संग्रह गर्नुहोस्।
संग्रहित

ईयु रिपोर्ट: फिनल्यान्डका समुन्द्री तट र तालहरू पौडीका लागि उत्कृष्ट 

फिनल्यान्डका कुल ३०४ वटा पौडी खेल्ने ठाउँको मूल्याङ्कन गरिएको थियो। तीमध्ये जम्मा तीनवटा स्थानमा मात्र पानीको गुणस्तर कमजोर पाइएको थियो।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

संक्षेपमा


  • फिनल्यान्डका करिब ८५ प्रतिशत सार्वजनिक पौडी स्थल सुरक्षित।
  • हेलसिन्कीको पिक्कुकोस्कीसहित जम्मा तीन स्थलको अवस्था कमजोर।
  • युरोपभर ताल र नदीभन्दा तटीय क्षेत्रको पानी धेरै सफा।

फिनल्यान्डका ताल वा समुद्री तटमा पौडी खेल्नु सुरक्षित रहेको युरोपेली आयोगको वार्षिक जल प्रतिवेदनले जनाएको छ। प्रतिवेदनका अनुसार यहाँका करिब ८५ प्रतिशत सार्वजनिक पौडी स्थलहरू प्रयोगका लागि पूर्ण रूपमा सुरक्षित छन्।

प्रतिवेदनका लागि फिनल्यान्डका कुल ३०४ वटा पौडी खेल्ने ठाउँको मूल्याङ्कन गरिएको थियो। तीमध्ये जम्मा तीनवटा स्थानमा मात्र पानीको गुणस्तर कमजोर पाइएको थियो।

कमजोर गुणस्तर भएका स्थलहरूमा हेलसिन्कीको पिक्कुकोस्की, मारियाहाम्नको मारियाबाद र भासाको आह्भेनसारीको पानी पौडीका लागि कमजोर देखिएको छ।

समग्र युरोपेली सङ्घ (EU) भरि ८५ प्रतिशतभन्दा बढी पौडी स्थलहरूको पानी राम्रो गुणस्तरको रहेको छ। समग्र युरोपको सूचकाङ्कमा भने ग्रिस र साइप्रस सबैभन्दा अगाडि छन्।

विज्ञापन

नदी र तालको तुलनामा तटीय क्षेत्र (समुद्री तट) को पानी सामान्यतया बढी सफा हुने गरेको प्रतिवेदनले औंल्याएको छ।

फिनल्यान्डमा गर्मी मौसममा ताल र समुद्रमा पौडी खेल्ने र साउना जाने संस्कृति निकै लोकप्रिय छ। यहाँ पानीको गुणस्तरलाई जनस्वास्थ्यसँग जोडेर नियमित अनुगमन गरिन्छ।

विज्ञापन

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप