विज्ञापन
संग्रह गर्नुहोस्।
संग्रहित

नेपालको चर्चित रक ब्यान्ड आल्बाट्रसले फिनल्यान्डमा प्रस्तुति दिने

फिनल्यान्डबासी नेपाली संगीतप्रेमीका लागि हेलसिन्कीमा आल्बाट्रस ब्यान्डको विशेष सांगीतिक प्रस्तुति हुने भएको हो।

संक्षेपमा


  • आगामी मे २९ मा हेलसिन्कीमा आल्बाट्रस ब्यान्डको कन्सर्ट हुने।
  • साधारण टिकटको मूल्य ४५ युरो, भीआईपीको १०० युरो।
  • १८ वर्ष माथिका लागि मात्र प्रवेश खुला।

नेपालको चर्चित रक ब्यान्ड आल्बाट्रसले आगामी मे २९ तारिखमा फिनल्यान्डको राजधानी हेलसिन्कीमा प्रस्तुति दिने भएको छ।

हेलसिन्कीको Mannerheimintie 16 मा रहेको क्लब एपोलोमा आयोजना हुने कन्सर्टमा ब्यान्डले आफ्ना चर्चित प्रस्तुतिहरू पस्कनेछ।

फिनल्यान्डमा रहेका नेपाली आप्रवासीहरूलाई स्वदेशको न्यास्रो मेटाउन र रक संगीतको ऊर्जा दिलाउन यो कार्यक्रम गर्न लागिएको आयोजनकको भनाइ छ।

कन्सर्ट २९ मे शुक्रबारको साँझ ६ बजेदेखि सुरु हुनेछ। १८ वर्षभन्दा माथिकाले मात्र प्रवेश पाउने कन्सर्टका लागि साधारण टिकटको मूल्य ४५ युरो र भीआईपी टिकटको मूल्य १०० युरो तोकिएको छ।

हलमा कपडा वा झोला राख्नका लागि थप ४ युरो क्लोक रुम शुल्क लाग्नेछ।

समूहमा टिकट खरिद गर्दा विशेष छुटको व्यवस्था गरिएको आयोजकले जनाएको छ। भीआईपी टिकट खरिद गर्नेहरूले बाल्कोनी सिट, विशेष टी-शर्ट, छुट्टै भीआईपी बार र ब्यान्डसँग तस्बिर खिच्ने अवसर पाउनेछन्।

कन्सर्टको टिकट Epassi, Edenred, र Smartum बाट पनि किन्न सकिनेछ।

इभेन्ट म्यानेजमेन्ट कम्पनी एल्लो ब्रिज र नेपाली मूलका प्रविधि विज्ञ विजय गुरुङको संयोजनमा फिनल्यान्डमा आल्बाट्रस ब्यान्डको कन्सर्ट हुन लागेको हो।

कस्तो ब्यान्ड हो आल्बाट्रस?

विज्ञापन

प्रिय पाठक, हाम्रो सहयोगी सदस्य बनी सम्पूर्ण प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.91€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer

सन् १९९८ मा काठमाडौँमा स्कुले साथीहरू मिलेर स्थापना गरेको आल्बाट्रस नेपालमा वैकल्पिक रक संगीतको जग बसाल्ने ब्यान्ड हो। सुरुमा तीन जना सदस्यबाट सुरु भएको यो ब्यान्ड अहिले चार जनाको समूहमा सक्रिय छ।

उनीहरूले आफ्नो फरक र आधुनिक शैलीका कारण नेपाली रक जगतमा छुट्टै पहिचान बनाएका छन्।

थुप्रै अन्तर्राष्ट्रिय टुरहरू गरिसकेको यो ब्यान्डलाई नेपाली वैकल्पिक संगीतको मार्गदर्शक मानिन्छ।

यो ब्यान्ड अमेरिकाको चर्चित ‘साउथ बाई साउथवेस्ट’ (SXSW) फेस्टिभलमा प्रस्तुति दिने एक मात्र नेपाली ब्यान्ड हो। यसअघि पनि आल्बाट्रसले विश्वका विभिन्न देशहरूमा सफल कन्सर्टहरू गरिसकेको छ।

आल्बाट्रस ब्यान्डको संगीतमा ‘कोरोजन अफ कन्फर्मिटी’, ‘एलिस इन चेन्स’, ‘रेडियोहेड’ र ‘पन्तेरा’ जस्ता विश्वप्रसिद्ध रक ब्यान्डहरूको प्रभाव पाइन्छ।

आफ्नो स्थापनाकालदेखि नै यो ब्यान्डले द्रुत गति (फास्ट टेम्पो) र मौलिक कम्पोजिसनका माध्यमबाट नेपाली युवा पुस्तालाई आकर्षित गर्दै आएको छ।

थुप्रै अन्तर्राष्ट्रिय टुरहरू गरिसकेको यो ब्यान्डलाई नेपाली वैकल्पिक संगीतको मार्गदर्शक मानिन्छ।

नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप