संग्रह गर्नुहोस्।
संग्रहित

युरोपमा चर्चित युरोभिजन अब एसियामा पनि, नेपाल समेत हुनेछ सहभागी

फिनल्यान्ड लगायतका युरोपेली मुलुकहरुमा लोकप्रिय युरोभिजन गीत प्रतियोगिताको एसियाली संस्करण आगामी नोभेम्बरमा थाइल्यान्डमा आयोजना हुने भएको छ। उक्त प्रतियोगितामा नेपालले पनि प्रतिस्पर्धा गर्ने भएको छ।

संक्षेपमा


  • आगामी नोभेम्बर १४ मा बैंककमा पहिलो ‘युरोभिजन एसिया’ आयोजना हुने।
  • नेपालसहित एसियाका १० देशको सहभागिता रहने।
  • प्रतियोगिताको नियम युरोपेली युरोभिजनकै जस्तो हुने।

एसियाली देशहरूका लागि पहिलो पटक युरोभिजन सङ कन्टेस्ट एसिया (Eurovision Song Contest Asia) आयोजना हुने भएको छ। आगामी नोभेम्बर १४ मा थाइल्यान्डको राजधानी बैंककमा हुने उक्त प्रतियोगितामा नेपालले पनि भाग लिनेछ।

प्रतियोगितामा नेपालसहित १० देशले प्रतिस्पर्धा गर्दैछन्। अन्य सहभागी देशहरूमा बंगलादेश, भुटान, कम्बोडिया, लाओस, मलेसिया, फिलिपिन्स, दक्षिण कोरिया, थाइल्यान्ड र भियतनाम रहेका छन्।

हरेक देशले फाइनल अघिका महिनाहरूमा आफ्नो प्रतिनिधि छान्नेछन्। यसको नियम युरोपमा हुने युरोभिजनको जस्तै हुनेछ।

प्रतियोगिताको नाम ‘एसियाभिजन’ नभई ‘युरोभिसन एसिया’ नै राखिएको छ। धेरैले नाम फेर्नुपर्ने बताए पनि अहिले त्यस्तो कुनै योजना छैन।

युरोभिजनका निर्देशक मार्टिन ग्रीनले ‘द गार्डियन’ पत्रिकासँग कुरा गर्दै यो एसियासँगको सहकार्य भएको बताए। उनले यसले एसियाली आवाज र पहिचानलाई झल्काउने दाबी गरे।

नेपालमा हिमालय टेलिभिजनले आधिकारिक प्रसारण साझेदारको जिम्मेवारी पाएको छ । सोही टेलिभिजनले नेपालको प्रतिनिधि छनोटका लागि राष्ट्रिय अडिसन आयोजना गर्नेछ र कार्यक्रम प्रसारण पनि गर्नेछ।

हिमालय टिभीका कार्यकारी निर्देशक श्याम कँडेलले नेपाली मिडियालाई बताए अनुसार अर्को सातादेखि नेपाल अडिसन सुरु हुनेछ र १९ सेप्टेम्बरमा नेपालको विजेता छनोट हुनेछन् । विजेताले घोषित फिनालेमा बैंकक पुगेर ब्यान्डसहित प्रस्तुति दिनेछन् ।

यस्तो छ युरोभिजनको पृष्ठभूमि

७ दशकभन्दा लामो इतिहास बोकेको युरोभिजनले हरेक वर्ष करोडौं दर्शकलाई आकर्षित गर्दै आएको छ ।

युरोभिजनलाई यसअघि पनि विस्तार गर्ने प्रयास भएको थियो। सन् २०२२ मा अमेरिकामा ‘अमेरिकन सङ कन्टेस्ट’ आयोजना गरिए पनि त्यसले दर्शकको खासै ध्यान तान्न सकेन।

सन् २००८ मै युरोभिजनको एसियाली संस्करण ल्याउने प्रयास भएको थियो जसमा चीन, जापान र ताइवान सहभागी हुने कुरा थियो, तर त्यो योजना सफल हुन सकेन।

फिनल्यान्डमा बस्ने नेपालीहरूका लागि युरोभिजन निकै परिचित नाम हो, अब आफ्नै देश नेपाल सहभागी हुने भएपछि यसले सायद डायस्पोरामा थप उत्साह जगाउनेछ।

नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

Coffee Cup

तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

Payment Methods
सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप