संग्रह गर्नुहोस्।
संग्रहित

स्वास्थ्य प्रविधि क्षेत्रमा नेपाली डायस्पोरा: हेलसिन्कीमा सम्पन्न भयो ‘मेडटेक जमघट’

फिनल्यान्डको राजधानी हेलसिन्कीमा आइतबार 'नेपाली डायस्पोरा कनेक्ट – मेडटेक हेलसिन्की २०२६' कार्यक्रमको आयोजना गर्दै स्वास्थ्य र प्रविधि क्षेत्रमा नेपाली विज्ञहरूको सहकार्यलाई प्राथमिकता दिइएको छ।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

संक्षेपमा


  • स्वास्थ्य सेवा र प्रविधिमा नेपाली विज्ञहरूको सहकार्यमा जोड।
  • डिजिटल स्वास्थ्य र विकासशील राष्ट्रमा ईएमआर चुनौतिबारे विस्तृत छलफल।
  • चिकित्सा र प्राविधिक क्षेत्रका जनशक्तिलाई जोड्ने साझा मञ्चको स्थापना।

स्वास्थ्य प्रविधि क्षेत्रमा नेपाली डायस्पोराको ‘मेडटेक जमघट २०२६’ हेलसिन्कीमा सम्पन्न भएको छ।

हेलसिन्की केन्द्रस्थित इन्डी बिस्ट्रोमा हिजो आयोजित उक्त कार्यक्रम स्वास्थ्य सेवा सुधारका लागि प्रविधिको प्रयोग र सहकार्यको विषयमा केन्द्रित रहेको थियो।

कार्यक्रमको सुरुवातमा नेपाली डायस्पोराले स्वास्थ्य प्रविधि लगायतका सामाजिक योगदानमा खेल्न सक्ने भूमिकाकाबारे छलफल भएको थियो।

पहिलो छलफल सत्रमा हेलसिन्की नगर परिषद् सदस्य कृष्ण रेग्मी, हेलसिन्की नगरपालिकाका चिकित्सक दिपेश थापा, र लाउरिया युनिभर्सिटी अफ एप्लाइड साइन्सेसका वरिष्ठ लेक्चरर दीपक केसीले आफ्ना विचार व्यक्त गरेका थिए।

विज्ञापन

उनीहरूले प्रविधि र चिकित्साको संयोजनबाट गैर आवासीय नेपाली समुदायलाई कसरी बलियो बनाउन सकिन्छ भन्ने विषयमा धारणा राखेका थिए। फिनल्यान्डमा आप्रवासीहरूले स्वास्थ्य सेवामा खेप्ने चुनौतीहरूबारे पनि छलफल भएको थियो।

कार्यक्रमको दोस्रो सत्रमा ‘डिजिटल हेल्थ’ को भविष्य र वर्तमान चुनौतीबारे प्यानल छलफल भएको थियो।

आइटी कन्सल्टेन्ट मनोज शर्माले सहजीकरण गरेको सो सत्रमा HUS अस्पतालमा कार्यरत डा. आइनो रुबिनी र अमेरिकामा कार्यरत नेपाली डा. प्रकाश कँडेलले डिजिटल स्वास्थ्य सेवाको विकास, एआईले ल्याएको सम्भावना र चुनौती लगायतका विषयमा आफ्नो धारणा राखेका थिए।

तेस्रो सत्रमा विकासशील राष्ट्रहरूमा ‘ईएमआर’ (इलेक्ट्रोनिक मेडिकल रेकर्ड) प्रणाली स्थापनामा देखिएका कठिनाइ र अवसरबारे बहस भएको थियो।

तुर्कु विश्वविद्यालयका सार्वजनिक स्वास्थ्य अनुसन्धानकर्ता प्रकाश खनालले सहजीकरण गरेको उक्त सत्रमा ओखतीका संस्थापक तथा एनआरएनए फिनल्यान्डका पूर्व अध्यक्ष बालकृष्ण श्रेष्ठ र भारतीय मूलका प्रविधि व्यवसायी श्याम चक्रवर्तीले आफ्नो अनुभव सेयर गरेका थिए।

नेपालीलाइनेनबाट थप
विज्ञापन सकियो

कार्यक्रमको मुख्य उद्देश्य चिकित्सा र प्रविधि क्षेत्रमा सक्रिय नेपाली डायस्पोराबिच नेटवर्किङ र ज्ञान आदानप्रदानको वातावरण सिर्जना गर्नु हो। सहभागीहरूले यस्ता मञ्चहरूले आगामी दिनमा नेपाल र फिनल्यान्ड दुवै देशको स्वास्थ्य प्रणालीमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

कार्यक्रमको संयोजन गोविन्द कँडेलले गरेका हुन्। कार्यक्रम संयोजन गरेका कँडेल र राभिन्तोला ठमेलका सञ्चालक तथा रेस्टुरेन्ट व्यवसायी होमनाथ कँडेलले कार्यक्रममा सहभागी सबैलाई निःशुल्क ‘बुफे लन्च’ खुवाएका थिए।

विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

“विदेशमा रहेका नेपाली विज्ञहरूले स्वदेशमा प्रविधिको प्रयोगमार्फत स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार ल्याउन सक्ने धेरै सम्भावनाहरू छन्,” एक सहभागीले नेपालीलाइनेनसँग भने। “यस्ता मञ्चहरूले चिकित्सा र प्राविधिक क्षेत्रका जनशक्तिलाई एकै थलोमा भेला गराई आफ्नो ज्ञानलाई व्यावहारिक प्रयोगमा उतार्न थप प्रेरित गर्ने गर्दछन्।”

विशेष गरी एआईको तीव्र विकास र विकासशील राष्ट्रहरूमा स्वास्थ्य सेवाको डिजिटलाइजेसन आजको आवश्यकता बनेको सन्दर्भमा यो कार्यक्रम निकै सान्दर्भिक मानिएको छ।

विज्ञापन

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप