संग्रह गर्नुहोस्।
संग्रहित

टाम्पेरेमा साइकल र कार ठोक्किए, कार चालकको मृत्यु

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

फिनल्यान्डको टाम्पेरेमा साइकलयात्रीसँग ठोक्किएर गम्भीर घाइते भएका कार चालकको मृत्यु भएको छ। प्रहरीका अनुसार दुर्घटना बिहीबार साँझ टाम्पेरेको तुर्तोला चोकमा भएको थियो।

दुर्घटनामा १५ वर्षभन्दा कम उमेरका साइकलयात्री घाइते भएका छन्। कार चालक र साइकलयात्री दुवैलाई तत्काल अस्पताल पुर्‍याइएको थियो। प्रहरीले बालकको स्वास्थ्य अवस्थाबारे थप टिप्पणी गर्न अस्वीकार गरेको छ।

प्रारम्भिक अनुसन्धानमा प्रहरीले दुर्घटनाको मुख्य कारण कार चालकलाई अचानक आएको स्वास्थ्य समस्या (सम्भवतः हृदयघात वा अन्य आकस्मिक स्वास्थ्य अवस्था) हुनसक्ने आशंका गरेको छ।

कार चालकको मृत्यु भइसकेकाले यो मुद्दा अब सरकारी वकिलकहाँ पठाइने छैन। यद्यपि प्रहरीले घटनाको सम्पूर्ण विवरण र दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन अनुसन्धान जारी राख्नेछ।

विज्ञापन
विज्ञापन

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप