विज्ञापन
संग्रह गर्नुहोस्।
संग्रहित

मन्दीबाट बाहिरिँदै फिनल्यान्ड, अर्थतन्त्रमा देखिन थाले सुधारका बलिया संकेत

घरेलु उपभोग र औद्योगिक उत्पादन बढेपछि फिनल्यान्डको अर्थतन्त्रले गति लिन थालेको देखिएको हो।

संक्षेपमा


  • घरेलु उपभोग र खुद्रा व्यापारमा उल्लेख्य वृद्धि।
  • औद्योगिक उत्पादन सन् २००८ यताकै उच्च बिन्दुमा।
  • गत वर्षको अन्तिम त्रैमासिकदेखि नै आर्थिक सुधार सुरु।

विश्व बजारमा व्याप्त अनिश्चितताका बाबजुद फिनल्यान्डको आर्थिक वृद्धिले गति लिन थालेको संकेतहरू देखिएका छन्। पछिल्लो समय प्राप्त विभिन्न तथ्याङ्कहरूले मुलुकको अर्थतन्त्र सकारात्मक दिशातर्फ अघि बढेको पुष्टि गरेका हुन्।

नोर्डिया बैंकको प्रतिवेदन अनुसार फिनल्यान्डमा घरेलु उपभोगमा तीव्रता आएको छ। योसँगै खुद्रा व्यापारको क्षेत्रमा पनि सुधार देखिएको छ।

यो वर्षका पहिलो चार महिनामा फिनल्यान्डको औद्योगिक उत्पादन सन् २००८ यताकै उच्च स्तरमा पुगेको छ। तुर्कु जहाज निर्माण केन्द्रले पाएका क्रुज पानीजहाजका अर्डर र कोने कम्पनीका विभिन्न ठूला व्यावसायिक सम्झौताले यसमा मुख्य भूमिका खेलेका हुन्।

फिनल्यान्डको उद्योग वाणिज्य महासंघ (EK) का निर्देशक तथा अर्थशास्त्री सामी पाकारिनेनका अनुसार आर्थिक सुधारको यो प्रक्रिया गत वर्षको अन्त्यतिर नै सुरु भइसकेको थियो।

त्यतिबेला प्रधानमन्त्रीले आर्थिक सुधारको संकेत गर्दा आलोचना खेप्नुपरेको उनले सामाजिक सञ्जाल X मा उल्लेख गरेका छन्।

प्रधानमन्त्री पेत्तेरी ओर्पोका सचिवालय सदस्य मातिआस पायुलाले सरकारको जिम्मेवार नीतिका कारण यो सकारात्मक परिवर्तन सम्भव भएको दाबी गरेका छन्।

विपक्षी दलहरूले निराशा फैलाए पनि लगानी र निजी उपभोगका कारण गत वर्षको चौथो त्रैमासिकदेखि नै आर्थिक वृद्धि सुरु भएको उनको भनाइ छ।

फिनल्यान्डको तथ्याङ्क विभागका अनुसार यो वर्षको पहिलो त्रैमासिकमा फिनल्यान्डको कुल गार्हस्थ्य उत्पादन अर्थात् जीडिपी बढेको अनुमान गरिएको छ, यद्यपी विस्तृत विवरण आउन बाँकी छ।

फिनल्यान्डले विगत केही वर्षयता आर्थिक मन्दीको सामना गरिरहेको छ।

विज्ञापन

प्रिय पाठक, हाम्रो सहयोगी सदस्य बनी सम्पूर्ण प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.91€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer

निर्माण क्षेत्रमा आएको गिरावट र उच्च ब्याजदरका कारण उपभोक्ताको क्रय शक्ति कमजोर बनेको अवस्थामा यो नयाँ सुधारले यहाँ बसोबास गर्ने आप्रवासी नेपाली समुदाय लगायतका लागि पनि रोजगारी र व्यवसायका नयाँ अवसरहरू सिर्जना गर्ने अपेक्षा गरिएको छ।

फिनल्यान्डमा बसोबास गर्ने धेरै नेपालीहरूलाई पनि अर्थतन्त्रमा देखिएको मन्दीले असर गरेको छ। खास गरी नेपाली विद्यार्थीहरूले काम नपाउँदा पछिल्लो समय निकै सङ्कटमा परेका छन्।

नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप