संग्रह गर्नुहोस्।
संग्रहित

हेलसिन्कीमा HUS कर्मचारीलाई बिरामीको डाटा हेरेको अभियोगमा जेल सजाय

हेलसिन्की जिल्ला अदालतले सन् २०१९ देखि २०२३ सम्म १४२ जनाको व्यक्तिगत विवरण अनुमति बिना हेरेको आरोपमा हुस (HUS) का एक कर्मचारीलाई आठ महिनाको निलम्बित जेल सजाय सुनाएको छ।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

संक्षेपमा


  • १४२ जनाको डाटा अनुमति बिना हेरेको पुष्टि।
  • कर्मचारीलाई आठ महिनाको निलम्बित जेल सजाय।
  • पीडितहरूलाई क्षतिपूर्ति तिर्न अदालतको आदेश।

हेलसिन्की जिल्ला अदालतले व्यक्तिगत डाटा सुरक्षा कानुन उल्लंघन गरेको भन्दै HUS अस्पतालमा काम गर्ने एक कर्मचारीलाई आठ महिनाको निलम्बित जेल सजाय सुनाएको छ।

HUS फिनल्यान्डको उसीमा क्षेत्रमा विशेष स्वास्थ्य सेवा प्रदान गर्ने सबैभन्दा ठूलो र प्रमुख संस्था हो। HUS अस्पतालहरूमा धेरै नेपालीहरुले समेत काम गर्ने गर्छन्।

ती कर्मचारीले सन् २०१९ देखि २०२३ को बीचमा १४२ जनाको व्यक्तिगत विवरण अनुमति बिना हेरेको अदालतले उल्लेख गरेको छ।

अदालतको फैसला अनुसार ती कर्मचारीले जनसंख्या दर्ता प्रणालीबाट मानिसहरूको नाम, ठेगाना र पारिवारिक सम्बन्धको जानकारी हेरेको पुष्टि भएको हो।

विज्ञापन

यसका साथै उनले ११ जनाको बिरामी रेकर्ड प्रणालीमा समेत अनधिकृत पहुँच बनाएको फैसलामा उल्लेख छ।

तीमध्ये ९ जना बिरामीले कुन HUS एकाइमा उपचार गराएका थिए भन्ने जानकारी समेत दोषी कर्मचारीले लिएको देखिएको छ। यद्यपि अदालतले उनी विस्तृत बिरामी रिपोर्टसम्म भने पुग्न नसकेको बताएको छ।

क्षतिपूर्ति माग गर्ने पीडितहरूलाई ती कर्मचारीले आर्थिक क्षतिपूर्ति तिर्नुपर्ने फैसलामा उल्लेख छ। सन् २०२३ को वसन्तमा यस घटनाको आशंका हुनासाथ HUS ले उनलाई कामबाट निकालेको थियो।

उनी HUS को बिलिङ विभागमा काम गर्ने कर्मचारी रहेको बताइएको छ। यो अदालतको फैसला भने अहिलेसम्म कानुनी रूपमा अन्तिम भने हैन।

फिनल्यान्डमा बिरामीको व्यक्तिगत डाटा सुरक्षालाई अत्यन्तै गम्भीर रूपमा लिइन्छ र स्वास्थ्यकर्मीहरूले आफ्नो कामको सिलसिलामा बाहेक अरूको विवरण हेर्न कानुनतः सख्त मनाही छ।

नेपालीलाइनेनबाट थप
विज्ञापन सकियो

सन् २०२३ मा पनि HUS मा बिरामीको डाटा अनधिकृत रूपमा हेरिएका धेरै घटनाहरू सार्वजनिक भएका थिए। एक वर्षअघि मात्रै HUS मा काम गर्ने एक प्राक्टिकल नर्स (lähihoitaja) लाई पनि यसैगरी बिरामीको विवरण विना अनुमति हेरेको आरोपमा अदालतले सजाय सुनाएको थियो।

विज्ञापन

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप