संग्रह गर्नुहोस्।
संग्रहित

हेलसिन्कीमा बस चालक बन्ने सुवर्ण अवसर: ८० दिनको तालिमपछि मिल्नेछ स्थायी जागिर

फिनल्यान्डमा सार्वजनिक यातायात क्षेत्रमा दक्ष चालकहरूको ठूलो माग छ। आप्रवासी कामदारहरूका लागि यो एउटा स्थिर र राम्रो आम्दानी हुने भरपर्दो पेसा हो।

संक्षेपमा


  • ८० दिनको तालिमपछि पूर्णकालीन स्थायी रोजगारी।
  • कुनै पूर्व अनुभव नचाहिने तर बी-लाइसेन्स अनिवार्य।
  • तालिम निःशुल्क भए पनि सरकारी दस्तुर करिब ४०० युरो लाग्ने।

हेलसिन्कीमा आगामी वसन्त ऋतुमा बस चालकहरूको लागि विशेष तालिम आयोजना हुँदैछ। ८० दिनको तालिम पूरा गरेपछि सहभागीले सिधै स्थायी र पूर्णकालीन रोजगारी पाउनेछन्।

कोइभिस्तोन आउतो हेलसिन्की (Koiviston Auto Helsinki Oy) ले यो तालिम सञ्चालन गर्न लागेको हो। तालिमका लागि जम्मा २० जनालाई छनोट गरिनेछ।

पहिलो चरणको आवेदन धेरै चापका कारण फेब्रुअरी १० मै बन्द गरिएको थियो। अब अर्को आवेदन फेब्रुअरी २० अर्थात् आजै खुल्ने जनाइएको छ। तालिम भने अप्रिल २७ बाट सुरु हुनेछ।

तालिम पूरा गर्नेहरूलाई एस्पोको स्थानीय यातायातमा स्थायी अर्थात् ‘परमानेन्ट’ काम दिइनेछ।

आवेदक कम्तीमा २३ वर्षको हुनु पर्नेछ भने बेरोजगार वा बेरोजगार हुने जोखिममा रहेका व्यक्तिहरूले यसमा आवेदन दिन सक्नेछन्।

यातायात क्षेत्रमा पूर्व अनुभव पनि आवश्यक छैन। यद्यपि आवेदकसँग बी (B) वर्गको सवारी चालक अर्थात् सामान्य गाडीको अनुमतिपत्र भने हुनु पर्नेछ।

साथै फिनिस भाषाको सामान्य ज्ञान हुनु जरुरी छ। भाषाको स्तर कम्तीमा बी १.१ (B1.1) हुनुपर्ने तोकिएको छ।

पहिलो चरणको तालिम ८० दिनसम्म चल्नेछ। यो मार्च २३ मा सुरु भएर जुलाई १७, २०२६ मा सकिनेछ।

तालिमका क्रममा विद्यार्थीहरूले डी (D) वर्गको लाइसेन्स प्राप्त गर्नेछन्। उनीहरूले यात्रुवाहक यातायातको आधारभूत व्यावसायिक योग्यता पनि हासिल गर्नेछन्।

कक्षामा सैद्धान्तिक र व्यावहारिक दुवै किसिमका सिकाइ हुनेछन्। तालिम भान्ता र हेलसिन्कीमा सञ्चालन हुनेछ।

तालिम आफैमा पूर्ण रूपमा निःशुल्क छ। तर सहभागीले लाइसेन्स परीक्षा र सरकारी दस्तुरबापत करिब ४०० युरो भने आफैँले तिर्नुपर्नेछ।

यसबारे थप जानकारी उक्त कम्पनीको वेभसाइटबाट लिन सकिनेछ।

फिनल्यान्डमा सार्वजनिक यातायात क्षेत्रमा दक्ष चालकहरूको ठूलो माग छ। आप्रवासी कामदारहरूका लागि यो एउटा स्थिर र राम्रो आम्दानी हुने भरपर्दो पेसा हो।

नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

Coffee Cup

तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

Payment Methods
सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप