संग्रह गर्नुहोस्।
संग्रहित

भान्ताको डे-केयरमा गम्भीर दुर्घटना, घाइते बालकको हेलिकप्टर प्रयोग गरी उद्धार

भान्ताको म्युरमाकीस्थित एक डेकेयरमा मङ्गलवार दिउँसो भएको दुर्घटनामा एक बालक गम्भीर घाइते भएपछि हेलिकप्टरबाट उद्धार गरी अस्पताल पुराइएको छ। 

संक्षेपमा


  • केलोकौसी दिवाखाजा केन्द्रमा बालक गम्भीर घाइते भएको घटना।
  • उद्धारकर्ताद्वारा च्यापिएका बालकको उद्धार र हेलिकप्टरमार्फत अस्पतालमा उपचार।
  • दुर्घटनाको कारणबारे सुरक्षा अनुसन्धान केन्द्रद्वारा अध्ययन सुरु।

फिनल्यान्डको भान्तास्थित नगरपालिकाद्वारा सञ्चालित केलोकुसेन डे-केयर (Päiväkoti) मा मंगलबार दिउँसो एक गम्भीर दुर्घटना भएको छ।

उक्त घटनामा एक बालक गम्भीर रूपमा घाइते भएको र उनलाई तत्काल उपचारका लागि अस्पताल लगिएको अधिकारीहरूले बताएका छन्।

केस्की-उसिमा उद्धार टोलीका अनुसार ती बालक कुनै वस्तुमा च्यापिएका थिए। उद्धारकर्ताहरूले च्यापिएका बालकलाई सुरक्षित रूपमा निकालेर तत्काल प्राथमिक उपचार प्रदान गरेका थिए।

दुर्घटनास्थलमा चिकित्सक सहितको हेलिकप्टर र एम्बुलेन्स परिचालन गरिएको थियो। घाइते बालकलाई थप उपचारका लागि सोही हेलिकप्टरमार्फत अस्पताल पुर्‍याइएको थियो।

भान्ता सहर प्रशासनले घटनापछि त्यहाँ कार्यरत कर्मचारीहरूका लागि संकटकालीन सहायता उपलब्ध गराएको छ। केन्द्रमा रहेका अन्य बालबालिकाहरूलाई पनि उमेर स्तर अनुसार घटनाबारे जानकारी दिँदै उनीहरूका प्रश्नको उत्तर दिने व्यवस्था मिलाइएको जनाइएको छ।

अभिभावकहरूलाई दुर्घटनाका बारे जानकारी गराइसकिएको प्रशासनले जनाएको छ। घटनाको प्रकृतिलाई हेरेर थप अनुसन्धानको आवश्यकता छ कि छैन भन्ने निर्णय लिइने छ।

दुर्घटनाको आधिकारिक अनुसन्धान सुरु गर्ने विषयमा सुरक्षा अनुसन्धान केन्द्र (OTKES) ले तयारी गरिरहेको छ। बुधबारसम्ममा यसबारे ठोस निर्णय लिइने केन्द्रकी सञ्चार प्रमुख तिना बिएबरले स्थानीय मिडियालाई बताएकी छन्।

“हामीले यो घटनाको बारेमा डे-केयरका कर्मचारीहरूसँग छलफल गरिसकेका छौँ र उनीहरूलाई आजै संकटकालीन सहयोग (crisis help) को पनि व्यवस्था गरेका छौँ। हाम्रो लागि बच्चाहरूको सुरक्षा नै सबैभन्दा ठूलो कुरा हो र त्यसका लागि हामीले गर्न सक्ने सबै प्रयास गरिरहेका छौँ। हामी कुनै पनि किसिमका खतरा वा असुरक्षित घटनाहरूलाई एकदमै गम्भीरताका साथ लिन्छौँ,” घटनापछि भान्ता नगरपालिकाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

भान्ताको म्युरमाकी क्षेत्रमा नेपालीहरूको पनि बाक्लो बसोबास रहेको छ।

नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

Coffee Cup

तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

Payment Methods
सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप