संग्रह गर्नुहोस्।
संग्रहित

हेलसिन्की सेन्टरको स्वरूपमा व्यापक परिवर्तन हुँदै, पुरा भएपछि देखिनेछ यस्तो 

हेलसिन्कीले मुख्य रेलवे स्टेसन अगाडिको सडकलाई निजी सवारीसाधन मुक्त गरी पैदलयात्री र सार्वजनिक यातायात मैत्री बनाउने योजना अघि सारेको हो।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

संक्षेपमा


  • मुख्य रेलवे स्टेसन र आतेनेउम अगाडि निजी कारलाई पूर्ण रूपमा रोक।
  • ट्राम बिसौनी विस्तार र नयाँ हरियाली विश्रामस्थल निर्माणको योजना।
  • सन् २०२८ बाट सुरु भई दुई चरणमा निर्माण कार्य सम्पन्न हुने।

हेलसिन्की नगरपालिकाले सहरको केन्द्र मानिने ‘सिटी सेन्टर’को स्वरुपमा व्यापक परिवर्तन गर्ने भएको छ।

नयाँ योजना अनुसार सहरको मुटु मानिने Kaivokatu नयाँ ‘मुख्य प्रवेशद्वार’ बन्नेछ भने रेलवे स्टेसन अगाडिको सडकबाट निजी गाडी गुड्न पूर्ण रूपमा प्रतिबन्ध लगाइने छ।

सहरको वातावरण समितिले आगामी मंगलबार (मार्च १७) काइभोकातुको सहरी योजनाबारे छलफल गर्दै छ। भविष्यमा उक्त सडकलाई पैदलयात्री, साइकलयात्री र सार्वजनिक यातायातका लागि मात्र खुला गर्ने योजना छ।

नयाँ योजना अनुसार रेलवे स्टेसन अगाडिको भाग पूर्ण रूपमा पैदलयात्रीको प्रयोगमा आउनेछ। त्यहाँ रहेका कार पार्किङहरू हटाइनेछ भने साइकल लेनलाई काइभोकातुको अर्कोतर्फ सारिनेछ।

विज्ञापन

साँघुरा फुटपाथलाई फराकिलो चोक जस्तो बनाइनेछ। उक्त क्षेत्रमा रूखबिरुवा रोपेर बस्ने ठाउँ र टेरेसहरू निर्माण गर्ने योजना छ।

यस्तो हुनेछ केही वर्ष पछिको हेलसिन्की सेन्टर। फोटोः Ramboll Consulting

सार्वजनिक यातायातको सहजताका लागि रेलवे स्टेसन अगाडि चारवटा ट्राम बिसौनी बनाइनेछ। हाल त्यहाँ दुईवटा मात्र ट्राम बिसौनी छन्।

Mikonkatu र Sokos बीचको सडक खण्डबाट पनि कारहरूलाई पूर्ण रूपमा हटाइनेछ। पैदलयात्रीका लागि रेलवे स्टेसन र Ateneum अगाडि ट्राफिक बत्तीसहितको जेब्राक्रस राखिनेछ।

यो निर्माण कार्य सन् २०२८ बाट दुई चरणमा सुरु हुनेछ, र पुरै काम पुरा हुन केही वर्ष लाग्नेछ।

हेलसिन्कीले आफ्नो केन्द्रलाई थप आकर्षक, सुरक्षित र वातावरणमैत्री बनाउन दिगो यातायात प्रणालीलाई लामो समयदेखि प्राथमिकता दिँदै आएको छ।

नेपालीलाइनेनबाट थप
विज्ञापन सकियो

काइभोकातु र मुख्य रेलवे स्टेसन वरपरको क्षेत्र फिनल्यान्डकै सबैभन्दा व्यस्त मध्येको एक हो, जहाँ दैनिक हजारौं मानिस आवतजावत गर्छन्।

सहरी केन्द्रलाई कारमुक्त बनाउने यो कदम हेलसिन्कीको फराकिलो रणनीतिको एउटा हिस्सा हो। युरोपका अन्य प्रमुख सहरहरूले पनि हालका वर्षहरूमा सहरको मध्यभागलाई कारमुक्त बनाउने यस्तै सफल अभ्यासहरू गरिसकेका छन्।

विज्ञापन
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप