संग्रह गर्नुहोस्।
संग्रहित

नेपालको परराष्ट्र मन्त्रालयमा ‘इन्टर्नसिप’ अवसर, विदेशबाट पनि आवेदन दिन मिल्ने

नेपालको परराष्ट्र मन्त्रालय र परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले स्वदेशमा र विदेशमा रहेका नेपाली विज्ञहरूका लागि इन्टर्नसिप आवेदन आह्वान गरेका छन्।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

संक्षेपमा


  • आठ हप्ता लामो शैक्षिक तथा नीतिगत अनुसन्धानमूलक स्वयंसेवी कार्यक्रम।
  • फिनल्यान्ड वा विश्वको जुनसुकै स्थानबाट सहभागी हुन मिल्ने।
  • गैरआवासीय नेपाली र नेपाली मूलका नागरिकलाई आवेदन दिन विशेष प्रोत्साहन।

नेपालको परराष्ट्र मन्त्रालय र परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान (आईएफए) ले संयुक्त रूपमा ‘मन्त्रालय समर इन्टर्नसिप २०२६’ का लागि आवेदन खुला गरेका छन्।

आगामी मे ३१, २०२६ सम्म आवेदन दिन मिल्ने यो कार्यक्रममा फिनल्यान्डमा रहेका नेपाली विद्यार्थी र पेसाकर्मीहरूले पनि सहभागिता जनाउन सक्नेछन्।

यो आठ हप्ता लामो स्वयंसेवी अनुसन्धान कार्यक्रम आगामी जुनको मध्यदेखि अगस्टको मध्यसम्म चल्नेछ। कार्यक्रममा काठमाडौंमा भौतिक रूपमा उपस्थित भएर वा विश्वको जुनसुकै स्थानबाट अनलाइन/रिमोट माध्यमबाट सहभागी हुन सकिनेछ भनिएको छ।

यद्यपि पूर्णतः रिमोट सहभागिता सम्भव छ वा छैन भन्ने विषयमा सूचना मौन छ। साथै सहभागीले कुनै तलब/भत्ता पाउने छैनन्।  

विज्ञापन

के-के छन् विषय?

इन्टर्नसिपका लागि रणनीतिक मामिला तथा अन्तर्राष्ट्रिय कानुन, विकास र वित्त, उदीयमान प्रविधि, स्वच्छ ऊर्जा, र नेपाली डायस्पोरा जस्ता विषयहरु तोकिएका छन्।

छानिएका अनुसन्धानकर्ताहरूले नेपालको परराष्ट्र नीति सम्बन्धी विभिन्न एजेन्डामा प्रत्यक्ष योगदान दिन पाउनेछन्।

यो अवसरका लागि नेपाली नागरिक, गैरआवासीय नेपाली (एनआरएन) कार्डवाहक, र नेपाली मूलका व्यक्तिहरूले आवेदन दिन सक्नेछन्।

सहभागीहरूले परराष्ट्र मन्त्रालयको मन्त्रीस्तरीय तहमा प्रत्यक्ष संवाद गर्ने र वरिष्ठ विज्ञहरूबाट मार्गदर्शन पाउने अवसर पाउनेछन्। यसका साथै आफ्ना अनुसन्धानमूलक लेखहरू परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान मार्फत प्रकाशन गर्ने सुविधा समेत रहनेछ।

नेपालीलाइनेनबाट थप
विज्ञापन सकियो

छानिएका सहभागीले सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा काम गर्ने टेबल र विभिन्न तालिमहरू समेत पाउनेछन्।

इच्छुक र सम्बन्धित क्षेत्रमा दक्षता भएका स्नातक वा सोभन्दा माथिका योग्यता पुगेका व्यक्तिले अनलाइन फारम मार्फत आवेदन दिन सक्नेछन्।

विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

नेपाल सरकारले पछिल्लो समय विदेशमा रहेका नेपालीहरूको ज्ञान, सीप र अनुभवलाई देशको नीति निर्माणमा समेट्ने प्रयास गरिरहेको छ।

विज्ञापन

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप