यो 'प्रिमियम' सामाग्री हाम्रा सदस्यका लागि मात्र।
यो 'प्रिमियम' सामाग्री पढ्न हाम्रो 'सहयोगी सदस्य' बन्नुहोस्।
Buy Now — 59 €/Year 4.91 €/ month · Cancel anytimeपहिले नै सदस्य हुनुहुन्छ? तलबाट लग-इन गर्नुहोस्।
हाम्रो सहयोगी सदस्य बन्दा तपाई प्रयोगका सर्तहरू र गोपनीयता नीति अनुसार आफ्नो डेटा प्रशोधन गर्न सहमत हुनुहुन्छ।
(प्रिय पाठक, यो नेपालीलाइनेनका सहयोगी सदस्यहरूले मात्र पढ्न मिल्ने ‘प्रिमियम स्टोरी’ हो। ‘सहयोगी सदस्य’ बनी हामीलाई सघाउनु भएकोमा धेरै-धेरै धन्यवाद।)
संक्षेपमा
- प्रमुख सहरहरूमा हाउजिङ ऋणको बक्यौता १८९ प्रतिशतले वृद्धि।
- घर किन्नुअघि म्यानेजर सर्टिफिकेट र आर्थिक प्रतिवेदन अनिवार्य अध्ययन गर्न सुझाव।
- किस्ता छुटको अवधि सकिएपछि बढ्ने खर्चबारे विशेष सावधानी आवश्यक।
फिनल्यान्डमा घर वा अपार्टमेन्ट किन्दै हुनुहुन्छ? त्यसो हो भने तपाईँलाई बधाई छ। किनकि फिनल्यान्डमा घर किन्न सायद अहिलेभन्दा राम्रो समय कहिले पनि थिएन। घर र अपार्टमेन्टहरू अत्यन्तै सस्तो छन् भने लोन अवधि पनि बढेर ४० वर्ष पुग्दै छ।
तर अवसर सँगसँगै जोखिमहरू पनि छन्, र नेपालीलाइनेनको यो लेख तिनै जोखिमको विश्लेषणमा केन्द्रित छ।
फिनल्यान्डमा ऋण तिर्न नसक्ने हाउजिङ कम्पनीहरूको सङ्ख्यामा तीव्र वृद्धि भएको छ। घर जग्गा व्यवसायसम्बन्धी कम्पनी Huoneistokeskus ले बजारको वर्तमान अवस्थालाई मध्यनजर गर्दै नयाँ खरिदकर्ताहरूलाई विशेष सावधानी अपनाउन चेतावनी दिएको छ।
फिनल्यान्डको केन्द्रीय बैंकको तथ्याङ्कअनुसार ६ ठूला सहरहरूमा हाउजिङ कम्पनीहरूको ऋण बक्यौता गत वर्षको तुलनामा १८९ प्रतिशतले बढेको छ।
ठूला सहरबाहिर पनि यस्तो वृद्धि १५८ प्रतिशत रहेको पाइएको छ।
फिनल्यान्डमा अपार्टमेन्ट किन्नु भनेको प्राविधिक रूपमा हाउजिङ कम्पनीको सेयर किन्नु हो। यस्तो कम्पनीलाई फिनिस भाषामा Taloyhtiö भनिन्छ। भवनको ठुलो मर्मत (जस्तै: पाइपलाइन वा छत फेर्न) गर्दा कम्पनीले बैंकबाट ऋण लिन्छ, जसलाई taloyhtiölaina भनिन्छ।
घर किन्ने व्यक्तिले आफ्नो व्यक्तिगत ऋणबाहेक कम्पनीको यो सामूहिक ऋणको हिस्सा पनि मासिक रूपमा बुझाउनुपर्ने हुन्छ। त्यसैले घर किन्नुअघि कम्पनीको आर्थिक अवस्था बुझ्नु निकै महत्वपूर्ण मानिन्छ। बिना हाउजिङ कम्पनी आफ्नो व्यक्तिगत घर जस्तै एकल omakotitalo किन्नेको हकमा भने यो नियम लागु हुँदैन।
विज्ञहरूले घर वा अपार्टमेन्ट खरिद गर्दा खरिदकर्तालाई केही मुख्य कागजात हेर्न आग्रह गरेका छन्। यसमा isännöitsijäntodistus (म्यानेजर सर्टिफिकेट), कम्पनीको वित्तीय विवरण र कम्पनीको मर्मत योजना अर्थात् फिनिस भाषामा भन्दा भविष्यमा गर्नुपर्ने remontti हरूको गहिरो अध्ययन गर्नु आवश्यक छ।
हाउजिङ ऋण आफैँमा समस्या नभए पनि यसले घरधनीहरूको आर्थिक भार बढाएको छ। नयाँ निर्माण र आवश्यक मर्मतका लागि लिइने यस्ता ऋणको भार अन्ततः अपार्टमेन्ट मालिकहरूकै काँधमा आउने गर्छ। त्यसैका कारण मासिक मर्मत सम्भारका लागि तिर्नुपर्ने खर्च (vastike) बढ्दै जान्छ।
अहिले फिनल्यान्डको घरजग्गा बजारको समग्र अवस्था कमजोर रहेको छ। मानिसहरूमा घर किन्ने उत्साह सन् १९९० को दशकको अन्त्यपछिकै न्यून स्तरमा पुगेको तथ्याङ्कले देखाउँछ।
बढ्दो ऋण बक्यौताले धेरै परिवारको खर्च गर्ने क्षमता खुम्चिएको सङ्केत गर्छ। ऋणलाई कम्पनीको खातामा देखाइने भए पनि यसको भुक्तानी घरधनीहरूले नै गर्नुपर्ने हुन्छ।
विज्ञहरूले lyhennysvapaa अर्थात् किस्ता छुटको अवधिबारे पनि विशेष सचेत गराएका छन्। सुरुमा खर्च कम देखिए पनि किस्ता तिर्ने समय आएपछि मासिक खर्च उल्लेख्य रूपमा बढ्न सक्छ।
सोझो अर्थमा भन्दा lyhennysvapaa भनेको तपाईंले कुनै कारणले घरको किस्ता तिर्न सक्नु भएन भने किस्ता छुटका लागि निवेदन दिएर र केही दस्तुर तिरेर समय बढाउन सकिन्छ। तर यसो गर्दा सम्पूर्ण समझदारी नै फेरि हेरिने हुँदा चनाखो हुन आवश्यक छ।
अहिले फिनल्यान्डको घरजग्गा बजारको समग्र अवस्था कमजोर रहेको छ। मानिसहरूमा घर किन्ने उत्साह सन् १९९० को दशकको अन्त्यपछिकै न्यून स्तरमा पुगेको तथ्याङ्कले देखाउँछ।
गत वर्षको तुलनामा पुराना अपार्टमेन्टहरूको बिक्री पनि करिब १७ प्रतिशतले घटेको छ। यद्यपि, केही क्षेत्रमा अपार्टमेन्ट बिक्री हुन लाग्ने समय भने केही घटेको पाइएको छ।
हेलसिन्की र आसपासका क्षेत्रमा बिक्री समय जनवरीको तुलनामा १५ दिनले छोटिएको छ। अन्य क्षेत्रमा पनि औसतमा आठ दिनको सुधार देखिएको छ।
बजारलाई पुन: चलायमान बनाउन पहिलो पटक घर किन्नेहरूको सक्रियता आवश्यक मानिएको छ। सरकारले एएसपी (ASP) बचत प्रणालीमा गरेको सुधारले युवाहरूलाई बजारमा आकर्षित गर्ने अपेक्षा गरिएको छ।
हालको ब्याजदर र भाडा बजारको सुस्त गतिका कारण लगानीकर्ताहरू अझै पर्ख र हेरको अवस्थामा छन्।








