संग्रह गर्नुहोस्।
संग्रहित

हेलसिन्की सेन्टर स्टेसनबाट हरायो बिरालो, रेल चढेर कुओपियो पुगेको आशङ्का

आफ्नो हराएको बिरालोको खोजीमा मालिक दिनरात खटिएकी छन्।

संक्षेपमा


  • बिरालो बोक्ने बक्स फुटेपछि जोसेफिन नामको बिरालो रेलमुनि भाग्यो।
  • रेलको तल्लो भागमा लुकेर अन्यत्र यात्रा गरेको हुन सक्ने आशंका।
  • फेला परेमा नामले नबोलाउन र नतर्साउन मालिकको आग्रह।

हेलसिन्कीको सेन्ट्रल रेलवे स्टेसनबाट गत बिहीबार जोसेफिन नामको साढे ६ वर्षको बिरालो हराएपछि बिरालो मालिकले कतै त्यस्तो बिरालो देखेमा जानकारी दिन आग्रह गरेकी छन्।

विभिन्न सामाजिक सञ्जालका समूहहरूमा पोस्ट गरी उनले उक्त आग्रह गरेकी हुन्।

उक्त घटनाबारे फिनल्यान्डको सर्वाधिक पढिने पत्रिका हेलसिन्की सानोमातले समेत समाचार लेखेको छ।

मालिक महिला आफैलाई भने बिरालो रेलको तल्लो भागमा लुकेर कुओपियोतिर गयो कि भन्ने आशङ्का छ।

उनी बिहीबार बिहानै आफ्नो बिरालोसहित कुओपियोको गाउँतिर जाँदै थिइन्। स्टेसनभित्र बिरालो बोक्ने बक्स खस्दा त्यसको ढोका फुट्यो र प्लेटफर्ममा पुगेपछि बिरालोले बक्सबाट हाम फाल्यो।

प्लेटफर्ममा हाम फाल्ने बित्तिकै बिरालो रेलमुनि लुक्न गएको थियो।

रेल हिँडेपछि बिरालो लिकबाट बाहिर निस्कने आशा मालिकको थियो, तर त्यसो भएन। रेल छुटेपछि बिरालो त्यहाँबाट गायब भइसकेको थियो।

बिरालो रेलको तल्लो भागको संरचनामा लुकेर यात्रा गरेको हुन सक्ने आफूलाई लागेको मालिकले हेलसिन्की सानोमातलाई बताएकी छन्।

बिरालो कतै पासिला स्टेसनमै ओर्लिएको पो हो कि भन्ने अनुमान पनि गरिएको छ।

टिकट निरीक्षक र कुओपियो स्टेसनमा कुरिरहेकी बिरालो मालिककी बहिनीले भने बिरालो कतै ओर्लिएको देखेनन्। रेल लिकमा बिरालो कुनै दुर्घटनामा परेको प्रमाण पनि फेला परेको छैन।

बिरालो कसैले नदेख्ने गरी हेलसिन्की स्टेसनमै कतै लुकेको हुन सक्ने सम्भावना छ, तर सिसिटिभी फुटेज हेर्दा र तालिमप्राप्त कुकुरले खोज्दा पनि अहिलेसम्म कुनै सुराक भेटिएको छैन।

सीसीटीभी फुटेज हेर्दा र तालिमप्राप्त कुकुरले खोज्दा पनि अहिलेसम्म कुनै सुराक भेटिएको छैन।

बिरालो खोज्न मालिक दिनरात नभनी कुदेकी छन्। उनले बिरालो (जोसेफिन) एकदमै डराउने स्वभावकी भएकोले कसैले देखेमा नामले नबोलाउन अनुरोध गरेकी छन्।

बिरालो कतै देखिएमा karkurit.fi वेबसाइट मार्फत् खबर गर्न सकिनेछ।

नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

Coffee Cup

तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

Payment Methods
सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप