विज्ञापन
संग्रह गर्नुहोस्।
संग्रहित

हेलसिन्कीका पार्कमा नि:शुल्क खाना बाढ्न सुरु

फिनल्यान्डको राजधानीका विभिन्न पार्कहरुमा १६ वर्षमुनिका बालबालिकाका लागि जुन १ देखि नि:शुल्क लन्च वितरण सुरु भएको हो।

संक्षेपमा


  • १६ वर्षमुनिका हेलसिन्कीवासी बालबालिकालाई नि:शुल्क खानाको व्यवस्था।
  • खाना खानका लागि आफ्नै कचौरा/प्लेट बोकेर जानुपर्ने।
  • खुला रहेका खेलमैदानहरूमा दिउँसो १२ बजे खाना वितरण।

हेलसिन्कीमा बालबालिकाका लागि पार्कमा नि:शुल्क लन्च/खाना वितरण गर्ने कार्यक्रम जुन १ देखि सुरु भएको छ। यो सेवाले गर्मी बिदाको समयमा अभिभावकहरूको दैनिक व्यस्ततालाई सहज बनाउने अपेक्षा गरिएको छ।

समरको समयमा बालबालिकालाई पार्कमा नि:शुल्क खाना खुवाउने यो परम्परा हेलसिन्कीमा नयाँ भने होइन। यो रैथाने कार्यक्रम यहाँ विगत ८४ वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको छ।

पार्कमा खेलिरहेका बच्चालाई सुविधा होस् र घरमा आर्थिक अवस्था राम्रो नभएका बच्चाले पनि समर बिदाको समयमा कम्तिमा दिनको एकपटक राम्रो/तातो खानेकुरा खान पाउन् भनेर आठ दशक अघि यो कार्यक्रम सुरु गरिएको थियो।

यो सुविधा पुर्णतः नि:शुल्क हो भने १६ वर्ष मुनिका हेलसिन्कीवासी बालबालिकाका लागि मात्र लक्षित गरिएको हो। खाना खान जाने बालबालिकाले आफ्नो प्लेट, कप र चम्चा वा काँटा आफैँ बोकेर जानुपर्नेछ।

खानासँगै पिउनका लागि पार्कमा सादा पानी उपलब्ध गराइने छ। यो खाना हरेक हप्ताको कार्यदिन (सोमबारदेखि शुक्रबार) दिउँसो ठीक १२ बजे वितरण गरिन्छ।

विज्ञापन
विज्ञापन सकियो

हेलसिन्कीका खुला रहेका सबै बाल-खेलमैदान (leikkipuisto) हरूमा यो खाना उपलब्ध गराइएको छ। केही खेलमैदानहरू जुन महिनाभर मात्र खुला रहनेछन् भने केही भने पुरै गर्मी यामभरि खुला रहनेछन्।

यो पटक समरभरि हेलसिन्कीका हिल्लेरि (Hilleri), कायूत्ता (Kajuutta), केसान्तो (Kesanto), कील्तोताहति (Kiiltotähti) र किम्मो (Kimmo) हुन्। यस्तै किपिनापुइस्तो (Kipinäpuisto), कुत्ति (Kuutti), लम्पि (Lampi), लोरु (Loru), मातुल्रि (Maatulli), मुङ्क्कि (Munkki), मुल्लिन्सिपि (Myllynsiipi), नापुरि (Naapuri), नुओलि (Nuoli), पीका (Piika), रोइहुभुओरि (Roihuvuori), साह्रामि (Sahrami), सन्ताहामिना (Santahamina), त्राक्तोरि (Traktori) र भीरि (Viiri) पार्क पनि बन्द रहने सूचीमा छन्।

खानाको मेनु के-कस्तो छ भनेर पार्कको भित्तामा रहेको नोटिस बोर्डमा हेर्न सकिने छ।

नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप