संग्रह गर्नुहोस्।
संग्रहित

हेलसिन्कीको कोन्तुला सपिङ सेन्टरमा आगलागी, एकको मृत्यु

हेलसिन्कीको कोन्तुला (Kontula) सपिङ सेन्टरमा आज बिहानै भएको भीषण आगलागीमा परी एक जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार ज्यान गुमाउने व्यक्ति सोही मलमा कार्यरत १९६० को दशकमा जन्मिएका पुरुष हुन्।

आगो राती करिब २ बजे मल भित्रको लोडिङ डक र गोदाम क्षेत्रबाट सुरु भएको थियो। यो क्षेत्रमा सर्वसाधारण वा ग्राहकको पहुँच हुँदैन।

आगो छिट्टै नजिकैको एउटा रेस्टुरेन्ट र भवनका अन्य भागमा फैलिएको थियो। आगोका कारण भवनभरि बाक्लो धुवाँ फैलिएको थियो।

गस्तीमा रहेको प्रहरी टोलीले सुरुमा धुवाँ देखेपछि घटना सार्वजनिक भएको हो। केही समयमै छतबाट आगोको ज्वाला देखिन थालेपछि तत्काल २० वटा उद्धार टोली घटनास्थल पुगेका थिए।

आगलागीका समयमा भवन भित्र कति मानिस थिए भन्ने यकिन भइसकेको छैन। सो क्षेत्रमा रहेका रेस्टुरेन्टहरूमा रातीको समयमा पनि कर्मचारी र ग्राहकहरूको उपस्थिति हुने गर्छ।

प्रहरीले अहिले आगलागीको कारण र मृत्युको कारणबारे अनुसन्धान गरिरहेको छ। हालसम्म कुनै पनि आपराधिक गतिविधिको शङ्का नगरिएको प्रहरीले जनाएको छ।

कोन्तुला सपिङ सेन्टर पूर्वी हेलसिन्कीको एक प्रमुख व्यापारिक केन्द्र हो। यो क्षेत्र फिनल्यान्डमा रहेका आप्रवासी समुदायका मानिसहरूको बाक्लो बसोबास र व्यवसायका लागि परिचित छ। उक्त क्षेत्रमा धेरै नेपालीहरूको पनि बसोबास छ।

सन् १९६० को दशकमा निर्माण भएको यो मल हेलसिन्कीकै ठुला र पुराना सपिङ सेन्टरहरू मध्ये एक मानिन्छ।

नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

Coffee Cup

तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

Payment Methods
सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप