विज्ञापन
संग्रह गर्नुहोस्।
संग्रहित

हेलसिन्कीमा ‘हिमालयन कप-२०२६’ सम्पन्न: हिमालयन स्पोर्ट्स क्लबले जित्यो उपाधी

हेलसिन्कीमा आयोजित रोमाञ्चक प्रतियोगितामा अल स्टार एफसीलाई पराजित गर्दै आयोजक हिमालयन स्पोर्ट्स क्लबले लगातार दोस्रो वर्ष उपाधि जितेको हो।

संक्षेपमा


  • प्रतिकूल मौसम र झरीका बाबजुद दर्शकको उत्साहजनक सहभागिता।
  • हिमालयन स्पोर्ट्स क्लबद्वारा लगातार दोस्रो पटक उपाधि रक्षा।
  • सगुन शर्मालाई सर्वाधिक गोलकर्ता र उत्कृष्ट खेलाडीको अवार्ड।

खराब मौसम र झरीका बाबजुद हेलसिन्कीमा आयोजित दोस्रो हिमालयन फुटबल कप २०२६ भव्यताका साथ सम्पन्न भएको छ। प्रतियोगिताको रोमाञ्चक फाइनलमा अल स्टार एफसीलाई कडा टक्कर दिँदै हिमालयन स्पोर्ट्स क्लबले लगातार दोस्रो पटक उपाधि जितेको छ।

लगातार दोस्रो पटक ट्रफी उचाल्न पाउँदा आफूहरू निकै हर्षित भएको विजेता क्लबले जनाएको छ। क्लबले यो जित खेलाडी र समर्पित समर्थकहरूको कडा मेहनतको फल भएको बताएको छ।

खेल बिजेताले १५,०० युरो नगद र ट्रफी जितेको छ, भने उप-बिजेताले ७०० युरो नगद हात पारेको छ।

फाइनल खेल निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको थियो। उत्कृष्ट खेल प्रदर्शन गरेको भन्दै विजेता टोलीले उपविजेता अल स्टार एफसीको प्रशंसा समेत गरेको छ।

यो वर्षको प्रतियोगितामा व्यक्तिगत विधातर्फ सगुन शर्माले उत्कृष्ट प्रदर्शन गरे। उनले प्रतियोगिताकै उत्कृष्ट खेलाडी (MVP) र सर्वाधिक गोलकर्ताको अवार्ड हात पारे।

विज्ञापन
विज्ञापन सकियो

त्यस्तै सरल कटवाल उत्कृष्ट डिफेन्डर घोषित भए। उत्कृष्ट गोलरक्षकको उपाधि सुमन पाठकले जिते भने सन्नी श्रेष्ठले उदीयमान खेलाडीको अवार्ड प्राप्त गरे।

प्रतियोगिता आयोजना गर्न विभिन्न संस्था र व्यक्तिहरूले प्रायोजन गरेका थिए। प्रतियोगिता राभिन्तोला पिक्कुपिह्वी, सोलु मार्केट, इन्डियन मार्केट, र तिलिकाउहा लगायतका व्यावसायिक संस्थाहरूले प्रायोजन गरेका थिए।

यसैगरी मोमो हाउस, फ्रिन्ट र नेपालीलाइनेनले पनि प्रतियोगिता सफल बनाउन सहयोग गरेका थिए।

आयोजक क्लबले सहयोगीहरू निर्मल खनाल, अमृत जंग पराक्रम सिंह, सुरेन्द्र अधिकारी, मुक्ति पौडेल, महेश अधिकारी, विष्णु खरेल, मनोज कुमाल, बालकृष्ण श्रेष्ठ र एफ एन्ड टी ग्लोबल सर्भिसेजलाई सहयोगका लागि धन्यवाद ज्ञापन गरेको छ।

त्यसैगरि आयोजक क्लबले स्वयंसेवक र दर्शकहरूको उत्साहजनक उपस्थितिलाई विशेष धन्यवाद दिएको छ।

हिमालयन कप फिनल्यान्डमा बसोबास गर्ने नेपालीहरूबीच एक प्रमुख खेलकुद उत्सव बन्दै गएको छ। यसले खेलकुदका साथै प्रवासमा रहेको नेपाली समुदायलाई एकताबद्ध गर्न र आपसी भाइचारा बढाउन महत्वपूर्ण भूमिका खेल्ने देखिएको छ।

बिजेता हिमालयन स्पोर्ट्स क्लबको टिम। फोटोः हिमालयन स्पोर्ट्स क्लब।
उप बिजेता अल स्टार एफसीको टिम। फोटोः हिमालयन स्पोर्ट्स क्लब।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरु। फोटोः हिमालयन स्पोर्ट्स क्लब।
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप