संग्रह गर्नुहोस्।
संग्रहित

हेलसिन्कीका एक बासिन्दाको चम्कियो भाग्य, जिते युरो-ज्याकपटमा ७४ मिलियन युरो

एक भाग्यशाली व्यक्तिले ७ करोड ४१ लाख युरोभन्दा बढीको युरो-ज्याकपट पुरस्कार जितेका हुन्।

संक्षेपमा


  • फिनल्यान्डमा युरो-ज्याकपटको मुख्य पुरस्कार २४ औं पटक पर्यो।
  • अहिलेसम्मकै चौथो ठूलो युरो-ज्याकपट पुरस्कार।
  • समुहमा हैन एक्लै किनेका थिए चिट्ठा।

फिनल्यान्डमा शुक्रबार राती भएको युरो-ज्याकपट चिट्ठा घोषणामा एक भाग्यशाली व्यक्तिले ७ करोड ४१ लाख अर्थात् ७४.१ मिलियन युरोको मुख्य पुरस्कार जितेका छन्।

चिट्ठा कम्पनी भेइक्काउसका अनुसार रकम विजेता हेलसिन्कीका बासिन्दा हुन्। समुहमा नभएर उनले एक्लै उक्त चिट्ठा किनेका थिए।

फिनल्यान्डको इतिहासमा युरो-ज्याकपटको मुख्य पुरस्कार परेको यो २४ औं पटक हो। भेइक्काउसका अनुसार यो जित फिनल्यान्डमा अहिलेसम्म परेका पुरस्कारहरू मध्ये चौथो ठूलो हो।

मुख्य पुरस्कार बाहेक अन्य धेरैले पनि आकर्षक रकम जितेका छन्। ‘५+१’ नम्बर मिलाउने चार जनाले प्रति व्यक्ति ६ लाख ३० हजार ७५० युरो प्राप्त गरेका छन्।

विज्ञापन

प्रिय पाठक, कृपया हाम्रो 'सहयोगी सदस्य' बनी हामीलाई सघाउनुहोस्।

€59/वर्ष · मासिक 4.92€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer

त्यसैगरी, ५ वटा मुख्य नम्बर मिलाउने ११ जनाले जनही १ लाख २९ हजार ३५० युरो जितेका छन्। यस पटकको विजयी नम्बरहरू १०, १५, २९, ३४ र ३८ हुन् भने स्टार नम्बरहरू २ र ९ रहेका थिए।

फिनल्यान्डमा यस्ता चिट्ठाहरूमा नेपाली लगायतका आप्रवासीहरूको पनि निकै रुचि रहने गरेको छ। यद्यपि चिट्ठाको लतमा लागेर धेरै पैसा खर्च गरेका र मानसिक र पारिवारिक अप्ठ्यारोमा परेका उदाहरणहरू पनि छन्।

त्यसैले यस्ता चिट्ठा किन्दा अत्यन्तै सावधानी पुराउने र जित्ने आशामा धेरै रकमको चिट्ठा किनेर पैसा खेर फाल्ने काम गर्नु हुँदैन।

नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

Coffee Cup

तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

VISA
Pay
Pay
MobilePay
Bank Transfer
सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप