संग्रह गर्नुहोस्।
संग्रहित

फिनल्यान्डमा विद्यार्थीहरूका लागि आज विशेष दिन!

आज फिनल्यान्डभरि शैक्षिक सत्रको अन्त्य र विद्यार्थीहरूको उपलब्धिलाई उत्सवका रूपमा मनाइँदै छ। विद्यालय जाने विद्यार्थीका लागि आजैदेखि समर बिदा समेत सुरू हुनेछ।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

संक्षेपमा


  • फिनल्यान्डभरि आज शैक्षिक सत्रको अन्त्य अर्थात् koulujen päättäjäispäivä मनाइँदै।
  • विद्यार्थीहरूलाई डिप्लोमा प्रदान गर्ने, भाषण गर्ने, सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गर्ने लगायतका कार्यक्रम।
  • ‘सुभिभिर्सी’ गाउनु र सेतो टोपी लगाउनु यसको विशेष परम्परा।

आज फिनल्यान्डका विद्यालयहरूमा koulujen päättäjäispäivä अर्थात् शैक्षिक सत्र समापन समारोहहरू भव्यताका साथ मनाइँदैछ।

सामान्यतया वसन्त ऋतुको अन्त्यतिर मे महिनाको अन्त्य वा जुन महिनाको सुरुवातमा आयोजना हुने यी समारोहहरूले शैक्षिक वर्षको समापन र विद्यार्थीहरूले हासिल गरेका उपलब्धिहरूलाई उत्सवको रुपमा मनाइने चलन छ।

आज मौसम समेत घमाइलो र न्यानो रहने पूर्वानुमान बिच विद्यार्थी, अभिभावक र शिक्षकहरू व्यापक उत्साहित रहेको फिनिस भाषाका स्थानीय मिडियाले लेखेका छन्।

आजैबाट विद्यालयमा पढ्ने विद्यार्थीहरुको २ महिने लामो समर बिदा पनि सुरू हुनेछ।

विज्ञापन

यस्तो हुन्छ कार्यक्रम

शैक्षिक सत्रको समापन गर्ने दिन फिनल्यान्डको शैक्षिक क्यालेन्डरमा एउटा महत्वपूर्ण दिन हो।

आज विद्यालयहरूले औपचारिक कार्यक्रमहरूको आयोजना गर्दछन्। यस्ता कार्यक्रममा प्रधानाध्यापक तथा शिक्षकहरूले भाषण दिने, विद्यार्थीहरूलाई प्रमाणपत्र तथा डिप्लोमा वितरण गर्ने गरिन्छ। विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुतिहरू (जस्तै गायन, वाद्यवादन र नाटक) प्रस्तुत गर्छन्।

फिनिस परम्पराअनुसार यी समारोहहरूमा प्रायः ‘सुभिभिर्सी’ (suvivirsi) अर्थात् ‘ग्रीष्म भजन’ गाउने गरिन्छ। यद्यपी यो परम्परासँग धर्म जोडिएको भन्दै केही विवाद हुँदै आएको छ।

उच्च माध्यमिक तह (lukio) उत्तीर्ण गर्ने विद्यार्थीहरूका लागि यो दिन अझ विशेष हुन्छ। आज उनीहरूले प्रतिष्ठित सेतो टोपी (ylioppilaslakki) प्राप्त गर्छन्, जुन कडा परिश्रम र उपलब्धिको प्रतीक मानिन्छ। यो टोपी लगाउनु उनीहरूका लागि गर्वको विषय हो र फिनिस शैक्षिक परम्पराको एक अभिन्न हिस्सा हो।

नेपालीलाइनेनबाट थप
विज्ञापन सकियो

विद्यालयको औपचारिक कार्यक्रम पश्चात् धेरै परिवारहरूले घरमा आफ्ना छोराछोरीको सफलताको खुसियालीमा भोजको आयोजना गर्छन्।

विद्यार्थीहरूलाई साथीभाइ तथा आफन्तहरूले उपहार र गुलाफको फूल दिने चलन पनि छ। यसका अतिरिक्त उत्कृष्ट नतिजा ल्याउने तथा विभिन्न क्षेत्रमा राम्रो प्रदर्शन गर्ने विद्यार्थीहरूलाई छात्रवृत्ति (stipendi) पनि प्रदान गरिन्छ।

विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड विश्वमै उच्च गुणस्तरीय शिक्षा प्रणालीका लागि परिचित छ।

विज्ञापन

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप