संग्रह गर्नुहोस्।
संग्रहित

चर्चित गायक अर्जुन सापकोटा फिनल्यान्ड आउँदै, अप्रिल ६ मा हेलसिन्कीमा कन्सर्ट

नेपाली नयाँ वर्षको पूर्वसन्ध्यामा चर्चित लोक गायक अर्जुन सापकोटाले फिनल्यान्डको राजधानीमा सांगीतिक प्रस्तुति दिने भएका हुन्।

संक्षेपमा


  • अप्रिल ६ मा हेलसिन्कीको माल्मीमा अर्जुन सापकोटाको विशेष सांगीतिक कार्यक्रम हुने।
  • कार्यक्रममा स्थानीय कलाकारहरूको पनि प्रस्तुति रहने।
  • सापकोटाको युरोप टुर अप्रिल ४ देखि सुरु ।

झलीको तिम्रो याद अलिको हिमाल भन्दा नी गीतबाट निकै चर्चा कमाएका चर्चित लोक गायक अर्जुन सापकोटाले फिनल्यान्डको राजधानी हेलसिन्कीमा सांगीतिक प्रस्तुति दिने भएका छन्।

नेपाली नयाँ वर्षको पूर्वसन्ध्यामा आगामी अप्रिल ६ सोमबारका दिन माल्मीस्थित Malmin Työväentalo मा सापकोटाले विशेष प्रस्तुति दिने भएका हुन्। सोमबार भएपनि फिनल्यान्डमा उक्त दिन इस्टरको सार्वजनिक विदा छ।

सापकोटाले अप्रिल ४ देखि युरोप टुर सुरु गर्दैछन्। यसै क्रममा उनले अप्रिल ६ मा हेलसिन्कीमा प्रस्तुति दिने भएका हुन्।

टुरको संयोजन चौतारी इभेन्ट्स फिनल्यान्डले गरेको हो।

कार्यक्रममा सापकोटाका साथै स्थानीय गायक र कलाकारहरूको पनि प्रस्तुति रहने आयोजक चौतारी इभेन्ट्सका विष्णु अर्यालले नेपालीलाइनेनलाई बताए।

अर्यालका अनुसार कार्यक्रमका लागि प्रवेश शुल्क १५ युरो तोकिएको छ। यद्यपि १० वर्ष मुनिका बालबालिकाका लागि भने प्रवेश निःशुल्क गरिएको छ।

सांगीतिक मनोरञ्जनका साथै कार्यक्रम स्थलमा मःम र समोसा जस्ता नेपाली स्वादका परिकारहरू पनि बिक्रीका लागि राखिनेछन्।

को हुन् सापकोटा?

अर्जुन सापकोटा नेपालका पछिल्लो पुस्ताका निकै व्यस्त र लोकप्रिय लोक गायक हुन्। उनका ‘झलीको’, ‘पिरतीको डोरी’, र ‘ए ठुली’ जस्ता गीतहरू युट्युब र टिकटकमा निकै चर्चित छन्। उनले विभिन्न मुलुकहरूमा प्रस्तुति दिइसकेका छन्।

सापकोटा आफ्ना गीतहरूमा प्रायः मौलिक नेपाली जनजीवन र प्रेमका कथालाई समेट्ने गर्छन्।

सत्ताइस वर्षीय सापकोटा नेपालको स्याङ्जा जिल्लाको पेलाकोटमा जन्मिएका हुन्। तर उनी ५ वर्षको हुँदा आफ्नो परिवारसँगै नवलपरासी सरेका थिए। संगीत क्षेत्रमा लाग्नुअघि उनले रेडियो दर्पणमा रेडियो जक्की (RJ) को रूपमा काम गरेका थिए।

चार महिना अगाडी मात्र रिलिज भएको उनको गित झलिको युट्युबमा मात्र २७ मिलियन पटक हेरिएको छ।

नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

Coffee Cup

तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

Payment Methods
सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप