संग्रह गर्नुहोस्।
संग्रहित

फिनल्यान्डमा सरकारी ‘डेटिङ’ सेवा सुरु गर्न विद्यार्थी सङ्गठनको माग

फिनल्यान्डमा सेन्टर पार्टीको युवा संगठनले मानिसहरूलाई दीर्घकालीन जीवनसाथी खोज्न मद्दत गर्न राज्य-सञ्चालित नि:शुल्क डेटिङ सेवा सुरु गर्न माग गरेको हो।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

संक्षेपमा


  • दीर्घकालीन जीवनसाथी खोज्न मद्दत गर्ने राज्य-सञ्चालित नि:शुल्क ‘डेटिङ’ सेवाको माग।
  • व्यावसायिक डेटिङ एपको विकल्पमा सुरक्षित र अनुसन्धानमा आधारित सरकारी प्रणालीको प्रस्ताव।
  • जन्मदर बढाउनुका साथै एक्लोपन कम गर्ने र मानवीय कल्याण बढाउने जिकिर।

फिनल्यान्डमा मानिसहरूलाई जीवनसाथी खोज्न सहज होस् भन्ने उद्देश्यले सरकारी स्तरबाटै नि:शुल्क डेटिङ सेवा सञ्चालन गर्नका लागि माग गरिएको छ।

सेन्टर पार्टीको युवा-विद्यार्थी सङ्गठन Keskustanuoret ले यस्तो सेवाले मानिसमा बढ्दो एक्लोपन हटाउन मद्दत गर्ने भन्दै उक्त माग गरेको हो।

उक्त सङ्गठनका अनुसार फिनल्यान्डको वर्तमान पारिवारिक नीति आर्थिक सहयोग र सेवामा मात्र केन्द्रित छ। सरकारी नीतिले सम्बन्धको सुरुवाती चरण अर्थात् जीवनसाथी खोज्ने कुरालाई भने पुरै बेवास्ता गरेको छ।

उपयुक्त साथी नपाउँदा बच्चा जन्माउन चाहने धेरै मानिस परिवारविहीन हुन पुगेका छन्, उक्त सङ्गठनले भनेको छ।

विज्ञापन

हालको डेटिङ बजार ‘टिन्डर’जस्ता पूर्ण रूपमा अन्तर्राष्ट्रिय व्यावसायिक एपहरूको भरमा चलेको छ।

सङ्गठनकी अध्यक्ष मिल्ला भेतेलाइनेनका अनुसार यो अवस्था राम्रो र दिगो हुँदैन।

मानिसको जीवन र समाजको भविष्यलाई व्यापारिक ’अल्गोरिदम’को भरमा छाड्न नहुने उनको भनाइ छ।

“जीवनसाथी खोज्ने कुरा कुनै कम्पनीले कति नाफा कमाउँछ भन्नेमा निर्भर हुनुहुँदैन,” विज्ञप्तिमा उनी भन्छिन्।

यसको समाधानका रूपमा सङ्गठनले सार्वजनिक लगानीमा र अनुसन्धानमा आधारित ‘डेटिङ’ र ‘ म्याचमेकेर’ सेवा सुरु गर्न सुझाव दिएको छ।

नेपालीलाइनेनबाट थप
विज्ञापन सकियो

यसमा सुरक्षाका लागि बलियो प्रमाणीकरण (स्ट्रङ अथेन्टिकेसन) र अनुकूलता मापन गर्ने प्रविधि प्रयोग गरिनेछ।

यो प्रस्ताव जन्मदर बढाउन मात्र नभई मानिसहरूको एक्लोपन कम गर्न पनि लक्षित छ। परिवार बसाल्ने प्रयास गरिरहेका मानिसलाई समाजले सुरुवाती चरणमै सहयोग गर्नुपर्ने अध्यक्ष भेतेलाइनेनको जिकिर छ।

विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड लगायतका नर्डिक देशहरूमा पछिल्लो समय जन्मदर निरन्तर घटिरहेको छ। यसका साथै मानिसहरूमा बढ्दो एक्लोपन नर्डिक समाजको गम्भीर समस्या बन्दै गएको छ।

हाल चलेका ‘टिन्डर’ वा ‘बम्बल’ जस्ता व्यावसायिक डेटिङ एपहरूमा मात्र भर पर्दा धेरैले सुरक्षित र भरपर्दो जीवनसाथी नभेटेको अवस्था छ। राज्यले नै सुरक्षित प्लेटफर्म दिएमा यसले युवा पुस्तालाई पारिवारिक जीवन सुरु गर्न प्रोत्साहन दिने विश्वास गरिएको छ।

विज्ञापन

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप