संग्रह गर्नुहोस्।
संग्रहित

फिनल्यान्डको बदलिँदो स्वरूप: दोस्रो पुस्ताका आप्रवासीको संख्यामा नयाँ कीर्तिमान

सन् २०२५ को अन्त्यसम्ममा फिनल्यान्डको कुल जनसंख्याको ११.७ प्रतिशत हिस्सा विदेशी मूलका व्यक्तिको रहेको छ।

संक्षेपमा


  • फिनल्यान्डमा जन्मिएका विदेशी मूलका व्यक्तिको संख्या ११ वर्षमा दोब्बर।
  • दोस्रो पुस्ताका ३२ प्रतिशतभन्दा बढी मानिस एसियाली मूलका।
  • युक्रेनी नागरिकहरू फिनल्यान्डमा सबैभन्दा ठूलो विदेशी नागरिक समूह।

फिनल्यान्डमा बसोबास गर्ने विदेशी मूलका व्यक्तिको संख्यामा उल्लेख्य वृद्धि भएको छ। सन् २०२५ को अन्त्यसम्ममा ६ लाख ६० हजार ८०० जना मानिस विदेशी मूलका रहेको तथ्याङ्क सार्वजनिक भएको छ।

तथ्याङ्क विभागका अनुसार यीमध्ये फिनल्यान्डमै जन्मिएका अर्थात् दोस्रो पुस्ताका आप्रवासीको संख्या १ लाख २ हजार १८३ पुगेको छ। यो संख्या पछिल्लो ११ वर्षको अवधिमा दोब्बरले बढेको हो।

दोस्रो पुस्ताका आप्रवासीहरूको यो वृद्धिले फिनल्यान्डको भविष्यको श्रम बजार र सामाजिक संरचनामा ठूलो अर्थ राख्छ।

दोस्रो पुस्ताका आप्रवासीहरूमा युरोपेली मूलका ४३.५ प्रतिशत रहेका छन्। त्यस्तै एसियाली मूलका ३२.१ प्रतिशत र अफ्रिकी मूलका २२.१ प्रतिशत रहेको देखिएको छ।

तथ्याङ्क विभागका प्रमुख तथ्याङ्कशास्त्री मार्कुस रापोका अनुसार यीमध्ये अधिकांश व्यक्तिहरू अझै कम उमेरका छन्। ३८ प्रतिशतभन्दा बढी त विद्यालय जाने उमेरभन्दा साना बालबालिकाहरू हुन्।

गत वर्ष युक्रेनी नागरिकहरू फिनल्यान्डमा सबैभन्दा ठूलो विदेशी नागरिक समूह बनेका छन्। तर मातृभाषाको आधारमा हेर्दा भने रुसी भाषा बोल्नेहरूको संख्या अझै पनि सबैभन्दा धेरै छ।

रुसी मातृभाषा भएका १ लाख २ हजारभन्दा बढी मानिस फिनल्यान्डमा बस्छन्। तीमध्ये ५३ हजारभन्दा बढीसँग फिनल्यान्डको नागरिकता भएकाले उनीहरू विदेशी नागरिकको सूचीमा पर्दैनन्।

सन् २०२५ मा फिनल्यान्डको समग्र जनसंख्या वृद्धि भने अघिल्ला दुई वर्षको तुलनामा सुस्त रह्यो। आप्रवासन दरमा आएको कमीका कारण जनसंख्या वृद्धि आधाले घटेर १६ हजार ९१० मा सीमित भयो।

फिनल्यान्डका ७७ वटा नगरपालिकामा जनसंख्या बढ्दा २२७ वटा नगरपालिकामा भने जनसंख्या घटेको छ। हेलसिन्की लगायतका ठूला सहरहरूमा विदेशी मूलका मानिसको चाप बढी देखिएको छ।

फिनल्यान्डमा विदेशी मूलका मानिस भन्नाले त्यस्ता व्यक्तिलाई बुझिन्छ, जसका दुवै अभिभावकको जन्म फिनल्यान्ड बाहिर भएको हो।

नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

Coffee Cup

तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

Payment Methods
सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप