि फिनल्यान्डमा सञ्चालनमा छ। भाषाको अवरोधका कारण कोही पनि स्वास्थ्य वा सुरक्षा सेवाबाट वञ्चित नहोउन् भन्ने यसको मुख्य उद्देश्य हो।

    फिनल्यान्डमा आपतकालीन नम्बर ११२ मा फोन गर्दा दोभासे सेवा नि:शुल्क उपलब्ध हुन्छ। आपतकालीन केन्द्रले तेस्रो पक्षीय दोभासे कम्पनीहरूसँग सहकार्य गरेर फोनमै तुरुन्तै अनुवाद गर्ने व्यवस्था मिलाउँछ।

    यो सेवा विशेष गरी फिनल्यान्डमा भर्खरै आएका नेपाली विद्यार्थी र कामदारहरूका लागि स्वास्थ्य समस्या वा दुर्घटनाको समयमा अत्यन्तै उपयोगी हुन सक्छ।

    विदेशी जनसङ्ख्या वृद्धिको प्रभाव

    आकस्मिक सेवा केन्द्रकी गुणस्तर प्रबन्धक एम्मा पासोनेनका अनुसार विदेशी जनसङ्ख्या वृद्धिले सेवामा प्रत्यक्ष प्रभाव पारेको छ। सन् २०२० मा केवल २१२ कलमा मात्र दोभासेको सहयोग चाहिएको थियो।

    सन् २०२५ मा ४१ विभिन्न भाषामा दोभासे सेवा प्रदान गरिएको थियो। सन् २०२४ मा यस्तो सेवा ३७ भाषामा मात्र उपलब्ध थियो।

    गत वर्ष सबैभन्दा धेरै रुसी (७१०), युक्रेनी (५९४) र अरबी (२१४) भाषामा दोभासेको प्रयोग भएको थियो।

    सन् २०२४ को अन्त्यसम्ममा फिनल्यान्डमा ६ लाख १० हजार विदेशी भाषी मानिस बसोबास गर्छन्। यो संख्या फिनल्यान्डको कुल जनसंख्याको करिब ११ प्रतिशत हो।

    फिनल्यान्डको तथ्याङ्क विभागका अनुसार पछिल्लो समय नेपालीहरूको संख्या पनि उल्लेख्य रूपमा बढिरहेको छ।

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप